Tekmandu

गुगलले ल्यायो ‘Ironwood’: च्याटजीपीटी जस्ता टुल्सका लागि उच्चगति एआई चिप

काठमाडौं — एल्फाबेटको सहायक कम्पनी गुगलले आफ्नो सातौं पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप ‘आयरनवुड’ सार्वजनिक गरेको छ। यो नयाँ प्रोसेसर विशेष गरी एआई एप्लिकेसनहरूलाई छिटो बनाउने उद्देश्यले निर्माण गरिएको हो।

आयरनवुड चिप प्रयोगकर्ताले च्याटजीपीटी जस्ता एआई टुल्समा क्वेरी पठाउँदा उत्पन्न हुने डाटा प्रोसेसिङ आवश्यकतालाई पूरा गर्न सक्षम छ। यस्तो प्रक्रिया प्रविधि क्षेत्रमा ‘Inference Computing’ भनेर चिनिन्छ — जसअन्तर्गत च्याटबोटले प्रयोगकर्ताको प्रश्नको उत्तर दिन वा प्रतिक्रिया जनरेट गर्नका लागि तीव्र गतीमा गणना गर्नुपर्छ।

एनभिडिया सँग प्रतिस्पर्धा गर्न गुगलको तयारी

गुगलको दशकौं लामो र अर्बौँ डलरको प्रयास केही सीमित तर प्रभावशाली विकल्पहरूमध्ये एक हो, जसले एनभिडियाको वर्चस्वलाई चुनौती दिने प्रयास गरिरहेको छ। एआई प्रोसेसर बजारमा यसले नयाँ सम्भावनाहरू खोलिदिएको छ।

गुगलका Tensor Processing Units (TPU) केवल कम्पनीका ईन्जिनियरहरूले वा गुगल क्लाउड प्लेटफर्ममार्फत प्रयोग गर्न सकिने छन्। यसले गुगललाई आन्तरिक एआई विकासमा अन्य प्रतिस्पर्धीहरूमाथि केही अग्रता दिएको छ।

पहिले गुगलले आफ्नो TPU चिप्सलाई दुई प्रकारमा विभाजन गरेको थियो — एक चिप ठूलो एआई मोडेललाई ट्रेन गर्नका लागि, र अर्को चिप Inference अर्थात् रनटाइम प्रयोगलाई सस्तो र छिटो बनाउनका लागि। तर अहिले आएको आयरनवुड चिपले यी दुई विशेषता एउटै चिपमा समेटेको छ।

यो चिप ९,२१६ वटा चिपहरूको समूहमा एकसाथ काम गर्न मिल्ने गरी डिजाइन गरिएको हो। यसमा अघिल्लो पुस्ताको तुलनामा अधिक मेमोरी दिइएको छ, जसले गर्दा यो एआई एप्लिकेसन सर्भिङका लागि अझ प्रभावकारी बनेको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...