Tekmandu

YouTube मा नयाँ प्रयोग: AI को सहयोगमा सर्च गर्दा भिडियो क्लिप्स देखाइने

काठमाडौं — भिडियो स्ट्रिमिङ प्लेटफर्म YouTube ले प्रयोगकर्ताहरूको खोज अनुभवलाई अझ प्रभावकारी बनाउन नयाँ सुविधा परीक्षण गर्दैछ। कम्पनीले हालै घोषणा गरेको अनुसार, Google Search मा उपलब्ध रहेको AI Overviews जस्तै सुविधा अब YouTube मा पनि ल्याउने तयारी भइरहेको छ।

यो नयाँ प्रयोग अन्तर्गत प्रयोगकर्ताले सर्च गर्दा टेक्स्ट आधारित जवाफको सट्टा सोधिएको प्रश्नसँग सम्बन्धित video clips को carousel (स्लाइडर) देख्न सक्नेछन्। यी क्लिपहरूमा सो विषयमा जानकारी दिने YouTube भिडियोका विशेष अंशहरू समावेश गरिनेछ।

हाल परीक्षण चरणमा
Google ले आफ्नो आधिकारिक सपोर्ट पेजमार्फत जानकारी दिँदै यो सुविधा अहिले अमेरिका भित्रका केही सीमित YouTube Premium प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको जनाएको छ। सुरुवाती चरणमा यो सुविधा अंग्रेजी भाषामा र सीमित विषयवस्तुहरूमा मात्र काम गर्नेछ।
प्रयोगकर्ताले कुनै विषय सर्च गरेपछि, पारम्परिक सर्च परिणामभन्दा माथि सिधै AI द्वारा सञ्चालित भिडियो स्लाइडर देखिनेछ, जसले खोजी गरिएको प्रश्नसँग प्रत्यक्ष सम्बन्धित जानकारी प्रस्तुत गर्नेछ।

कसरी काम गर्दछ नयाँ सुविधाले?
पहिले देखिनै Google ले आफ्नो सर्चमा यस्तो फिचर प्रदान गर्दै आएको छ, जसमा टाइम–स्ट्याम्प सहित सोधिएको प्रश्नसम्बन्धी विशेष भिडियो भाग देखाइन्छ। नयाँ AI Overview सुविधा पनि त्यही ढाँचामा काम गर्नेछ।
उदाहरणस्वरूप, यदि प्रयोगकर्ताले फुटेको कुर्सी मर्मतसम्बन्धी DIY भिडियो खोज्छन् भने, उनीहरूलाई भिडियोको सुरुआत वा अनावश्यक भाग हेर्नु पर्ने आवश्यकता रहनेछैन। AI ले सिधै त्यो क्लिपमा लैजानेछ, जहाँ कुर्सीको खुट्टा कसरी मर्मत गर्ने भन्ने स्पष्ट रूपमा देखाइएको हुन्छ।

YouTube ले यो सुविधा प्रयोगकर्ताको कन्टेन्ट खोजी अनुभवलाई अझ सहज र प्रभावकारी बनाउनका लागि विकास गरेको जनाएको छ। आगामी दिनमा प्रयोगकर्ताहरूको प्रतिक्रिया र परीक्षण सफल भएमा यो सुविधा विश्वव्यापी रूपमा उपलब्ध गराइने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...