Tekmandu

च्याटजीपीटीबाट बनेका तस्बिरमा अब ‘वाटरमार्क’ आउने सम्भावना

काठमाडौं — OpenAI ले यो महिनाको सुरुमै आफ्नो चर्चित एआई च्याटबोट चैटजीपीटी-4o लाई उन्नत इमेज जेनेरेसन क्षमतासहित अपडेट गरेपछि इन्टरनेटमा यसले बनाएका अनौठा र लोभलाग्दा तस्बिरहरूले निकै चर्चा पाएका छन्।

सुरुमा यो सुविधा केवल पेड युजरहरू का लागि मात्र उपलब्ध थियो, तर गत साता OpenAI ले यो सुविधा फ्री युजरहरू लाई पनि प्रयोग गर्न दिने घोषणा गर्‍यो।

अब भने, कम्पनीले फ्री युजरहरू ले बनाएका तस्बिरहरूमा ‘वाटरमार्क’ थप्ने तयारी गरिरहेको देखिएको छ। एआई अनुसन्धानकर्ता तिबोट ब्लाहो ले एक्स (पहिलेको ट्वीटर) मा स्क्रिनसट शेयर गर्दै यस्तो संकेत गर्ने कोड देखिएको बताएका छन्।

उक्त एन्ड्रोइड बीटा भर्सन मा “image-gen-watermark-for-free” भन्ने लाइन देखिएको छ, जसले यो नयाँ टेस्टिङ मा कम्पनी लागेको स्पष्ट पार्दछ।

यो वाटरमार्क ले निःशुल्क प्रयोगकर्ताद्वारा बनाइएका तस्बिरहरूलाई चिन्हित गर्न मद्दत गर्नेछ, जसले डिजिटल पारदर्शिता कायम राख्न र तस्बिरहरूको दुरुपयोग रोक्न सहयोग पुग्ने अनुमान गरिएको छ।

तर, OpenAI ले औपचारिक रूपमा यो सुविधा कहिलेबाट लागू हुन्छ भन्ने जानकारी भने अझै सार्वजनिक गरेको छैन।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...