Tekmandu

वर्ल्डलिंकलाई ‘ब्याक डेट’ मा लाइसेन्स दिएको भन्दै अख्तियारमा उजुरी, ७ महिनापछिको कानुन संशोधनमाथि प्रश्न

काठमाण्डौ — वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा गम्भीर नीतिगत भ्रष्टाचार र प्रक्रियागत त्रुटि भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको पाईएको छ । २५ वर्षे अवधि सकिएर राज्यको मातहतमा आउनुपर्ने सम्पत्तिलाई निजी कम्पनीकै स्वामित्वमा रहने गरी ‘ब्याक डेट’ मा निर्णय गरिएको मन्त्रालय स्रोतबाट प्राप्त उजुरीमा उल्लेख छ।

स्रोतका अनुसार उजुरीमा उठाइएका मुख्य बुँदाहरू:

१. अनुमतिपत्र बिना ८ महिना सेवा सञ्चालन: दूरसञ्चार ऐन, २०५३ को दफा २५ अनुसार वर्ल्डलिंकको लाइसेन्सको अवधि गत २०८० चैत १५ गते समाप्त भएको थियो। म्याद सकिएपछि उक्त पूर्वाधार र सेवा राज्यको स्वामित्वमा आउनुपर्नेमा सो नगरी करिब ८ महिनासम्म बिना लाइसेन्स गैरकानुनी रूपमा सेवा सञ्चालन गर्न दिइएको उजुरीकर्ताको आरोप छ।

२. पश्चागामी (Back dated) निर्णयको वैधानिकता: उजुरीमा उल्लेख भए अनुसार, म्याद सकिएको ७ महिनापछि अर्थात् २०८१ कात्तिक १२ गते मात्र ‘दूरसञ्चार (दशौँ संशोधन) नियमावली’ राजपत्रमा प्रकाशित गरिएको थियो। सोही नियमावलीको आधारमा प्राधिकरणले २०८१ मंसिर ७ गते मात्र लाइसेन्स नवीकरणको निर्णय गरेको भए पनि उक्त अनुमतिपत्रलाई २०८० चैत १६ गते देखि नै लागू हुने गरी ‘ब्याक-डेट’ बनाइएको छ। “कानुन नै नभएको रिक्त अवधिलाई पछि नियम संशोधन गरेर वैध बनाउनु र पछाडिको मितिबाट लाइसेन्स लागू गर्नु नीतिगत भ्रष्टाचार हो,” उजुरीमा भनिएको छ।

३. प्राधिकरण नेतृत्वको संलग्नता: नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले पदीय दुरुपयोग गरी म्याद सकिएको कम्पनीलाई कानुनी छिद्र प्रयोग गरेर संरक्षण दिएको उजुरीमा दाबी गरिएको छ। यस प्रक्रियाबाट राज्यलाई अर्बौँको लाइसेन्स शुल्क र स्वामित्वमा प्रत्यक्ष हानी पुगेको उल्लेख गर्दै दोषी पदाधिकारीमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गरिएको छ।

राज्यका अन्य निकायहरूलाई बोधार्थ: यो प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै उजुरीकर्ताले प्रधानमन्त्री कार्यालय, सञ्चार मन्त्रालय, महालेखा परीक्षकको कार्यालय र राजस्व अनुसन्धान विभागमा समेत बोधार्थ पेस गरेका छन्। महालेखा परीक्षकको कार्यालयलाई यस ‘ब्याक-डेट’ निर्णयबाट राज्यलाई भएको आर्थिक क्षतिबारे विशेष लेखापरीक्षण गर्न समेत ध्यानाकर्षण गराइएको पाईएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...