Tekmandu

एलन मस्कको अर्को महात्वाकांक्षी योजना, अन्तरिक्षमा १० लाख सोलार डेटा सेन्टर राख्ने तयारी

काठमाण्डौ — अन्तरिक्ष प्रविधिको दुनियाँमा एकपछि अर्को सनसनीपूर्ण काम गर्दै आएका एलन मस्कले अब पृथ्वी बाहिर ‘डेटा सेन्टर’ को विशाल साम्राज्य खडा गर्ने योजना अघि सारेका छन्। मस्कको कम्पनी स्पेसएक्स (SpaceX) ले अन्तरिक्षमा १० लाख सौर्य ऊर्जाबाट चल्ने डेटा सेन्टरहरू स्थापना गर्न अमेरिकी नियामक निकाय संघीय सञ्चार आयोग (FCC) सँग अनुमति मागेको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (AI) को बढ्दो माग र पृथ्वीमा यसका लागि आवश्यक पर्ने ऊर्जा संकटलाई समाधान गर्न मस्कले यो ‘आउट अफ द बक्स’ योजना ल्याएका हुन्।

किन अन्तरिक्षमै डेटा सेन्टर?

पृथ्वीमा रहेका ठूला डेटा सेन्टरहरूले अत्यधिक विद्युत खपत गर्ने र तिनलाई चिस्यान (Cooling) राख्न अर्बौँ लिटर पानी खर्च हुने भएकाले वातावरणमा नकारात्मक असर परिरहेको छ। स्पेसएक्सको दाबी अनुसार अन्तरिक्षमा डेटा सेन्टर राख्दा निम्न फाइदा हुनेछन्:

  • अक्षय सौर्य ऊर्जा: अन्तरिक्षमा वायुमण्डल नहुने र बादलले नछेक्ने हुँदा पृथ्वीको तुलनामा सौर्य ऊर्जा धेरै गुणा बढी र निरन्तर प्राप्त हुन्छ।
  • प्राकृतिक चिस्यान: अन्तरिक्षको अत्याधिक चिसो वातावरणले डेटा सेन्टरका मेसिनहरूलाई तात्न दिँदैन जसले गर्दा पृथ्वीमा जस्तो महँगो ‘कुलिङ सिस्टम’ आवश्यक पर्दैन।
  • एआईको लागि ‘पावर हाउस’: यी १० लाख सेटलाइटले अत्याधुनिक एआई मोडेलहरूलाई आवश्यक पर्ने विशाल ‘कम्प्युटिङ पावर’ प्रदान गर्नेछन्।

१० लाख सेटलाइट: कति सम्भव?

अहिले पृथ्वीको तल्लो कक्ष (LEO) मा करिब १५ हजार मात्र सक्रिय सेटलाइटहरू छन् जसमध्ये झण्डै ९ हजार त स्पेसएक्सकै ‘स्टारलिंक’ का हुन्। यस्तो अवस्थामा १० लाख थप सेटलाइट पठाउने कुराले अन्तरिक्षमा ‘ट्राफिक’ र ‘कचरा’ (Space Debris) बढ्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

यो संख्या सुन्दा असम्भव जस्तो लागे पनि मस्कले ‘स्टारशिप’ (Starship) रकेटको सहयोगमा यसलाई सम्भव बनाउन खोज्दैछन्। स्टारशिपले एकैपटक ठूलो संख्यामा पेलोड अन्तरिक्षमा पुर्‍याउन सक्छ। यद्यपि १० लाखको संख्यालाई नियामक निकायले ‘बार्गेनिङ’ का लागि राखिएको रणनीतिक संख्याका रूपमा समेत हेरेका छन्।

मानव सभ्यताको नयाँ चरण: कार्दाशेभ टाइप-II तर्फ

स्पेसएक्सले आफ्नो निवेदनमा यो योजनालाई ‘कार्दाशेभ टाइप-II’ (Kardashev Type-II) सभ्यता तर्फको पहिलो कदम भनेको छ। यो यस्तो सभ्यता हो जसले आफ्नो सूर्यबाट प्राप्त हुने सम्पूर्ण ऊर्जालाई पूर्ण रूपमा उपयोग गर्न सक्छ। मस्कले आगामी २ देखि ३ वर्षभित्रै यो प्रविधिको सफल परीक्षण हुने दाबी गरेका छन्।

यसअघि मस्ककै कम्पनी xAI र टेस्ला (Tesla) बीचको सम्भावित मर्जर र त्यसलाई चाहिने कम्प्युटिङ पावरका लागि पनि यो ‘स्पेस क्लाउड’ नेटवर्क कोशेढुङ्गा सावित हुने देखिएको छ। यदि यो योजना सफल भएमा भविष्यमा इन्टरनेट मात्र होइन ठूला ठूला सफ्टवेयर र एआई सिस्टमहरू पनि पृथ्वीबाट नभई सिधै अन्तरिक्षबाट चल्नेछन्।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...