Tekmandu

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

काठमाण्डौं — मोबाइल फोनमा दशकौँदेखि प्रयोग हुँदै आएको सानो प्लास्टिक सिम कार्ड अब बिस्तारै हराउने क्रममा छ। स्मार्टफोनभित्र अन्य कम्पोनेन्टका लागि ठाउँ चाहिने भन्दै निर्माता कम्पनीहरूले सिम स्लट हटाउन थालेका छन्।

तर यो प्रविधिगत परिवर्तन प्रयोगकर्ताका लागि सहज भने देखिएको छैन। इ–सिम मा सरेपछि सामान्य फोन नम्बर ट्रान्सफरसमेत समस्या बनेको अनुभव सार्वजनिक भएको छ।

सिम कार्डको इतिहास सन् १९९० को दशकदेखि सुरु हुन्छ। सुरुमा ठूलो आकारका सिम प्रयोग हुन्थे। समयसँगै ती साना बन्दै मिनी, माइक्रो हुँदै न्यानो सिमसम्म पुगे। अहिलेको न्यानो सिम सानो भए पनि स्मार्टफोनभित्र ठाउँ सीमित भएकाले कम्पनीहरूले डिजिटल सिम अर्थात् इ–सिम रोज्न थालेका छन्।

सन् २०१६ मा प्रस्तुत गरिएको इ–सिम फोनको सर्किट बोर्डमै जडान हुने डिजिटल सिम हो। यसमा सफ्टवेयरमार्फत नम्बर राखिन्छ। एउटै फोनमा धेरै नम्बर प्रयोग गर्न सकिने, सिम चोरी नहुने र हार्डवेयर ठाउँ कम लाग्ने यसको मुख्य फाइदा हुन्।

इ–सिम प्रयोगलाई पहिलोपटक ठूलो स्तरमा अनिवार्य बनाउने काम एप्पल ले आइफोन 14  बाट सुरु गरेको थियो। त्यसपछि अन्य कम्पनीहरू पनि क्रमशः यही बाटोमा लागिरहेका छन्। गुगलले भने २०२५ मा पिक्सेल  10 शृङ्खलाबाट यो नीति लागू गरेको हो।

तर व्यवहारमा इ–सिम ले प्रयोगकर्तालाई नयाँ झन्झट थपेको देखिन्छ। फोन फेर्दा वा नम्बर सार्ने क्रममा प्रक्रिया बिग्रिएपछि मोबाइल नम्बर नै चल्न छाड्ने अवस्था आउँछ। पछिल्ला केही महिनामा एउटै नम्बर दुई पटकसम्म न पुरानो फोनमा चलेको, न नयाँ फोनमै सक्रिय भएको अनुभव सार्वजनिक गरिएको छ।

आज फोन नम्बर केवल कल र म्यासेजका लागि मात्र प्रयोग हुँदैन। बैंकिङ सेवा, डिजिटल वालेट, सामाजिक सञ्जाल र विभिन्न अनलाइन प्लेटफर्ममा पहिचान प्रमाणित गर्ने मुख्य आधार नै फोन नम्बर बनेको छ। यस्तो अवस्थामा नम्बरमा पहुँच गुम्नु भनेको फोन मात्र होइन, सम्पूर्ण डिजिटल जीवन अवरुद्ध हुनु हो।

भौतिक सिम कार्डमा यस्तो जोखिम न्यून थियो। कार्ड बिग्रिएन भने नम्बर सधैँ सुरक्षित रहन्थ्यो। सेकेन्डमै अर्को फोनमा सार्न सकिन्थ्यो। न सेवा प्रदायकलाई फोन गर्नुपर्थ्यो, न स्टोर धाउनुपर्थ्यो। इ–सिम मा भने सानो त्रुटिले ठूलो झन्झट निम्त्याउन सक्दछ।

हेडफोन ज्याक हट्यो, माइक्रोएसडी कार्ड हट्यो, अब सिम कार्ड पनि हट्दैछ। यी सबै परिवर्तनको सट्टा प्रयोगकर्ताले पाएको लाभ सीमित छ। ब्याट्री क्षमता केही प्रतिशत बढ्नुको बदलामा दैनिक प्रयोगमै समस्या बढ्नु धेरैका लागि स्वीकार्य विकल्प नहुन सक्छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...