Tekmandu

५० लाख ‘बल्क एसएमएस’ प्रकरण: एनसेलद्वारा आफ्ना ग्राहक सुरक्षित रहेको दाबी

काठमाण्डौं − राजावादी प्रदर्शनको प्रचारका लागि एकै दिन ५० लाखभन्दा बढी मोबाइलमा पठाइएको ‘बल्क एसएमएस’ का कारण प्रयोगकर्ताको डेटा सुरक्षामाथि प्रश्न उठेपछि निजी क्षेत्रको दूरसञ्चार प्रदायक एनसेलले स्पष्टीकरण दिएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै उक्त अनधिकृत र राजनीतिक प्रकृतिका सन्देशहरू आफ्ना ग्राहकको मोबाइलसम्म नपुगेको दाबी गरेको हो।

यस घटनालाई गम्भीरतापूर्वक लिँदै एनसेलले आफ्नो भ्यालु एडेड सर्भिस (भ्यास) साझेदार कम्पनी आकाश टेक लाई सचेत गराएको छ। राजनीतिक स्वार्थका लागि दूरसञ्चार नेटवर्कको दुरुपयोग गर्ने प्रवृत्तिप्रति ‘जिरो टोलरेन्स’ को नीति लिइएको एनसेलको भनाइ छ।

डेटा सुरक्षामा अन्तर्राष्ट्रिय मापदण्ड एनसेलले आफू नेपालकै पहिलो आईएसओ (ISO 27001 र ISO 27701) प्रमाणित कम्पनी भएको स्मरण गराउँदै ग्राहकको व्यक्तिगत गोपनीयतामा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ। “हामीले प्राविधिक र सम्झौतागत रूपमै कडा सुरक्षा कवच तयार पारेका छौँ, जसका कारण हाम्रा प्रयोगकर्ताको डेटा कुनै पनि अनधिकृत समूहसँग साझा गरिँदैन,” विज्ञप्तिमा भनिएको छ।

नेपाल टेलिकम र एनसेलको फरक दाबी यही प्रकरणमा सरकारी स्वामित्वको नेपाल टेलिकम ले भने आफ्नो प्रणाली प्रयोग गर्ने सेवा प्रदायकबाट सर्तविपरीत राजनीतिक सन्देश गएको स्वीकार गरिसकेको छ। टेलिकमले गल्ती स्वीकार गरिरहँदा एनसेलले भने आफ्नो ‘फिल्टरिङ’ प्रणालीका कारण ग्राहक जोगिएको दाबी गरेको हो। बिना अनुमति लाखौँको इनबक्समा पुगेको यो सन्देशले डिजिटल सुरक्षा र चुनावी आचारसंहितामा नयाँ चुनौती थपेको छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...