Tekmandu

स्मार्टफोन तपाईंका कुराकानी सुन्दैछ! जान्नुस् कसरी सुरक्षित रहन सकिन्छ

काठमाडौं — तपाईंले पनि धेरैपटक यस्तो महसुस गर्नुभएको होला, जब तपाईं कुनै सामान किन्न सोच्नुहुन्छ, तब अचानक सोही सामानका विज्ञापनहरू तपाईंको मोबाइल स्क्रिनमा देखिन थाल्छन्। तपाईं सोशल मिडिया स्क्रोल गर्दै हुनुहोस् वा कुनै अर्को एप चलाइरहनुहोस्, सोही वस्तुसँग सम्बन्धित एड्स बारम्बार देखा पर्न थाल्छन्। कहिल्यै सोच्नुभएको छ, यस्तो किन हुन्छ?

के तपाईंका स्मार्टफोनले तपाईंका कुरा सुन्छन्?
सत्य के हो भने, विशेषगरी Android डिभाइसहरूले तपाईंका कुराकानी सुन्छन् र त्यसको आधारमा विज्ञापन देखाउँछन्। यसको पछाडि Google को एउटा विशेष फिचरले काम गरिरहेको हुन्छ, जसले तपाईंको फोनको माइक्रोफोनमार्फत तपाईंका कुरा सुन्छ। यदि तपाईंले यो सेटिङ्स बन्द नगर्नुभयो भने, तपाईंका व्यक्तिगत कुराहरू समेत कम्पनीहरूमा पुग्न सक्ने सम्भावना रहन्छ र तपाईंको प्राइभेसी जोखिममा पर्न सक्छ।

एप इन्स्टल गर्दा सावधानी अपनाउन जरूरी
धेरैपटक मानिसहरू एप डाउनलोड गर्दा सबै Permissionहरू बिना विचार स्वीकृत गरिदिन्छन्। यसरी Developers ले तपाईंको Location, Microphone, Camera र Contacts को Permission लिएर तपाईंको व्यक्तिगत जानकारीको दुरुपयोग गर्न सक्छन्। त्यसैले, कुनै एपलाई दिइने अनुमति साँच्चै आवश्यक छ कि छैन भन्ने कुरा राम्रोसँग जाँच्नु जरुरी हुन्छ।

Google Voice Assistant बाट पनि हुन सक्छ प्राइभेसीमा खतरा
Android फोनमा माइक्रोफोनको माध्यमबाट Google ले तपाईंका संवाद सुन्छ, तर राहतको कुरा के छ भने तपाईं यो फिचर सेटिङ्सबाट बन्द गर्न सक्नुहुन्छ। यसरी गर्दा तपाईंको प्राइभेसीलाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ।

कसरी बन्द गर्ने यो सुन्ने फिचर?

  • सबैभन्दा पहिले फोनको Settings मा जानुहोस्।
  • त्यहाँबाट Google मा ट्याप गर्नुहोस्।
  • Manage your Google Account मा क्लिक गर्नुहोस्।
  • अब Data and Privacy सेसनमा जानुहोस्।
  • Web & App Activity मा क्लिक गर्नुहोस्।
  • यहाँ तपाईंलाई Voice & Audio Activity को विकल्प देखिनेछ।
  • त्यसको छेउमा रहेको बक्सलाई अनचेक गर्नुहोस्।

यति गरेपछि तपाईंको फोनले तपाईंका कुराकानीहरू सुन्ने कार्य बन्द गर्नेछ र तपाईंको प्राइभेसी पहिलाभन्दा सुरक्षित रहनेछ।

 

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...