Tekmandu

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

काठमाडौँ — चर्चित अनलाइन प्लेटफर्म रेडिट ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने अस्ट्रेलियाली सरकारी निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। रेडिट को दाबी छ कि यो प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक संवादमा गम्भीर असर पार्नेछ।

अस्ट्रेलियाली सरकारले हालै १६ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने कानुन पारित गरेको थियो। यस कानुनअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स (X) र रेडिट जस्ता प्लेटफर्मले उमेर प्रतिबन्ध कडाइका साथ लागू गर्नुपर्नेछ। नियम उल्लङ्घन गरेमा ती कम्पनीलाई ठूलो जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।

रेडिट ले भने यो कानुन अत्यन्त व्यापक र अस्पष्ट रहेको दाबी गरेको छ। कम्पनीका अनुसार रेडिट परम्परागत सामाजिक सञ्जालभन्दा फरक प्रकृतिको प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताहरू विषयगत छलफल, जानकारी आदान–प्रदान र सार्वजनिक बहसमा केन्द्रित हुन्छन्। यस्तो प्लेटफर्मलाई एउटै कानुनले सबै सामाजिक सञ्जालसरह व्यवहार गर्नु उपयुक्त नहुने रेडिट को तर्क छ।

कम्पनीले अदालतमा दायर गरेको निवेदनमा यो प्रतिबन्धले विशेषगरी युवाहरूको राजनीतिक विचार, सामाजिक मुद्दा र सार्वजनिक बहसमा सहभागी हुने अधिकार सीमित गर्ने उल्लेख गरेको छ। रेडिट का अनुसार धेरै किशोर–किशोरी केही वर्षमै मतदान गर्ने उमेरमा पुग्ने भएकाले उनीहरूलाई सूचना र बहसबाट टाढा राख्नु दीर्घकालीन रूपमा लोकतान्त्रिक अभ्यासका लागि हानिकारक हुन सक्दछ ।

अस्ट्रेलियाली सरकारले भने यो निर्णय बालबालिकालाई अनलाइन दुर्व्यवहार, हानिकारक सामग्री र मानसिक स्वास्थ्यसम्बन्धी जोखिमबाट जोगाउन आवश्यक कदम भएको बताएको छ। सरकारको भनाइमा, अभिभावक र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राखेर यो नीति ल्याइएको हो र यसलाई पछि नहटाइने स्पष्ट गरिएको छ।

यसअघि पनि अस्ट्रेलियामा केही किशोर र नागरिक समूहले यही कानुनविरुद्ध कानुनी चुनौती दिएका थिए। रेडिट को मुद्दापछि भने यो विषय अन्तर्राष्ट्रिय बहसको केन्द्र मा आएको छ। प्रविधि विज्ञहरूका अनुसार यो मुद्दाको फैसलाले अन्य देशमा पनि सामाजिक सञ्जाल नियमनसम्बन्धी नीति निर्माणमा प्रभाव पार्न सक्दछ ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...