Tekmandu

चिनियाँ प्रविधिले ल्यायो HDMI र DisplayPort को विकल्प, GPMI इन्टरफेस

काठमाडौं — चिनियाँ प्रविधि कम्पनीहरूको सहकार्यमा विकास गरिएको नयाँ इन्टरफेस टेक्नोलोजी GPMI (जनरल पर्पस मिडिया इन्टरफेस) ले अबसम्म प्रयोगमा रहेका HDMI र DisplayPort जस्ता इन्टरफेसहरूलाई विस्थापन गर्न सक्ने सम्भावना देखिएको छ।

Shenzhen 8K Ultra HD Video Industry Collaboration Alliance ले सार्वजनिक गरेको GPMI इन्टरफेसलाई Hisense, Skyworth, TCL लगायत ५० भन्दा बढी चिनियाँ कम्पनीहरूले संयुक्त रूपमा विकास गरेका हुन्। यो प्रविधिले एउटै केबलमा भिडियो, अडियो, नेटवर्क, पावर आपूर्ति लगायत सबै सुविधा समेट्न सक्ने क्षमता राख्दछ।

दुई प्रकारका GPMI केबल

GPMI दुई फरक संस्करणमा उपलब्ध छ:

  1. Type-C: जुन USB-C स्ट्यान्डर्डअनुसार डिजाइन गरिएको छ र ९६ Gbps ब्यान्डविथ तथा २४० वाट पावर सप्लाइ गर्न सक्छ।
  2. Type-B: जसमा चिनियाँ कम्पनीहरूको आफ्नै कनेक्सन सिस्टम प्रयोग गरिएको छ, जसले १९२ Gbps ब्यान्डविथ र ४८० वाट पावर सप्लाइ दिन सक्दछ।

GPMI को मुख्य फाइदाहरू:

  • HDMI 2.1 (४८ Gbps) र DisplayPort 2.1 (८० Gbps) भन्दा दोब्बर स्पिड दिन सक्छ।
  • Thunderbolt 4 र USB4 सँग तुलना गर्दा उच्च पावर र डेटा ट्रान्सफर प्रदान गर्छ।
  • Power delivery सहित बिडाइरेक्शनल मल्टि-स्ट्रीम, बिडाइरेक्शनल कन्ट्रोल, फुल चेन सेक्युरिटी लगायतका सात विशेषता छन्।
  • USB-C सँग मिल्ने भएकाले कम्याटिबिलिटीको चिन्ता नहुने।

प्रयोगको सम्भाव्यता

Alliance का अनुसार Smart TV हरूमा यो इन्टरफेसको प्रयोग छिट्टै सुरु हुनेछ। साथै, मनिटर निर्माताहरूले पनि यसलाई अपनाउने सम्भावना रहेको छ। GPMI इन्टरफेसको प्रयोगले केबल जन्जट कम गर्ने र इ-वेस्ट घटाउने योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सीमितता र भविष्य

यद्यपि GPMI ले 8K सम्मको स्ट्रिमिङ मात्र समर्थन गर्दछ, जुन HDMI र DisplayPort ले दिने 10K र 16K क्षमताभन्दा कम हो। अझै पनि, अहिलेका लागि यो इन्टरफेस केवल चिनियाँ कम्पनीहरू द्वारा मात्र अपनाइने भएकोले, Sony, Intel, AMD, NVIDIA जस्ता कम्पनीहरूले यसलाई अपनाउने वा नअपनाउने भन्ने कुरा भने खुल्न बाँकी छ।

GPMI लाई भविष्यको इन्टरफेस मान्न सकिन्छ, जसले मल्टीफङ्सनल कनेक्टिभिटीलाई अझ सहज बनाउने दिशामा नयाँ ढोका खोल्न सक्दछ।

सम्बन्धित समाचार

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...