Tekmandu

फायरफक्समा अब ‘एआई’ मुक्त ब्राउजिङको सुविधा, प्रयोगकर्तालाई सबै एआई फिचर एकै क्लिकमा बन्द गर्ने अधिकार

काठमाण्डौ — वेब ब्राउजर ‘फायरफक्स’ को निर्माता कम्पनी मोजिला (Mozilla) ले प्रयोगकर्ताको गोपनीयता र चाहनालाई मध्यनजर गर्दै आफ्नो ब्राउजरमा रहेका सबै आर्टिफिसियल इन्टेलिजेन्स (AI) फिचरहरू एकैपटक बन्द गर्न सकिने नयाँ सुविधा ल्याएको छ। एआईको बढ्दो दबाब र प्रयोगकर्ताको ‘ब्याकल्यास’ पछि मोजिलाले यो महत्वपूर्ण निर्णय लिएको हो।

फेब्रुअरी २४ मा सार्वजनिक हुने फायरफक्सको नयाँ संस्करण ‘भर्सन १४८’ मा प्रयोगकर्ताले एउटा ‘किल स्विच’ (Kill Switch) पाउनेछन्, जसको मद्दतले ब्राउजरभित्रका सबै एआई सुविधाहरूलाई पूर्ण रूपमा निस्तेज पार्न सकिनेछ।

प्रयोगकर्ताको चाहनालाई सम्मान

मोजिलाका अनुसार धेरै प्रयोगकर्ताहरूले आफ्नो ब्राउजिङ अनुभवमा एआईको अनावश्यक हस्तक्षेप नचाहेको प्रतिक्रिया दिएपछि यो ‘अफ स्विच’ ल्याइएको हो। “हामीले धेरै प्रयोगकर्ताबाट एआईसँग केही सरोकार राख्न नचाहेको गुनासो सुन्यौँ,” फायरफक्सका प्रमुख अजित वर्माले भने “प्रयोगकर्तालाई नियन्त्रण र छनोटको अधिकार दिनु नै हाम्रो मुख्य उद्देश्य हो।”

के-के सुविधाहरू बन्द हुनेछन्?

फायरफक्सको सेटिङमा थपिने नयाँ ‘एआई कन्ट्रोल’ (AI Controls) सेक्सनमा गएर प्रयोगकर्ताले ‘ब्लक एआई इन्ह्यान्समेन्ट’ (Block AI enhancements) बटन अन गरेपछि निम्न सुविधाहरू स्वतः बन्द हुनेछन्:

  • एआई अनुवाद (Translations): विभिन्न भाषाका पेजहरू स्वचालित रूपमा अनुवाद गर्ने फिचर।
  • पीडीएफमा एआई डिस्क्रिप्सन: पीडीएफ फाइलभित्रका तस्बिरहरूलाई एआईले व्याख्या गर्ने सुविधा।
  • एआई ट्याब ग्रुपिङ: उस्तै प्रकृतिका ट्याबहरूलाई एआईले आफैँ समूह बनाउने फिचर।
  • लिंक प्रिभ्यू: कुनै लिंक खोल्नुअघि नै त्यसको मुख्य अंश एआईले देखाउने सुविधा।
  • साइडबार च्याटबोट: च्याटजीपीटी (ChatGPT), क्लाउड (Claude) वा जेमिनाइ (Gemini) जस्ता च्याटबोटको पहुँच।

पप-अप’ सूचनाबाट मुक्ति

यो फिचरको सबैभन्दा ठूलो फाइदा भनेको अब प्रयोगकर्ताले एआई प्रयोग गर्नका लागि बारम्बार आउने ‘पप-अप’ वा ‘रिमाइन्डर’ हरू खेप्नु पर्ने छैन। एकपटक एआई ब्लक गरेपछि भविष्यमा थपिने नयाँ एआई फिचरहरू पनि स्वतः बन्द रहनेछन्। यद्यपि जो प्रयोगकर्ता एआई प्रयोग गर्न चाहन्छन्, उनीहरूले आफ्नो रुचि अनुसारका केही फिचर मात्र खुला राख्न सक्ने विकल्प पनि दिइएको छ।

प्रविधि बजारमा मोजिलाको फरक बाटो

गूगल क्रोम र माइक्रोसफ्ट एज जस्ता ब्राउजरहरूले जबरजस्ती एआई फिचरहरू थपिरहेको बेला मोजिलाले प्रयोगकर्तालाई ‘बन्द गर्ने अधिकार’ दिएर फरक पहिचान बनाएको छ। यसलाई साइबर सुरक्षा विज्ञहरूले प्रयोगकर्ताको गोपनीयता र ‘डिजिटल एजेन्सी’ को पक्षमा एउटा ठूलो कदमका रूपमा लिएका छन्।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...