Tekmandu

युट्युबमा नयाँ एआई सुविधा: चाहनाअनुसार इन्स्ट्रुमेन्टल संगीत आफैँ तयार गर्न सक्ने

काठमाडौं — युट्युबले सामग्री निर्माता (क्रिएटर)हरूका लागि एक नयाँ कृत्रिम बौद्धिकता (एआई) सुविधा सार्वजनिक गरेको छ। अबदेखि युट्युबमा भिडियो बनाउन चाहनेले आफ्नै चाहनाअनुसार इन्स्ट्रुमेन्टल संगीत आफैँ तयार गर्न सक्नेछन्।

यो सुविधा युट्युब स्टुडियोको क्रिएटर म्युजिक ट्याबमा उपलब्ध हुनेछ। युट्युबले यो सुविधा सबै प्रयोगकर्तालाई निःशुल्क दिने जनाएको छ, तर यो क्रमशः लागू हुँदै जाने भएकाले सबै क्रिएटरहरूले एकैचोटि प्रयोग गर्न पाउने छैनन्।

कस्तो यो एआई म्युजिक टुल?

Creator Insider नामक च्यानलमार्फत युट्युबले एक भिडियो जारी गर्दै यो नयाँ फिचरबारे जानकारी दिएको हो। कम्पनीको भनाइ अनुसार, यस टुलको उद्देश्य क्रिएटरहरूलाई कपीराइटको झन्झट बिना आफ्नै शैलीको संगीत बनाउन सक्षम बनाउने हो।

म्युजिक असिस्टेन्ट: गीत सिर्जना गर्ने एआई सहयोगी

यस नयाँ सुविधाले Creator Music ट्याबभित्रै एउटा “Music Assistant” नामको सेक्सन थपेको छ। यो सेक्सनमा Gemini स्पार्कल आइकन देखिन्छ, जसमा प्रयोगकर्ताले टेक्स्टको माध्यमबाट आफूले चाहेको म्युजिकको विवरण लेख्न सक्छन् — जस्तै भिडियोको विषय, भावना (mood), शैली वा लम्बाइ कति चाहिन्छ आदि।

डेटा भण्डारणबारे युट्युबको प्रष्टोक्ति

हालसम्म युट्युबले यस टुल कुन एआई मोडेलबाट सञ्चालित छ भन्ने खुलाएको छैन। तर, कम्पनीले भनेको छ कि प्रयोगकर्ताले लेखेका प्रॉम्प्टहरू (text input) ३० दिनसम्म युट्युबको सर्भरमा राखिनेछ, ताकि प्रणाली अझ प्रभावकारी र सटीक बनाउन सकियोस्।

युट्युबको यो सुविधा विशेष गरी साना र स्वतन्त्र क्रिएटरहरूका लागि रचनात्मक स्वतन्त्रता र सङ्गीत उत्पादनमा आत्मनिर्भरता ल्याउने ठूलो फड्को हुन सक्छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...