Tekmandu

वाईफाईको पासवर्ड बिर्सिएर हैरान हुनुहुन्छ? विण्डोज र म्याकबाट यसरी पत्ता लगाउनुहोस्

काठमाण्डौ − घर वा कार्यालयमा एकपटक जडान गरिसकेको वाईफाईको पासवर्ड बिर्सिँदा नयाँ डिभाइस कनेक्ट गर्न धेरैलाई सास्ती हुने गरेको छ।

पासवर्ड कतै सुरक्षित नराख्दा वा लामो समयसम्म एउटै डिभाइसमा मात्र चलाउँदा यस्तो समस्या आउने गर्छ। यद्यपि, ल्यापटप वा डेस्कटप कम्प्युटरमा पहिले नै कनेक्ट भइसकेको वाईफाईको पासवर्ड सजिलै हेर्न सकिने प्राविधिक उपायहरू छन्।

विण्डोज र म्याक अपरेटिङ सिस्टम भएका डिभाइसहरूमा केही सामान्य ‘स्टेप’ पछ्याएर बिर्सिएको पासवर्ड पुनः प्राप्त गर्न सकिन्छ।

विण्डोज (Windows) मा यसरी हेर्नुहोस् पासवर्ड

यदि तपाईँ विण्डोज १० वा ११ प्रयोगकर्ता हुनुहुन्छ भने निम्न प्रक्रिया अपनाउनुहोस्: १. सबैभन्दा पहिले कम्प्युटरको ‘कन्ट्रोल प्यानल’ (Control Panel) मा जानुहोस्। २. त्यहाँ रहेको ‘नेटवर्क एण्ड इन्टरनेट’ भित्र ‘नेटवर्क एण्ड सेयरिङ सेन्टर’ मा क्लिक गर्नुहोस्। ३. अहिले चलिरहेको वाईफाईको नाममा क्लिक गरी ‘वायरलेस प्रोपर्टीज’ (Wireless Properties) छनोट गर्नुहोस्। ४. अब माथि देखिने ‘सेक्युरिटी’ (Security) ट्याबमा जानुहोस्। ५. त्यहाँ रहेको ‘शो क्यारेक्टर्स’ (Show characters) मा टिक मार्क लगाएपछि तपाईँको वाईफाईको पासवर्ड देखिनेछ।

म्याक (macOS) प्रयोगकर्ताका लागि विधि

एप्पलको म्याकबुक वा आइम्याक प्रयोगकर्ताले ‘किचेन एक्सेस’ मार्फत पासवर्ड फेला पार्न सक्छन्: १. ‘स्पटलाइट सर्च’ मा गएर ‘Keychain Access’ खोल्नुहोस्। २. बायाँतर्फको मेनुबाट ‘System’ र माथि रहेको ‘Passwords’ मा क्लिक गर्नुहोस्। ३. आफूले खोजेको वाईफाई नेटवर्कको नाममा ‘डबल क्लिक’ गर्नुहोस्। ४. तल रहेको ‘Show Password’ बक्समा टिक लगाउनुहोस्। यसका लागि तपाईँले आफ्नो म्याकको एडमिन पासवर्ड राख्नुपर्ने हुन्छ।

राउटरको पछाडि पनि हुन्छ विकल्प

यदि कम्प्युटरबाट सम्भव नभएमा धेरैजसो राउटरको पछाडि भागमा ‘डिफल्ट’ पासवर्ड र युजरनेम लेखिएको हुन्छ। यदि तपाईँले आफैँ पासवर्ड परिवर्तन गर्नुभएको छैन भने त्यहीँबाट पनि जानकारी लिन सकिन्छ। तर, पासवर्ड परिवर्तन गरिसकेको अवस्थामा भने राउटरलाई ‘रिसेट’ गरेर नयाँ पासवर्ड सेट गर्नुपर्ने हुन्छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...