Tekmandu

एनसेल: नेपालकै पहिलो सूचीबद्ध डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक

काठमाडौं — नेपालमा डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीबद्ध हुने पहिलो कम्पनीको उपलब्धि एनसेलले हात पारेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट २०८१ माघ १५ गते स्वीकृति प्राप्त गरी सूचना प्रविधि विभागले जारी गरेको “डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१” अनुसार एनसेल पहिलो नम्बरमा सूचीबद्ध भएको हो।

उक्त निर्देशिकाले डेटा सेन्टर तथा क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकरण अनिवार्य गरेको छ। यही व्यवस्थाअनुसार एनसेलले यी दुवै सेवाका लागि पृथक सूचीकरण गराएको एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले जानकारी गराए।

हाल एनसेलले ललितपुर, नख्खुमा अत्याधुनिक Tier-III स्तरको डेटा सेन्टर सञ्चालन गरिरहेको छ, जसले बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाहरूलाई सेवा प्रदान गर्दै आएको छ। साथै, पोखरा र हेटौँडामा एनसेलले Disaster Recovery Data Centers सञ्चालनमा ल्याइसकेको छ।

“हामीले साइबर सुरक्षा र डेटा गोपनीयतालाई उच्च प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रदान गर्दै आएका छौं। त्यसैले सूचीकरण प्रक्रिया सहज भयो। सरकारबाट औपचारिक मान्यता प्राप्त गर्ने पहिलो तथा एकमात्र कम्पनी बन्न पाउँदा हामी अत्यन्तै खुसी छौं। डेटा सेन्टर र क्लाउड सेवाको बढ्दो बजारलाई दृष्टिगत गर्दा यो उपलब्धि निकै महत्त्वपूर्ण छ। यसले डिजिटल नेपाल भिजन अनुरूप सूचना प्रविधि क्षेत्रको विकासमा एनसेलको योगदान प्रतिबिम्बित गर्दछ। सूचीकरण प्रक्रियामा समर्थनका लागि सूचना प्रविधि विभागप्रति हामी आभारी छौं,” डिओन एसेन्सिओले भने।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...