Tekmandu

इमेल इनबक्स सुविधा कि सुरक्षाको खतरा ?

काठमाण्डौ − प्रयोगकर्ताले दैनिक प्रयोग गर्ने इमेल इनबक्स केवल सन्देश आदानप्रदान गर्ने माध्यम मात्र नभई व्यक्तिगत गोपनीयताका लागि गम्भीर सुरक्षा चुनौती बनेको छ। अनलाइन सञ्चार माध्यम र प्रविधि विश्लेषकहरूका अनुसार, असुरक्षित इमेल व्यवस्थापनका कारण प्रयोगकर्ताका संवेदनशील डाटा, वित्तीय विवरण र व्यक्तिगत जानकारीहरू तेस्रो पक्ष (Third Party) को पहुँचमा पुग्ने जोखिम बढेको हो।

विशेषगरी विज्ञापनदाता, ह्याकर र डाटा ब्रोकरहरूले प्रयोगकर्ताको इमेल इनबक्सलाई नै मुख्य निशाना बनाउने गरेको पछिल्ला अध्ययनहरूले देखाएका छन्।

कसरी हुन्छ गोपनीयताको चोरी ?

इमेलमार्फत हुने गोपनीयता उल्लंघनका मुख्य पक्षहरू यस प्रकार छन्:

  • ट्रयाकिङ पिक्सेल (Tracking Pixels): धेरैजसो मार्केटिङ इमेलहरूमा अदृश्य ‘पिक्सेल’ राखिएका हुन्छन्। प्रयोगकर्ताले इमेल खोल्नेबित्तिकै उसले कुन स्थानबाट, कति बजे र कुन डिभाइसबाट इमेल हेर्यो भन्ने जानकारी सिधै पठाउने कम्पनीकहाँ पुग्छ।
  • थर्ड-पार्टी एप एक्सेस: विभिन्न एप वा वेबसाइटमा ‘साइन-इन विथ गुगल’ वा ‘आउटलुक’ गर्दा प्रयोगकर्ताले अन्जानमै आफ्नो इनबक्स पढ्ने अनुमति दिइरहेका हुन्छन्। यसले गर्दा प्रयोगकर्ताको खरिद गर्ने बानी र व्यक्तिगत रुचिहरू कम्पनीहरूले थाहा पाउँछन्।
  • सेन्सेटिभ डाटाको भण्डारण: प्रयोगकर्ताले आफ्नो नागरिकता, पासपोर्टको फोटो, बैंक स्टेटमेन्ट र पासवर्ड जस्ता विवरण इमेलमै छोड्ने गर्छन्। इमेल ह्याक भएको खण्डमा यी सबै विवरण अपराधीको हातमा पुग्ने जोखिम रहन्छ।

विज्ञापनदाताको नयाँ हतियार

प्रविधि पोर्टल ‘सीनेट’ (CNET) का अनुसार, कम्पनीहरूले प्रयोगकर्ताको ‘डिजिटल प्रोफाइल’ बनाउन इमेललाई नै मुख्य स्रोत मान्ने गरेका छन्। इमेलमा आउने बिल, कन्फर्मेसन मेसेज र न्यूजलेटरका आधारमा प्रयोगकर्ताको आर्थिक हैसियत र आवश्यकताको पहिचान गरी सोही अनुसारका विज्ञापनहरू पठाउने गरिन्छ।

कसरी सुरक्षित रहने ?

विज्ञहरूले इमेल इनबक्सलाई सुरक्षित राख्न निम्न उपायहरू अपनाउन सुझाव दिएका छन्:

  • टु-फ्याक्टर अथेन्टिकेसन (2FA): इमेल लग-इन गर्दा अनिवार्य रूपमा मोबाइल कोड वा ‘अथेन्टिकेटर एप’ प्रयोग गर्ने।
  • इमेल प्रोटेक्सन टुल: एप्पलको ‘Hide My Email’ वा डकडकगो (DuckDuckGo) को इमेल प्रोटेक्सन सेवा प्रयोग गरी वास्तविक इमेल लुकाउने।
  • अनावश्यक अनुमति खारेज: इमेलको सेटिङमा गएर कुन-कुन एपले आफ्नो इनबक्समा पहुँच पाएका छन् भन्ने जाँच गर्ने र अनावश्यक एपलाई ‘रिमोक’ गर्ने।
  • पुराना इमेल मेटाउने: काम सकिएका र संवेदनशील जानकारी भएका पुराना इमेलहरू इनबक्समा राखिरहनु भन्दा डिलिट गर्नु सुरक्षित हुन्छ।

प्रविधिमा आएको विकाससँगै इमेल सेवा प्रदायकहरूले सुरक्षाका केही फिचर थपे पनि प्रयोगकर्ता आफैँ सचेत नभएसम्म ‘डिजिटल गोपनीयता’ कायम राख्न कठिन हुने देखिएको छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...