Tekmandu

अब फ्रिजले फोन खोज्ने! सामसुङ को नयाँ एआई फ्रिजले ल्यायो स्मार्ट किचन अनुभव

काठमाडौं — आर्टिफिशियल इन्टेलिजेन्स (एआई) को प्रयोग अब केवल मोबाइल वा कम्प्युटरसम्म सीमित छैन। अब त फ्रिजजस्ता घरेलु उपकरणहरूमा पनि एआई समावेश हुन थालेको छ।

यही प्रविधिलाई नयाँ उचाइमा पुर्‍याउँदै, सामसुङ ले एक अभिनव सुविधा सार्वजनिक गरेको छ – AI-पावर्ड स्मार्ट फ्रिज, जसको मद्दतले अब तपाईंले हराएको मोबाइल फोन पनि सजिलै फेला पार्न सक्नुहुन्छ।

सामसुङ को नयाँ बेन्सपोक एआई रेफ्रिजरेटर मा ९ इन्चको होमस्क्रिन डिस्प्ले राखिएको छ। प्रयोगकर्ताले केवल यति भन्नुपर्ने हुन्छ, “Hi Bixby, find my phone”, अनि यो स्मार्ट फ्रिजमा रहेको बिक्स्बी भ्वाइस असिस्टेन्ट ले परिवारका सदस्यहरूको आवाज छुट्याएर, सही फोनमा रिङ्ग गराइदिन्छ।

तर यत्तिमै मात्र होइन, यो स्मार्ट फ्रिजले एयर कण्डिसनर, विन्डो ब्लाइन्ड्स जस्ता अन्य स्मार्ट उपकरणहरूलाई पनि भ्वाइस कमाण्ड मार्फत नियन्त्रण गर्न सक्छ। अझ रोचक त के भने, यो प्रणालीले रियल-टाइम मौसम डाटाको आधारमा आफू अनुकुल सेटिङ स्वत: मिलाउने क्षमता पनि राख्दछ।

सामसुङ को यो नयाँ प्रयोगले देखाएको छ कि स्मार्ट होम अब केवल कल्पना होइन, दैनन्दिन जीवनको हिस्सा बन्दैछ। आउँदो दिनमा अन्य घरेलु उपकरणहरूमा पनि एआईको प्रयोग बढ्दै जाने निश्चित देखिन्छ।

पछिल्ला अपडेट

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

सम्बन्धित समाचार

अफिसका झन्झटिला काम अब एआईको जिम्मा, गुगलले सार्वजनिक गर्‍यो ‘वर्कस्पेस इन्टेलिजेन्स’

अफिसका झन्झटिला काम अब एआईको जिम्मा, गुगलले सार्वजनिक गर्‍यो ‘वर्कस्पेस इन्टेलिजेन्स’

काठमाण्डौं —   प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्नो व्यावसायिक उत्पादकत्व सफ्टवेयर 'गुगल वर्कस्पेस' (Google Workspace) मा ...
एक्स (X) मा ग्रोक एआईको नयाँ जादु, अब तपाईँको रुचि अनुसारको समाचार फिड आफैँ बन्ने

एक्स (X) मा ग्रोक एआईको नयाँ जादु, अब तपाईँको रुचि अनुसारको समाचार फिड आफैँ बन्ने

काठमाण्डौं —  सोसल मिडिया प्लेटफर्म 'एक्स' (X) ले प्रयोगकर्ताको अनुभवलाई थप व्यक्तिगत र सहज बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा...
अन्तरिक्ष सञ्चारमा नयाँ क्रान्ति, लेजर प्रविधिमार्फत चन्द्रमाबाट पृथ्वीमा ४के (4K) भिडियो संकलन

अन्तरिक्ष सञ्चारमा नयाँ क्रान्ति, लेजर प्रविधिमार्फत चन्द्रमाबाट पृथ्वीमा ४के (4K) भिडियो संकलन

काठमाण्डौं — अमेरिकी अन्तरिक्ष एजेन्सी (NASA) को 'आर्टमिस-२' (Artemis II) मिशनले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थपेको छ...
गुगल स्ट्रिट भ्यूमा काल्पनिक दृश्य बनाउन सकिने

गुगल स्ट्रिट भ्यूमा काल्पनिक दृश्य बनाउन सकिने

काठमाण्डौं —  विश्वको अग्रणी टेक कम्पनी गुगलले आफ्ना म्यापिङ र जियोस्पेसियल एपहरूमा अत्याधुनिक 'जेनेरेटिभ एआई' (Generative AI) फिच...