Tekmandu

एआई प्रविधिको तीव्र विस्तार, तर सुरक्षा उपाय अपर्याप्त

काठमाण्डौं — विश्वका ठूला एआई कम्पनीहरूको सुरक्षा अभ्यास अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल रहेको एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ। फ्युचर अफ लाइफ इन्स्टिच्युट- Future of Life Institute (FLI) ले सार्वजनिक गरेको “AI Safety Index 2025” ले OpenAI, Anthropic, xAI र Meta जस्ता कम्पनीले जोखिम व्यवस्थापनका आधारभूत मानकसमेत पर्याप्त रूपमा अपनाउन नसकेको उल्लेख गरेको हो।

रॉयटर्स (Reuters) का अनुसार, स्वतन्त्र विज्ञहरूले गरेको मूल्याङ्कनमा ती कम्पनीहरूसँग उदीयमान उच्च-क्षमतायुक्त एआई प्रणालीलाई सुरक्षित रूपमा नियन्त्रित राख्ने स्पष्ट रणनीति छैन। रिपोर्टमा जोखिम मूल्याङ्कन, पारदर्शिता, आन्तरिक समीक्षा र जिम्मेवारी निर्धारणजस्ता मुख्य क्षेत्रहरूमा कम्पनीहरूको तयारी कमजोर रहेको देखाइएको छ।

FLI का अध्यक्ष म्याक्स टेगमार्क (Max Tegmark) ले अमेरिकी एआई उद्योग ‘खानपान व्यवसायभन्दा पनि कम नियमनमा चलिरहेको’ टिप्पणी गर्दै सुरक्षा मापदण्ड कडा बनाउन उद्योग स्वयंले पर्याप्त पहल नगरेको आरोप लगाएका छन्। उनका अनुसार कम्पनीहरूले नियमनको विरोध गर्ने प्रवृत्ति देखाएकाले जोखिम बढेको छ।

अध्ययनले एआईलाई दैनिक प्रयोगमा ल्याउने प्रवृत्ति तीव्र बन्दै जाँदा पर्याप्त सुरक्षा संरचना नहुँदा सामाजिक, कानुनी र व्यवहारगत जोखिम बढ्ने चेतावनी दिएको छ। रिपोर्टले एआई कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार जोखिम मूल्याङ्कन प्रणाली, स्वतन्त्र परीक्षण र पारदर्शिता विस्तार गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...