Tekmandu

बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै टर्की, रातको समयमा इन्टरनेट चलाउन नपाइने

काठमाण्डौ — बालबालिका र किशोरकिशोरीलाई सामाजिक सञ्जालको लतबाट जोगाउन टर्कीले कडा कानुन ल्याउने तयारी गरेको छ। विश्वभर बालबालिकाका लागि सामाजिक सञ्जाल निषेध गर्ने लहर चलिरहेका बेला टर्कीको संसदले यसै साता एक प्रतिवेदन सार्वजनिक गर्दै उमेर प्रमाणीकरण र ‘कन्टेन्ट फिल्टरिङ’ सहितका कडा उपायहरू अपनाउन सिफारिस गरेको हो।

राष्ट्रपति तैयप एर्दोगानको सत्तारुढ एके पार्टीले छिट्टै यस सम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। टर्कीकी परिवार तथा सामाजिक सेवा मन्त्री माहिनुर ओज्देमिर गोक्तासका अनुसार प्रस्तावित कानुनमा नाबालिगहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध र सेवा प्रदायकहरूले अनिवार्य रूपमा हानिकारक सामग्री फिल्टर गर्ने प्रणाली जडान गर्नुपर्ने प्रावधान रहनेछ।

१६ वर्षमुनिकालाई प्रतिबन्ध, १८ सम्म फिल्टरिङ

संसदीय समितिको प्रतिवेदनले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाउन सुझाव दिएको छ। त्यस्तै १८ वर्षसम्मका किशोरकिशोरीका लागि सामाजिक सञ्जालमा अनिवार्य ‘कन्टेन्ट फिल्टर’ हुनुपर्ने र उनीहरूले प्रयोग गर्ने उपकरणहरूमा रातको समयमा इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरिएको छ।

“हामीले हाम्रा छोराछोरीलाई नैतिक पतनबाट जोगाउनु पर्छ,” एकेपीका वरिष्ठ सांसद हारुन मेर्तोग्लुले भने, “हाम्रो लक्ष्य बालबालिकालाई डिजिटल लतसहित सबै प्रकारका दुर्व्यसनबाट बचाउनु हो।”

आर्टिफिसियल इन्टेलिजेन्स (AI) बाट निगरानी

नयाँ व्यवस्था अनुसार बालबालिकाले खेल्ने भिडियो गेम र एआई (AI) जडान गरिएका खेलौनाहरूको समेत निगरानी गरिनेछ। यदि कुनै सामग्री हानिकारक देखिएमा कुनै पूर्व सूचना बिना नै त्यसलाई हटाउन सकिने अधिकार सरकारलाई दिने तयारी गरिएको छ। टर्कीका अभिभावकहरूले पनि सरकारको यस कदमको स्वागत गरेका छन्। १० वर्षीय छोराकी आमा बेल्मा केसेयोग्लु भन्छिन्, “अहिलेका बालबालिका सामाजिक सञ्जालका अम्मली जस्तै भएका छन्, हानिकारक सामग्रीले अवस्था झन् खराब बनाउँदैछ।”

विश्वभर बढ्दो प्रतिबन्धको लहर

अस्ट्रेलिया गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई टिकटक, युट्युब, इन्स्टाग्राम र फेसबुक जस्ता प्लेटफर्ममा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो। टर्कीबाहेक स्पेन, ग्रीस र स्लोभेनियाले पनि १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल निषेध गर्ने तयारी गरिरहेका छन् भने फ्रान्स, बेलायत र जर्मनीमा पनि यस्तै खालका प्रतिबन्धका बारेमा छलफल भइरहेको छ।

सामाजिक सञ्जालमाथि टर्कीको कडा पकड

टर्कीले यसअघि नै सामाजिक सञ्जालमाथि कडा निगरानी राख्दै आएको छ। सन् २०२४ को अन्त्यसम्ममा टर्कीले करिब १२ लाख वेबपेज र पोस्टहरूमाथि प्रतिबन्ध लगाइसकेको छ। टर्कीमा रोबलोक्स (Roblox), डिस्कोर्ड (Discord) र वाटप्याड (Wattpad) जस्ता चर्चित प्लेटफर्महरूमाथि यसअघि नै प्रतिबन्ध लागिसकेको छ।

नयाँ नियम पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई उनीहरूको विश्वव्यापी राजस्वको ३ प्रतिशतसम्म जरिवाना, विज्ञापनमा रोक र इन्टरनेट ब्यान्डविथ कटौती गर्ने चेतावनी दिइएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...