Tekmandu

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ क्षमता सुधार गर्न आईएफसीले सघाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा डिजिटल वित्तीय सेवा र एम्बेडेड फाइनान्स मोडेलहरूलाई अगाडि बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । ‍डिजिटल बैंकिङ क्षमतालाई अभिवृद्धि गर्ने र ग्राहकलाई उन्नत प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित यो साझेदारी भएको हो ।

सम्झौताअनुसार आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण र डेटा परिपक्वताको मूल्याङ्कन गरी आवश्यक सुधारका क्षेत्रहरू पहिचान गर्ने तथा रणनीतिक सुझाव प्रदान गर्नेछ । यसका साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरूको प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह दिनेछ ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने भनाइ राखे । उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

आईएफसीका एसिया र प्यासिफिक रिजनल इन्डस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले यस साझेदारीले नेपालको डिजिटल वित्तीय सेवाहरूलाई विश्वस्तरीय बनाउन मद्दत गर्ने बताए ।

सम्बन्धित समाचार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...
सन् २०२८ सम्म चन्द्रमामा मानव उतार्ने नासाको लक्ष्य, आर्टेमिस योजनामा फेरबदल

सन् २०२८ सम्म चन्द्रमामा मानव उतार्ने नासाको लक्ष्य, आर्टेमिस योजनामा फेरबदल

काठमाडौं — अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ सम्म अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्यसहित आफ्नो आर्टेमिस कार्...
एउटा म्यासेज, अनेक काम: यी हुन् नयाँ पुस्ताका एआई एजेन्ट

एउटा म्यासेज, अनेक काम: यी हुन् नयाँ पुस्ताका एआई एजेन्ट

काठमाडौं —सामान्य म्यासेज पठाएकै भरमा इमेल पठाउने, बैठकको समय मिलाउने, यात्राको योजना बनाउनेदेखि अनलाइन किनमेल र रेस्टुरेन्ट बुकिङ...