Tekmandu

अब फ्रिजले फोन खोज्ने! सामसुङ को नयाँ एआई फ्रिजले ल्यायो स्मार्ट किचन अनुभव

काठमाडौं — आर्टिफिशियल इन्टेलिजेन्स (एआई) को प्रयोग अब केवल मोबाइल वा कम्प्युटरसम्म सीमित छैन। अब त फ्रिजजस्ता घरेलु उपकरणहरूमा पनि एआई समावेश हुन थालेको छ।

यही प्रविधिलाई नयाँ उचाइमा पुर्‍याउँदै, सामसुङ ले एक अभिनव सुविधा सार्वजनिक गरेको छ – AI-पावर्ड स्मार्ट फ्रिज, जसको मद्दतले अब तपाईंले हराएको मोबाइल फोन पनि सजिलै फेला पार्न सक्नुहुन्छ।

सामसुङ को नयाँ बेन्सपोक एआई रेफ्रिजरेटर मा ९ इन्चको होमस्क्रिन डिस्प्ले राखिएको छ। प्रयोगकर्ताले केवल यति भन्नुपर्ने हुन्छ, “Hi Bixby, find my phone”, अनि यो स्मार्ट फ्रिजमा रहेको बिक्स्बी भ्वाइस असिस्टेन्ट ले परिवारका सदस्यहरूको आवाज छुट्याएर, सही फोनमा रिङ्ग गराइदिन्छ।

तर यत्तिमै मात्र होइन, यो स्मार्ट फ्रिजले एयर कण्डिसनर, विन्डो ब्लाइन्ड्स जस्ता अन्य स्मार्ट उपकरणहरूलाई पनि भ्वाइस कमाण्ड मार्फत नियन्त्रण गर्न सक्छ। अझ रोचक त के भने, यो प्रणालीले रियल-टाइम मौसम डाटाको आधारमा आफू अनुकुल सेटिङ स्वत: मिलाउने क्षमता पनि राख्दछ।

सामसुङ को यो नयाँ प्रयोगले देखाएको छ कि स्मार्ट होम अब केवल कल्पना होइन, दैनन्दिन जीवनको हिस्सा बन्दैछ। आउँदो दिनमा अन्य घरेलु उपकरणहरूमा पनि एआईको प्रयोग बढ्दै जाने निश्चित देखिन्छ।

सम्बन्धित समाचार

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...