Tekmandu

इन्स्टाग्रामको नयाँ धमाका: अब साथीसँगै हेर्नुहोस् आफ्नो रुचि अनुसारको रिल्स

काठमाडौं – यदि तपाईं पनि इन्स्टाग्राममा रिल्स हेर्न मन पराउनुहुन्छ र प्रायः आफ्ना साथीहरूलाई मजेदार भिडियोहरू पठाउनुहुन्छ भने, तपाईंको लागि एउटा खुसीको खबर छ। इन्स्टाग्रामले हालै आफ्नो एपमा एउटा शानदार फीचर लन्च गरेको छ, जसलाई ‘Blend’ भनिन्छ।

के हो ‘Blend’ फीचर?

इन्स्टाग्रामको ‘Blend’ फीचर एक प्रकारको “साथीत्वपूर्ण फिड” हो। यसमा तपाईं र तपाईंको कुनै खास साथी मिलेर रिल्स हेर्न सक्नुहुन्छ, जुन दुवैको रुचिमा आधारित हुन्छन्।

अर्थात्, यदि तपाईंलाई कमेडी मन पर्छ र तपाईंको साथीलाई ट्रेन्डी डान्स भिडियोहरू मन पर्छ भने, ‘Blend’ फिडमा तपाईंहरू दुवैको रुचि अनुसारको कन्टेन्ट देखिनेछ।

कसरी गर्ने ‘Blend’ को प्रयोग?

१. इन्स्टाग्राममा त्यो साथीलाई इन्भाइट पठाउनुहोस् जससँग तपाईं ‘Blend’ गर्न चाहनुहुन्छ।

२. जब उसले इन्भाइट एक्सेप्ट गर्छ, तपाईं दुवैको लागि एउटा विशेष ‘Blend’ फिड तयार हुनेछ।

३. यो फिडमा देखिने रिल्सहरू तपाईं र तपाईंको साथीको रुचि अनुसार कस्टमाइज गरिएका हुनेछन्।

४. तपाईंले यसलाई इन्स्टाग्राम च्याटमार्फत एक्सेस गर्न सक्नुहुन्छ।

यस फिचरको फाइदा के हो?
अब Reels हेर्ने रमाइलो अनुभव झन् व्यक्तिगत र रमाइलाे बन्नेछ। एकै किसिमका वा अचम्म लाग्ने Reels हेर्दै च्याटमा मस्ती गर्नु अझ सजिलो हुनेछ। यो फिचर विशेषगरी उनीहरूका लागि उपयुक्त छ जो सामाजिक सञ्जालमा केवल स्क्रोलिङ मात्र होइन, साथीभाइसँग रमाइलो अनुभव सँगै बाँड्न चाहन्छन्।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...