Tekmandu

विद्युतीय कारोबार नियमावली संशोधन, अब सरकारी निकायले पनि डिजिटल हस्ताक्षर जारी गर्न सक्ने

काठमाडौं । सरकारले विद्युतीय कारोबार पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मङ्गलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् ।

नियमावली संशोधनसँगै अब सरकारी निकायहरूले समेत डिजिटल हस्ताक्षर जारी गर्न सक्नेछन् । यसअघि एउटा निजी कम्पनीले मात्र यस किसिमको हस्ताक्षर जारी गर्दै आएको थियो ।

सरकारी निकायहरूलाई पेपरलेस (कागज रहित) बनाउन डिजिटल हस्ताक्षरको प्रयोगलाई बढावा दिन आवश्यक रहेको भन्दै सरकारले सरकारी निकायलाई समेत प्रमाणीकरण गर्ने निकायको अनुमतिपत्र दिने बाटो खोलेको हो ।

सरकारले देशभर डिजिटल हस्ताक्षरलाई तीव्रताका साथ प्रयोगमा ल्याउन चाहेको र त्यसका लागि एउटा मात्र निकायले सम्भव नहुने देखेर नियमावली संशोधन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले बताए ।

संशोधन पश्चात् सूचना प्रविधि विभाग अन्तर्गतको एकीकृत डेटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) लगायतका सरकारी निकायले समेत प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न सक्नेछन् ।

विद्युतीय कारोबार ऐन २०६३ ले इजाजतपत्र वा मान्यता प्राप्त गरेको प्रमाणीकरण गर्ने निकायलाई डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गर्ने, निलम्बन गर्ने वा रद्द गर्ने लगायतका अधिकार दिएको छ ।

सम्बन्धित समाचार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...
सन् २०२८ सम्म चन्द्रमामा मानव उतार्ने नासाको लक्ष्य, आर्टेमिस योजनामा फेरबदल

सन् २०२८ सम्म चन्द्रमामा मानव उतार्ने नासाको लक्ष्य, आर्टेमिस योजनामा फेरबदल

काठमाडौं — अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ सम्म अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्यसहित आफ्नो आर्टेमिस कार्...
एउटा म्यासेज, अनेक काम: यी हुन् नयाँ पुस्ताका एआई एजेन्ट

एउटा म्यासेज, अनेक काम: यी हुन् नयाँ पुस्ताका एआई एजेन्ट

काठमाडौं —सामान्य म्यासेज पठाएकै भरमा इमेल पठाउने, बैठकको समय मिलाउने, यात्राको योजना बनाउनेदेखि अनलाइन किनमेल र रेस्टुरेन्ट बुकिङ...