Tekmandu

युट्युबमा नयाँ एआई सुविधा: चाहनाअनुसार इन्स्ट्रुमेन्टल संगीत आफैँ तयार गर्न सक्ने

काठमाडौं — युट्युबले सामग्री निर्माता (क्रिएटर)हरूका लागि एक नयाँ कृत्रिम बौद्धिकता (एआई) सुविधा सार्वजनिक गरेको छ। अबदेखि युट्युबमा भिडियो बनाउन चाहनेले आफ्नै चाहनाअनुसार इन्स्ट्रुमेन्टल संगीत आफैँ तयार गर्न सक्नेछन्।

यो सुविधा युट्युब स्टुडियोको क्रिएटर म्युजिक ट्याबमा उपलब्ध हुनेछ। युट्युबले यो सुविधा सबै प्रयोगकर्तालाई निःशुल्क दिने जनाएको छ, तर यो क्रमशः लागू हुँदै जाने भएकाले सबै क्रिएटरहरूले एकैचोटि प्रयोग गर्न पाउने छैनन्।

कस्तो छ यो एआई म्युजिक टुल?

Creator Insider नामक च्यानलमार्फत युट्युबले एक भिडियो जारी गर्दै यो नयाँ फिचरबारे जानकारी दिएको हो। कम्पनीको भनाइ अनुसार, यस टुलको उद्देश्य क्रिएटरहरूलाई कपीराइटको झन्झट बिना आफ्नै शैलीको संगीत बनाउन सक्षम बनाउने हो।

म्युजिक असिस्टेन्ट: गीत सिर्जना गर्ने एआई सहयोगी

यस नयाँ सुविधाले Creator Music ट्याबभित्रै एउटा “Music Assistant” नामको सेक्सन थपेको छ। यो सेक्सनमा Gemini स्पार्कल आइकन देखिन्छ, जसमा प्रयोगकर्ताले टेक्स्टको माध्यमबाट आफूले चाहेको म्युजिकको विवरण लेख्न सक्छन् — जस्तै भिडियोको विषय, भावना (mood), शैली वा लम्बाइ कति चाहिन्छ आदि।

डेटा भण्डारणबारे युट्युबको प्रष्टोक्ति

हालसम्म युट्युबले यस टुल कुन एआई मोडेलबाट सञ्चालित छ भन्ने खुलाएको छैन। तर, कम्पनीले भनेको छ कि प्रयोगकर्ताले लेखेका प्रॉम्प्टहरू (text input) ३० दिनसम्म युट्युबको सर्भरमा राखिनेछ, ताकि प्रणाली अझ प्रभावकारी र सटीक बनाउन सकियोस्।

युट्युबको यो सुविधा विशेष गरी साना र स्वतन्त्र क्रिएटरहरूका लागि रचनात्मक स्वतन्त्रता र सङ्गीत उत्पादनमा आत्मनिर्भरता ल्याउने ठूलो फड्को हुन सक्छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...