Tekmandu

नेपाल टेलिकमको कमान्ड रीना डंगोललाई, वरिष्ठता मिचेर सरकारले सुम्पियो निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी

काठमाण्डौ — सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले नयाँ नेतृत्व पाएको छ। सरकारले कम्पनीकी नायव प्रबन्ध निर्देशक रीना डंगोललाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सुम्पिएको हो।

प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट डंगोललाई सो पदमा नियुक्त गरिएको हो। वर्तमान निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानको कार्यकाल सकिएसँगै रिक्त स्थानमा डंगोललाई ल्याइएको हो।

वरिष्ठतामाथि ‘ब्रेक’: राजेन्द्र अर्याल पन्छाइए

नयाँ नेतृत्व चयनमा सरकारले वरिष्ठताको स्थापित परम्परालाई भने मिचेको छ। टेलिकमको नियमानुसार हालको रोलक्रममा सबैभन्दा वरिष्ठ अधिकारी वित्त प्रमुख राजेन्द्र प्रसाद अर्याल हुन्। वरिष्ठतालाई आधार मान्दा अर्यालले नै निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाउनुपर्ने थियो।

तर सरकारले पहिलो नम्बरमा रहेका अर्याललाई पन्छाउँदै दोस्रो नम्बरकी प्राविधिक प्रमुख डंगोललाई जिम्मेवारी सुम्पिएको छ। डंगोललाई यस पदमा पुर्‍याउन विभिन्न शक्ति केन्द्रहरूको दबाब र प्रभावले काम गरेको टेलिकम वृत्तमा चर्चा छ।

‘राष्ट्रहित र ग्राहक सेवा मेरो प्राथमिकता’

निमित्त प्रबन्ध निर्देशकको कार्यभार सम्हाल्दै डंगोलले सरकारले आफूमाथि भरोसा गरेकोमा आभार व्यक्त गरेकी छन्। पदभार ग्रहणका क्रममा उनले संस्थाको श्रीवृद्धि र सेवाग्राहीको सन्तुष्टिलाई नै आफ्नो मूल मन्त्र बनाउने बताइन्।

“सरकारले मप्रति जुन विश्वास देखाएको छ, त्यसलाई म कदर गर्दछु,” डंगोलले भनिन्, “अबको मेरो सम्पूर्ण ध्यान ग्राहकको अपेक्षा पूरा गर्न र राष्ट्रको हितलाई केन्द्रमा राखेर टेलिकमलाई थप सुदृढ बनाउन केन्द्रित हुनेछ।” उनले कम्पनीलाई प्रविधिमैत्री र आर्थिक रूपमा बलियो बनाउँदै प्रतिस्पर्धात्मक बजारमा अग्रणी स्थानमा राख्ने प्रतिबद्धता समेत जनाइन्।

तीन दशकको अनुभव, इन्जिनियरदेखि नेतृत्वसम्म

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोल दूरसञ्चार क्षेत्रको प्राविधिक र प्रशासनिक पक्षमा अनुभवी मानिन्छिन्। बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक (बीई) गरेकी डंगोलको टेलिकममा तीन दशक लामो यात्रा छ:

  • सेवा प्रवेश: २०५१ जेठ १ गते इन्जिनियर पदबाट अस्थायी सेवा सुरु।
  • स्थायी नियुक्ति: २०५२ जेठ ९ गतेदेखि स्थायी रूपमा आबद्ध।
  • अनुभव: यसअघि उनले प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौंको निर्देशकका साथै वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको नेतृत्व सम्हालिसकेकी छन्।
  • हालको भूमिका: २०८० जेठ ३२ गते नायव प्रबन्ध निर्देशक बनेकी डंगोल यो जिम्मेवारी पाउनुअघि कम्पनीको प्रमुख प्राविधिक अधिकृत (CTO) थिइन्।

टेलिकमको नेतृत्व रिक्त रहेको अवस्थामा मन्त्रालयले डंगोललाई जिम्मेवारी दिएसँगै कम्पनीका रोकिएका रणनीतिक कामहरू अघि बढाउनुपर्ने मुख्य चुनौती उनको काँधमा आएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...