Tekmandu

युट्युब म्युजिकमा अब सित्तैमा गीतको ‘लिरिक्स’ पढ्न नपाइने

काठमाण्डौ — विश्वकै ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो संगीत सेवा ‘युट्युब म्युजिक’ (YouTube Music) मा निःशुल्क प्रयोगकर्ताहरूका लागि कडाइ गर्न सुरु गरेको छ। कम्पनीले सन् २०२० देखि सित्तैमा उपलब्ध गराउँदै आएको गीतका शब्दहरू (Lyrics) हेर्ने सुविधालाई अब ‘पे-वाल’ भित्र राख्दै सशुल्क बनाउने तयारी गरेको हो।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र प्रयोगकर्ताहरूका अनुसार अब युट्युब म्युजिकको फ्री भर्सन प्रयोग गर्नेहरूले दिनमा ५ वटा गीतको मात्र पूर्ण लिरिक्स हेर्न पाउनेछन्। त्यसपछि लिरिक्स सेक्सनमा “लिरिक्सका लागि प्रिमियम लिनुहोस्” भन्ने सन्देश देखिनेछ र गीतका केही हरफपछि बाँकी शब्दहरू ‘ब्लर’ (धमिलो) हुनेछन्।

किन ल्याइयो यस्तो प्रतिबन्ध?

गुगलले यो फिचरको परीक्षण गत सेप्टेम्बरदेखि नै केही सीमित प्रयोगकर्तामाझ गरिरहेको थियो। ‘म्युजिकम्याच’ (Musixmatch) जस्ता लिरिक्स उपलब्ध गराउने एग्रिगेटर कम्पनीहरूलाई तिर्नुपर्ने रोयल्टी खर्च उठाउन युट्युबले यस्तो कदम चालेको अनुमान गरिएको छ।

यसअघि सन् २०२४ मा अर्को चर्चित म्युजिक एप ‘स्पोटिफाइ’ ले पनि यस्तै प्रतिबन्ध लगाएको थियो। तर चौतर्फी विरोध र प्रयोगकर्ताको असन्तुष्टि पछि स्पोटिफाइले फ्री प्रयोगकर्ताका लागि पुन लिरिक्स खुल्ला गर्न बाध्य भएको थियो।

प्रिमियमतर्फ धकेल्ने रणनीति

हाल युट्युब म्युजिकको प्रिमियम सदस्यताका लागि अमेरिकामा मासिक १०.९९ डलर शुल्क लाग्छ। नेपालमा पनि युट्युबले केही समयअघि मात्रै प्रिमियम सेवा आधिकारिक रूपमा सुरु गरेको छ। विज्ञापनरहित संगीत, अफलाइन डाउनलोड र एआई फिचरहरूका लागि प्रिमियम प्याकेज अनिवार्य गरिँदै आएकोमा अब लिरिक्सलाई पनि सोही प्याकेजमा समेट्न खोजिएको हो।

गुगलले यसबारे औपचारिक पुष्टि नगरे पनि अहिले यो फिचर विश्वका धेरै देशहरूमा ‘रोलआउट’ भइरहेको देखिएको छ। एप्पल म्युजिक र अमेजन म्युजिक जस्ता प्रतिस्पर्धीसँगको दौडमा युट्युबले आफ्ना निःशुल्क सेवाहरूमा कटौती गर्दै राजस्व बढाउने रणनीति लिएको देखिन्छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...