काठमाडौँ— YouTube ले उपशीर्षकमा संवाद मात्र होइन, आवाजका ‘भाव’ समेत देखाउने नयाँ सुविधा Expressive Captions सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो फिचर सुरुवातमा अंग्रेजी भिडियोमा लागू गरिएको छ।
कस्तो सुविधा हो?
नयाँ उपशीर्षक प्रणालीले भिडियोमा बोलेका शब्दसँगै आवाजका संकेतहरू
जस्तै गहिरो सास फेर्दा, अत्तिने आवाज, उच्च स्वर, चिच्याएको क्षण, ताली, गुनासो, आश्चर्य लाई पनि लेखेर देखाउँछ।
यसले म्यूट गरेर भिडियो हेर्दा पनि दृश्यको माहोल बुझ्न मद्दत गर्दछ।
कसका लागि उपयोगी?
YouTube ले यो सुविधा विशेष गरी श्रवण असक्त प्रयोगकर्ता, सार्वजनिक स्थानमा म्यूट गरेर भिडियो हेर्ने दर्शक तथा अंग्रेजी संवाद बुझ्न कठिन हुने प्रयोगकर्तालाई ध्यानमा राखेर तयार गरिएको बताएको छ।
कम्पनीको भनाइमा उपशीर्षकमा ‘भाव’ समावेश हुँदा कथाको प्रवाह राम्रोसँग बुझिन्छ र दृश्य अनुभूति स्पष्ट हुन्छ।
उपलब्धता
Expressive Captions हाल अंग्रेजी भिडियोमा चरणबद्ध रूपमा सक्रिय भइरहेको छ।
नयाँ अपलोड भएका भिडियोमा प्राथमिकतासाथ लागू गरिने र विस्तारै सबै सामग्रीमा सुविधा उपलब्ध हुने YouTube ले जनाएको छ।
यो फिचर मोबाइल, कंप्युटर तथा टेलिभिजन सबै प्लेटफर्ममा काम गर्नेछ।
किन आवश्यक ठानियो?
YouTube का अनुसार पारम्परिक उपशीर्षकमा संवाद मात्र पढ्दा भिडियोको पूरा वातावरण बुझिँदैन थियो ।
आवाज बन्द गरेर हेर्ने दर्शकको संख्या उच्च रहेको साथै भावनात्मक संकेत नबुझ्दा कथा अधुरो महसुस हुने अध्ययनपछि कम्पनीले नयाँ प्रणाली विकास गरेको हो।