Tekmandu

युरोपेली वैज्ञानिकको सफतलाः होलोग्रामलाई अब महसुस गर्न सकिने

काठमाडौं — स्पेनको पब्लिक युनिभर्सिटी अफ नवारा (UPNA) का इन्जिनियरहरूको टोलीले पहिलोपटक यस्तो होलोग्राम निर्माण गर्न सफल भएका छन्, जसलाई प्रयोगकर्ताले हातले छुन सक्नेछन् र अन्तरक्रिया गर्न सक्नेछन्।

अनुसन्धानका प्रमुख लेखक बौजबिबका अनुसार, “हामीले फिल्महरूमा देख्ने र होलोग्राम भनी बुझ्ने दृश्यहरू वास्तवमा ‘भोल्युमेट्रिक डिस्प्ले’ हुन् — जुन वायुमण्डलमा तैरिरहेको जस्तो देखिन्छ र विभिन्न कोणबाट हेर्न सकिन्छ, बिना कुनै VR चश्मा।”

यो नयाँ होलोग्रामले कसरी काम गर्दछ?

यो प्रविधि InteVol Project अन्तर्गत विकसित गरिएको हो, जुन युरोपेली अनुसन्धान परिषद (ERC) को आर्थिक सहयोगमा UPNA द्वारा नेतृत्व गरिएको छ।

यसअघि भोल्युमेट्रिक डिस्प्लेहरूको अवधारणा धेरैजसो 3D प्रोजेक्टरहरूजस्तै रहे पनि, नयाँ प्रविधिले त्यसलाई अन्तरक्रियात्मक बनाएको छ। साधारणतया, यस्तो डिस्प्लेमा ‘डिफ्यूसर’ भनिने उपकरणमा एक सेकेन्डमा हजारौँ तस्बिरहरू देखाइन्छन्, जसले मानव आँखाले छुट्याउन नसक्ने गतिमा माथि-तल हल्लिँदै तस्बिरहरू बनाउँछ। यसपटक, प्रयोग गरिएको डिफ्यूसरले प्रति सेकेन्ड २८८० तस्बिर देखाउँछ।

तर फरक के हो भने, यसपटक प्रयोग गरिएको डिफ्यूसर परम्परागतजस्तै कठोर र भङ्गुर नभई, लचिलो र मानव स्पर्श सहन सक्ने ब्यान्डहरूबाट बनेको छ। अनुसन्धानकर्ताहरूका अनुसार, प्रयोगकर्ताले अब होलोग्राममा हात हालेर भर्चुअल वस्तुहरू समात्न सक्नेछन्।

वास्तविक उपयोगको सम्भावना

यो प्रविधिको सबैभन्दा ठूलो फाइदा के हो भने, यसलाई प्रयोग गर्न प्रयोगकर्ताले कुनै भारी VR हेडसेट लगाउनु पर्दैन। साथै, यो होलोग्राममा एकभन्दा बढी व्यक्तिले एकैपटक अन्तरक्रिया गर्न सक्नेछन्।

यस प्रविधिको प्रयोग विविध क्षेत्रमा गर्न सकिन्छ — जस्तै इञ्जिनको पार्टहरू भर्चुअल रूपमा देखेर त्यसको संरचना बुझ्न, वा संग्रहालयमा अझ बढी अनुभवात्मक अवलोकन प्रदान गर्न। यो प्रविधिले शिक्षा, चिकित्सा र मनोरञ्जन क्षेत्रहरूमा नयाँ ढोका खोल्न सक्दछ ।

पछिल्ला अपडेट

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

सम्बन्धित समाचार

अफिसका झन्झटिला काम अब एआईको जिम्मा, गुगलले सार्वजनिक गर्‍यो ‘वर्कस्पेस इन्टेलिजेन्स’

अफिसका झन्झटिला काम अब एआईको जिम्मा, गुगलले सार्वजनिक गर्‍यो ‘वर्कस्पेस इन्टेलिजेन्स’

काठमाण्डौं —   प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्नो व्यावसायिक उत्पादकत्व सफ्टवेयर 'गुगल वर्कस्पेस' (Google Workspace) मा ...
एक्स (X) मा ग्रोक एआईको नयाँ जादु, अब तपाईँको रुचि अनुसारको समाचार फिड आफैँ बन्ने

एक्स (X) मा ग्रोक एआईको नयाँ जादु, अब तपाईँको रुचि अनुसारको समाचार फिड आफैँ बन्ने

काठमाण्डौं —  सोसल मिडिया प्लेटफर्म 'एक्स' (X) ले प्रयोगकर्ताको अनुभवलाई थप व्यक्तिगत र सहज बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा...
अन्तरिक्ष सञ्चारमा नयाँ क्रान्ति, लेजर प्रविधिमार्फत चन्द्रमाबाट पृथ्वीमा ४के (4K) भिडियो संकलन

अन्तरिक्ष सञ्चारमा नयाँ क्रान्ति, लेजर प्रविधिमार्फत चन्द्रमाबाट पृथ्वीमा ४के (4K) भिडियो संकलन

काठमाण्डौं — अमेरिकी अन्तरिक्ष एजेन्सी (NASA) को 'आर्टमिस-२' (Artemis II) मिशनले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थपेको छ...
गुगल स्ट्रिट भ्यूमा काल्पनिक दृश्य बनाउन सकिने

गुगल स्ट्रिट भ्यूमा काल्पनिक दृश्य बनाउन सकिने

काठमाण्डौं —  विश्वको अग्रणी टेक कम्पनी गुगलले आफ्ना म्यापिङ र जियोस्पेसियल एपहरूमा अत्याधुनिक 'जेनेरेटिभ एआई' (Generative AI) फिच...