Tekmandu

एआईको दुनियाँमा गुगलको ठूलो फड्को, ‘जेमिनाई’ का प्रयोगकर्ता ७५ करोड नाघे

काठमाण्डौ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रतिस्पर्धाका बीच प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले ठूलो सफलता हात पारेको छ । गुगलको एआई च्याटबोट ‘जेमिनाई’ (Gemini) प्रयोग गर्ने सक्रिय प्रयोगकर्ताको सङ्ख्या मासिक ७५ करोड नाघेको छ ।

गुगलको मातृ कम्पनी ‘अल्फाबेट’ ले सार्वजनिक गरेको सन् २०२५ को अन्तिम त्रैमासिक प्रतिवेदन अनुसार जेमिनाईको लोकप्रियतामा तीव्र वृद्धि देखिएको छ । पछिल्लो तीन महिनामा मात्रै जेमिनाईमा १० करोड नयाँ प्रयोगकर्ता थपिएका हुन् ।

जेमिनाई–३ को कमाल

गुगलका मुख्य कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले एआईमा गरिएको लगानीले अहिले प्रतिफल दिन थालेको बताएका छन् । पिचाइका अनुसार डिसेम्बरमा सार्वजनिक गरिएको ‘जेमिनाई–३’ मोडल यो वृद्धिको मुख्य कारक हो । यो नयाँ भर्सन पहिलेको तुलनामा अझ बढी तार्किक र मानिसले जस्तै प्राकृतिक रूपमा कुराकानी गर्न सक्षम भएकाले प्रयोगकर्ताको आकर्षण बढेको गुगलको दाबी छ ।

“हामीले एआईलाई गुगलका सबै उत्पादनको केन्द्रमा राखेका छौँ,” पिचाइले भने, “यसले गर्दा राजस्व र प्रयोगकर्ता दुवै क्षेत्रमा उत्साहजनक नतिजा प्राप्त भएको छ ।”

च्याटजीपीटीसँगको दूरी छोटिँदै

गुगलको यो तथ्याङ्कले एआई बजारको अग्रणी मानिएको ओपनएआईको ‘च्याटजीपीटी’ लाई कडा चुनौती दिएको छ । हाल च्याटजीपीटीका करिब ८१ करोड मासिक प्रयोगकर्ता छन् । गुगल अब च्याटजीपीटीको निकै नजिक पुगेको छ । मेटाको ‘मेटा एआई’ भने ५० करोड प्रयोगकर्ताका साथ तेस्रो स्थानमा छ ।

किन बढिरहेका छन् प्रयोगकर्ता ?

प्रविधि विज्ञहरूका अनुसार गुगलले आफ्ना लोकप्रिय सेवाहरू जस्तै जीमेल, गुगल डक्स र एन्ड्रोइड स्मार्टफोनमा जेमिनाईलाई सिधै जोडेकाले (इन्टिग्रेशन) प्रयोगकर्ताको सङ्ख्या ह्वात्तै बढेको हो । यसका साथै गुगलले हालै ल्याएको सस्तो प्रिमियम योजनाहरूले पनि प्रयोगकर्ता तान्न मद्दत पुर्‍याएको विश्लेषण गरिएको छ ।

गुगलले अब जेमिनाईलाई केवल च्याटबोटमा मात्र सीमित नराखी ‘एआई एजेन्ट’ को रूपमा विकास गर्ने तयारी गरेको छ । यसअन्तर्गत एआईले प्रयोगकर्ताको तर्फबाट आफैँ खाना अर्डर गर्ने, ट्याक्सी बुक गर्ने वा इमेलको उत्तर दिने जस्ता कामहरू गर्नेछ ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...