Tekmandu

एआईले अहिलेको समय किन बताउन सक्दैन?

काठमाडौँ— विश्लेषण र जटिल कार्यसमेत सजिलै गर्ने क्षमतासहितका ChatGPT, Claude जस्ता एआई च्याटबोटले एउटा सामान्य प्रश्नको उत्तर दिँदा भने चिप्लिने गर्दछन्। प्रयोगकर्ताले “अहिले कति बज्यो होला?” भनेर सोध्दा यी अत्याधुनिक मोडेलले प्रायः समय बताउन सक्दैनन्।

यो सामान्य कमजोरीजस्तो देखिए पनि यसको जड प्राविधिक संरचनासँग गहिरोसँग जोडिएको हुन्छ।

रियल टाइम घडीमा एआईको पहुँच हुँदैन
LLM आधारित एआई मोडेलहरूको आन्तरिक संरचनामा सिस्टम घडीसँग प्रत्यक्ष पहुँच हुँदैन। मोडेलले न प्रयोगकर्ताको उपकरणको घडी हेर्न सक्छ, न आफ्नो सर्वरको समय।
एआईले केवल प्राप्त इनपुट, प्रशिक्षण डाटा र वार्तालापको सन्दर्भ हेरेर प्रतिक्रिया दिन्छ। त्यसैले समयको वास्तविक अवस्थाबारे यसलाई थाहा हुने संरचना नै हुँदैन।

किन यस्तो प्रतिबन्ध राखिन्छ?
बिद्यमान अवस्थामा एआईलाई रियल टाइम घडीमा निरन्तर पहुँच दिनु सरल देखिए पनि, यसको असर मोडेलको “कन्टेक्स्ट विन्डो” मा पर्छ।
यदि एआईले प्रत्येक सेकेन्ड वा प्रत्येक मिनेट समय स्वतः अपडेट गर्न थाल्यो भने ती सबै जानकारी कन्टेक्स्टमा थपिन थाल्छन्। यसले एआईको स्मरण क्षमता छिट्टै भरिन्छ, वार्तालापको मुख्य उद्देश्य कमजोर हुन्छ  र मोडेलको प्रदर्शनमा गिरावट आउन सक्छ।

यस कारण धेरै कम्पनीहरूले मोडेललाई “समय” जस्ता रियल टाइम डाटाबाट अलग राख्ने नीति अपनाएका छन्।

अन्य मोडेलले भने समय बताउन सक्छन्
यद्यपि सबै एआईमा यस्तै सीमा रहेको छैन। Google Gemini, Microsoft Copilot र xAI Grok जस्ता मोडेललाई सिस्टम समय वा वेबमार्फत प्रत्यक्ष डेटा ल्याउने अधिकार दिइएको हुन्छ। त्यसैले ती मोडेलले छिनमै वर्तमान समय बताउन सक्छन्।

एआई च्याटबोटहरूको क्षमतामा तीव्र प्रगति भए पनि, रियल–टाइम जानकारी खासगरी “वर्तमान समय” जस्ता प्रश्नमा अझै स्पष्ट सीमा देखिन्छ।
घडीमा प्रत्यक्ष पहुँच नहुँदा ChatGPT र Claude जस्ता मोडेलले यस्ता प्रश्नमा जवाफ दिन सक्दैनन्। प्राविधिक सुरक्षा, डाटा व्यवस्थापन र मोडेल स्थिरता सुनिश्चित गर्न यी प्रतिबन्धहरू राखिएको बताइन्छ।

सम्बन्धित समाचार

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...