Tekmandu

नेपाल टेलिकममा नयाँ नेतृत्वको रस्साकस्सी: वरिष्ठता मिचेर रिना डंगोललाई निमित्त दिने तयारी

काठमाण्डौ — सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा नयाँ नेतृत्व चयनका लागि दौडधुप सुरु भएको छ । वर्तमान निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानको कार्यकाल आज (माघ २१ गते) सकिन लागेसँगै सरकारले नयाँ निमित्त प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।

सम्भवतः आज बेलुकासम्म मन्त्रालयले टेलिकममा नयाँ निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोक्नेछ ।

वरिष्ठता मिच्ने खेल

नयाँ निमित्त चयनमा टेलिकमभित्र वरिष्ठता मिच्ने खेल सुरु भएको स्रोतको दाबी छ । नियमानुसार वरिष्ठताको आधारमा वित्त प्रमुख राजेन्द्र प्रसाद अर्यालले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाउनुपर्ने हो । अर्याल हाल संस्थानको रोलक्रममा सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।

तर सरकारले अर्याललाई पन्छाएर दोस्रो नम्बरमा रहेकी प्राविधिक प्रमुख रिना डंगोललाई जिम्मेवारी सुम्पिने तयारी गरेको बुझिएको छ । “वरिष्ठतालाई आधार मान्ने हो भने राजेन्द्र अर्याल निर्विकल्प हुनुहुन्छ, तर राजनीतिक समीकरण र शक्ति केन्द्रको दबाबका कारण दोस्रो नम्बरका व्यक्तिलाई अघि सार्ने गृहकार्य भइरहेको छ,” स्रोतले भन्यो ।

शक्ति केन्द्रको दबाबमा डंगोल !

टेलिकम स्रोतका अनुसार डंगोललाई निमित्त प्रबन्ध निर्देशक बनाउन विभिन्न शक्ति केन्द्रहरू सक्रिय भएका छन् । बालुवाटार र सञ्चार मन्त्रालयका उच्च अधिकारीहरूसँगको निकटताका कारण डंगोल नै सिफारिस हुने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ ।

पछिल्लो समय नेपाल टेलिकममा नियमित प्रबन्ध निर्देशक (एमडी) नियुक्तिको प्रक्रिया समेत विवादमा पर्दै आएको छ । यस्तो अवस्थामा निमित्त चयनमा पनि वरिष्ठता मिचिएमा संस्थाभित्र कर्मचारीहरूबीच असन्तुष्टि बढ्न सक्ने देखिएको छ ।

सरकारले आजै निर्णय गरेमा भोलिदेखि नयाँ निमित्त प्रबन्ध निर्देशकले कार्यभार सम्हाल्नेछन् ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...