Tekmandu

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

काठमाण्डौं — स्मार्टफोन लामो समय एकै तरिकाले समातेर प्रयोग गर्दा मानिसको सानो औँलामा (pinky finger) मा देखिने शारीरिक परिवर्तन विश्वभर बढ्दै गएको विशेषज्ञहरूले बताएका छन्।

द इन्डियन एक्सप्रेस  (The Indian Express) मा प्रकाशित रिपोर्टअनुसार फोन समात्दा सानो औँलामा पर्ने निरन्तर दबाबले औँलाको बनावटमा डेन्टजस्तो खाडल देखिनु, वक्रता आउनु र हड्डी तन्तुमा दबाब बढ्नुजस्ता समस्या पहिचान हुन थालेका छन्।

चिकित्सकहरूका अनुसार समस्या साधारण तया असजिलोबाट सुरु भए पनि दीर्घकालमा जोर्नी दुखाइ, औँला र हत्केला समन्वयमा कमजोरी र नसामा असर पर्ने जोखिम बढ्दछ । धेरै प्रयोगकर्ताले फोनको तल्लो भाग सानो औँलामा अड्याएर पकड बनाउने भएकाले त्यही क्षेत्रमा दबाब केन्द्रीकृत हुने रिपोर्टमा उल्लेख छ। यसले समयसँगै औँला सिधा नदेखिनु, हल्का वक्रता आउनु वा सतही डेन्ट देखिनेजस्ता परिवर्तन देखापर्ने चिकित्सकहरूको भनाइ छ।

विशेषज्ञहरूले स्मार्टफोन प्रयोगको शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। फोन समात्दा दुवै हात प्रयोग गर्ने, औँलामा झुण्ड्याएर नसमात्ने, लगातार लामो समय फोन नपक्रने र आवश्यक परे फिजियोथेरापी जस्ता उपाय अपनाउँदा समस्या न्यून हुने चिकित्सकहरुको सल्लाह छ।

रिपोर्टले युवावर्गमा यो समस्या तीव्र रूपमा देखिन थालेको उल्लेख गर्दै स्मार्टफोन निर्भरता बढ्दै जाँदा ‘पिंकी समस्या’ पनि असामान्य हुँदै गएको चेतावनी दिएको छ।

सम्बन्धित समाचार

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...