Tekmandu

एनसेल: नेपालकै पहिलो सूचीबद्ध डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक

काठमाडौं — नेपालमा डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीबद्ध हुने पहिलो कम्पनीको उपलब्धि एनसेलले हात पारेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट २०८१ माघ १५ गते स्वीकृति प्राप्त गरी सूचना प्रविधि विभागले जारी गरेको “डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१” अनुसार एनसेल पहिलो नम्बरमा सूचीबद्ध भएको हो।

उक्त निर्देशिकाले डेटा सेन्टर तथा क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकरण अनिवार्य गरेको छ। यही व्यवस्थाअनुसार एनसेलले यी दुवै सेवाका लागि पृथक सूचीकरण गराएको एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले जानकारी गराए।

हाल एनसेलले ललितपुर, नख्खुमा अत्याधुनिक Tier-III स्तरको डेटा सेन्टर सञ्चालन गरिरहेको छ, जसले बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाहरूलाई सेवा प्रदान गर्दै आएको छ। साथै, पोखरा र हेटौँडामा एनसेलले Disaster Recovery Data Centers सञ्चालनमा ल्याइसकेको छ।

“हामीले साइबर सुरक्षा र डेटा गोपनीयतालाई उच्च प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रदान गर्दै आएका छौं। त्यसैले सूचीकरण प्रक्रिया सहज भयो। सरकारबाट औपचारिक मान्यता प्राप्त गर्ने पहिलो तथा एकमात्र कम्पनी बन्न पाउँदा हामी अत्यन्तै खुसी छौं। डेटा सेन्टर र क्लाउड सेवाको बढ्दो बजारलाई दृष्टिगत गर्दा यो उपलब्धि निकै महत्त्वपूर्ण छ। यसले डिजिटल नेपाल भिजन अनुरूप सूचना प्रविधि क्षेत्रको विकासमा एनसेलको योगदान प्रतिबिम्बित गर्दछ। सूचीकरण प्रक्रियामा समर्थनका लागि सूचना प्रविधि विभागप्रति हामी आभारी छौं,” डिओन एसेन्सिओले भने।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...