Tekmandu

कारमा मोबाइल चार्ज गर्दा सावधान, यस्ता गल्तीले घट्छ ब्याट्रीको आयु

काठमाण्डौं — यात्रा गर्दा वा ट्राफिक जाममा फसेका बेला धेरैले कारमै मोबाइल फोन चार्ज गर्ने गर्दछन् । सजिलो र व्यवहारिक जस्तो देखिने यो बानीले भने लामो समयपछि मोबाइलको ब्याट्रीमा नकारात्मक असर पार्न सक्दछ । विज्ञहरूका अनुसार कारमा मोबाइल चार्ज गर्दा गरिने केही सामान्य गल्तीका कारण ब्याट्री छिट्टै कमजोर हुने जोखिम बढ्दछ ।

कारको पावर सप्लाइ घर वा अफिसको बिजुली जत्तिकै स्थिर हुँदैन । गाडीको गति बढ्दा घट्दा, एसी, हेडलाइट जस्ता उपकरण चलाउँदा पावरमा उतार चढाव आउन सक्दछ । यही अस्थिर पावर मोबाइलको ब्याट्रीका लागि हानिकारक मानिन्छ ।

धेरै कारमा रहेका इन–बिल्ट यूएसबी पोर्ट पनि अर्को समस्या हुन् । यी पोर्टहरू प्रायः डेटा ट्रान्सफरका लागि बनाइएका हुन्छन्, जसले मोबाइललाई चाहिने पर्याप्त करेन्ट दिन सक्दैनन् । यसले मोबाइल ढिलो चार्ज हुने, लामो समयसम्म तातिरहने र अन्ततः ब्याट्रीको क्षमता घट्ने अवस्था आउन सक्दछ ।

त्यसैगरी, सस्तो वा प्रमाणित नभएका कार चार्जर र केबल प्रयोग गर्दा पनि जोखिम बढ्दछ । यस्ता चार्जरले आवश्यकभन्दा बढी वा कम भोल्टेज दिन सक्छन्, जसले ब्याट्रीमा अतिरिक्त दबाब पर्दछ ।

सुरक्षित चार्जका लागि के गर्ने ?

मोबाइललाई कारमा चार्ज गर्नै परेमा केही सावधानी अपनाउनु राम्रो हुन्छ । इन बिल्ट यूएसबी पोर्टको सट्टा १२ भोल्ट सिगरेट लाइटर सॉकेटमा राम्रो गुणस्तरको कार चार्जर प्रयोग गर्नु उपयुक्त हुन्छ । चार्ज गर्दा मोबाइलको कभर हटाइदिँदा ताप बाहिर जान सजिलो हुन्छ ।

कार स्टार्ट गरेपछि मात्रै मोबाइल चार्जमा लगाउने र इन्जिन बन्द गर्नुअघि चार्जर हटाउने बानी पनि उपयोगी मानिन्छ । साथै, चार्ज भइरहेका बेला नेभिगेशन, गेम वा भारी एप चलाउन सकेसम्म नहुने विज्ञहरूको सुझाव छ ।

इन्जिन बन्द अवस्थामा लामो समय मोबाइल चार्ज गर्दा कारको ब्याट्री पनि कमजोर हुन सक्दछ । यसले पछि गाडी स्टार्ट गर्न समस्या निम्त्याउन सक्दछ ।

कारमा मोबाइल चार्ज गर्नु पूर्ण रूपमा गलत होइन । तर सही तरिका नअपनाउँदा मोबाइल र कार दुवैको ब्याट्रीमा असर पर्न सक्दछ । त्यसैले साना सावधानीले ठूलो क्षतिबाट जोगिन सकिन्छ ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...