Tekmandu

बर्षभरी हेरेको, सुनेको सामग्री अब युट्युब को रिक्यापमा

काठमाण्डौं— युट्युब ले आफ्नै वार्षिक ‘Year in Review’ रिक्याप सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले बर्षभरी हेरेका भिडियो, सुनेका गीत र व्यक्तिगत रुचिसँग सम्बन्धित तथ्य एकैपटक बुझ्न सक्नेछन्। कम्पनीका अनुसार यो फिचर युट्युब र युट्युब म्युजिक दुवैमा उपलब्ध छ।

के समावेश छ नयाँ रिक्यापमा

रिक्यापले प्रयोगकर्ताले बर्षभरी बढी उपभोग गरेको सामग्रीलाई भिजुअल कार्डका रूपमा प्रस्तुत गर्दछ। सबैभन्दा धेरै सुनेको गीत, मनपराएका कलाकार, दोहोरिने प्ले लिस्ट, हेर्दै आएको भिडियो विधा र व्यक्तिगत ट्रेन्डहरू क्रमबद्ध रूपमा देखिन्छन्।
मोबाइलमा हेर्दा रिक्याप स्लाइडजस्तो गरी क्रमिक रूपमा खुल्ने भएकाले वर्षभरको डिजिटल गतिविधि छोटो समयमै बुझ्न सजिलो हुनेछ।

डाटा कसरी प्रस्तुत हुन्छ

युट्युब ले प्रत्येक प्रयोगकर्ताका लागि स्वतः एकीकृत सारांश बनाउँदछ। वर्षभरको संगीत रुचि, सामग्री उपभोगको मात्रा र दोहोरिने बानी जस्ता विवरण समग्र रूपमा देखिन्छन्।
रिक्याप YouTube Music मा सिधै उपलब्ध हुन्छ र मुख्य YouTube एपमा Accounts ट्याब खोलेपछि हेर्न सकिन्छ।

किन ल्यायो युट्युब ले यस्तो फिचर?

Spotify Wrapped र Apple Music Replay जस्ता वार्षिक संगीत, सारांश अत्यन्त लोकप्रिय हुँदै गएपछि युट्युब ले भिडियो र संगीत दुवै समेटिएको संयुक्त विकल्प तयार गरेको हो। कम्पनीका अनुसार रिक्याप प्रयोगकर्ताको डिजिटल वर्षलाई एकै नजरमा बुझाउने उद्देश्य राखेर डिजाइन गरिएको छ।

यो फिचर विश्वभर चरणबद्ध रूपमा सक्रिय हुँदैछ। प्रयोगकर्ताले मोबाइल, कम्प्युटर र ट्याब्लेटबाट समान रूपमा रिक्याप हेर्न सक्नेछन्।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...