Tekmandu

‘उच्च क्षमताको एआई’ बनाउने होड तीव्र, वैज्ञानिक र उद्योग भित्रै चिन्ता बढ्दै

काठमाडौँ— विश्वका प्रमुख प्रविधि कम्पनीहरूबीच कृत्रिम बुद्धिमत्ताको सबैभन्दा उन्नत रूप विकसित गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

सिलिकन भ्यालीदेखि युरोप र एसियासम्म फैलिएको यो दौडले एआई विकासको गति अनियन्त्रित रूपमा बढेको भन्दै वैज्ञानिक तथा उद्योगभित्रै चिन्ता व्यक्त गर्न थालेको द गार्जियनले जनाएको छ।

पछिल्ला वर्षमा OpenAI, Google DeepMind, Anthropic, Meta, Nvidia लगायत कम्पनीहरूले मानवस्तर जस्तै निर्णय क्षमता, तर्कशक्ति र स्वतन्त्र रूपमा समस्या समाधान गर्न सक्ने एआई प्रणाली निर्माणलाई आफ्नो मुख्य लक्ष्य बनाएका छन्। यस्तो स्तरको एआईलाई ‘आर्टिफिसियल जेनरल इन्टेलिजेन्स’ (AGI) भनेर चिनिन्छ। उद्योग विश्लेषकहरूका अनुसार यस्तै क्षमताको एआई २०२६–२०२७ भित्रै देखिन सक्ने अनुमानले प्रतिस्पर्धा झनै तीव्र बनेको छ।

कम्पनीहरूले यसका लागि व्यापक लगानी गरिरहेका छन्। नयाँ डेटा सेन्टर, उच्च क्षमताका चिप, सुपरकम्प्युटिङ हार्डवेयर र अनुसन्धानमा हालिइरहेको रकम अभूतपूर्व रहेको बताइन्छ। एआई मोडेलको क्षमता मूल्यांकन गर्नै नपाइएका बेला अर्को संस्करण सार्वजनिक गर्ने क्रम निरन्तर चलिरहेको छ।

प्रविधि विकासको गति अत्यधिक द्रुत भएपछि कम्पनीभित्रका इन्जिनियर र सुरक्षा टोलीले समेत दबाब महसुस गरिरहेको रिपोर्टमा उल्लेख छ। एआई सुरक्षा, जोखिम मूल्यांकन र नियन्त्रण संरचनाबारे आवश्यक समय नदिई मोडेल छिट्टै प्रक्षेपण गर्न बाध्य पारिएको अनुभव धेरै कर्मचारीले सार्वजनिक गरेका छन्। केही टोलीले त एआई मोडेलको व्यवहार मानव नियन्त्रणविरुद्ध जान सक्ने संकेत देखिएको भन्दै चेतावनीसमेत दिएका छन्।

विशेषज्ञहरूले AGI को विकासले विज्ञान, स्वास्थ्य, ऊर्जा र अनुसन्धान क्षेत्रमा ठूलो फाइदा पुर्‍याउन सक्ने बताउँछन्। तर समान रूपमा ठूलो जोखिम पनि रहेको उनीहरूको मत छ। रोजगार बजारमा ठूलो उथलपुथल, गलत सूचनाको व्यापकता, साइबर हमलाको उन्नत रूप, सामाजिक अस्थिरता तथा दीर्घकालीन रूपमा मानव सुरक्षासम्बन्धी प्रश्नहरू उठ्न सक्ने आशंका व्यक्त गरिएको छ।

यस्तै जोखिमका कारण अन्तर्राष्ट्रिय स्तरमा नियमन, पारदर्शिता र सुरक्षा कानुन आवश्यक पर्ने आवाज बढ्दै गएको छ। तर प्रविधि कम्पनीहरूको तीव्र प्रतिस्पर्धा र बजार लाभको दबाबका कारण एआई विकासमा ‘ब्रेक’ लगाउन कठिन देखिएको द गार्जियनको निष्कर्ष छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...