Tekmandu

स्वास्थ्य जानकारीमा विवाद बढेपछि गुगलको एआई ओभरभ्यूमा रोक

काठमाण्डौं − इन्टरनेट खोज सेवा प्रदायक गुगलले स्वास्थ्यसम्बन्धी केही खोज प्रश्नमा देखिने ‘एआई ओभरभ्यू’ सुविधा हटाएको छ। गलत, अपूरो र भ्रामक जानकारी देखिन थालेपछि कम्पनीले यस्तो कदम चालेको हो।

गुगल सर्चमा ‘लिभर ब्लड टेस्ट’ र ‘लिभर फङ्सन टेस्ट’ को सामान्य सीमा कति हो भन्ने जस्ता प्रश्नमा एआईले दिएको संक्षिप्त उत्तर गलत सन्दर्भमा आएको भन्दै आलोचना भइरहेको थियो। प्रयोगकर्ताको उमेर, लिङ्ग, स्वास्थ्य अवस्था जस्ता आधारभूत पक्ष नसमेटी अंक मात्र प्रस्तुत गर्दा जोखिम बढ्ने भन्दै स्वास्थ्य विज्ञहरूले आपत्ति जनाएका थिए।

एआई ओभरभ्यू गुगलले हालै विस्तार गरेको सुविधा हो। खोज गर्दा प्रयोगकर्तालाई वेबका विभिन्न स्रोतबाट संक्षेपमा उत्तर देखाउने यो प्रणाली स्वास्थ्यजस्ता संवेदनशील विषयमा भने असावधानीपूर्ण भएको ठहर गरिएको छ।

आलोचना बढेपछि गुगलले केही निश्चित मेडिकल क्वेरीमा एआई ओभरभ्यू देखिन नदिने व्यवस्था गरेको हो। यद्यपि शब्द फरक पारेर खोज गर्दा कतिपय अवस्थामा ओभरभ्यू अझै देखिने गरेको परीक्षणबाट खुलेको छ।

गुगलले हटाइएका ओभरभ्यूबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। कम्पनीका प्रवक्ताले स्वास्थ्यजस्ता संवेदनशील विषयमा शुद्धता र सुरक्षा प्राथमिकतामा राखेर प्रणाली सुधार भइरहेको मात्र बताएका छन्।

स्वास्थ्य विज्ञहरूले भने एआईबाट दिइने सामान्य जानकारीलाई चिकित्सकीय सल्लाहको विकल्पका रूपमा लिन नहुने दोहोर्‍याउँदै आएका छन्। उनीहरूका अनुसार गलत व्याख्याले प्रयोगकर्ताले आत्मनिर्णय गर्दा गम्भीर असर पर्न सक्दछ।

गुगलको यो निर्णयले स्वास्थ्य जानकारीमा एआई प्रयोग गर्दा अपनाउनुपर्ने सीमाना र जिम्मेवारीबारे बहसलाई फेरि सतहमा ल्याएको छ।

सम्बन्धित समाचार

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...