Tekmandu

एआई प्रविधिको तीव्र विस्तार, तर सुरक्षा उपाय अपर्याप्त

काठमाण्डौं — विश्वका ठूला एआई कम्पनीहरूको सुरक्षा अभ्यास अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल रहेको एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ। फ्युचर अफ लाइफ इन्स्टिच्युट- Future of Life Institute (FLI) ले सार्वजनिक गरेको “AI Safety Index 2025” ले OpenAI, Anthropic, xAI र Meta जस्ता कम्पनीले जोखिम व्यवस्थापनका आधारभूत मानकसमेत पर्याप्त रूपमा अपनाउन नसकेको उल्लेख गरेको हो।

रॉयटर्स (Reuters) का अनुसार, स्वतन्त्र विज्ञहरूले गरेको मूल्याङ्कनमा ती कम्पनीहरूसँग उदीयमान उच्च-क्षमतायुक्त एआई प्रणालीलाई सुरक्षित रूपमा नियन्त्रित राख्ने स्पष्ट रणनीति छैन। रिपोर्टमा जोखिम मूल्याङ्कन, पारदर्शिता, आन्तरिक समीक्षा र जिम्मेवारी निर्धारणजस्ता मुख्य क्षेत्रहरूमा कम्पनीहरूको तयारी कमजोर रहेको देखाइएको छ।

FLI का अध्यक्ष म्याक्स टेगमार्क (Max Tegmark) ले अमेरिकी एआई उद्योग ‘खानपान व्यवसायभन्दा पनि कम नियमनमा चलिरहेको’ टिप्पणी गर्दै सुरक्षा मापदण्ड कडा बनाउन उद्योग स्वयंले पर्याप्त पहल नगरेको आरोप लगाएका छन्। उनका अनुसार कम्पनीहरूले नियमनको विरोध गर्ने प्रवृत्ति देखाएकाले जोखिम बढेको छ।

अध्ययनले एआईलाई दैनिक प्रयोगमा ल्याउने प्रवृत्ति तीव्र बन्दै जाँदा पर्याप्त सुरक्षा संरचना नहुँदा सामाजिक, कानुनी र व्यवहारगत जोखिम बढ्ने चेतावनी दिएको छ। रिपोर्टले एआई कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार जोखिम मूल्याङ्कन प्रणाली, स्वतन्त्र परीक्षण र पारदर्शिता विस्तार गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...