Tekmandu

अब एआईले नियन्त्रण गर्नेछ मोबाइल टावर, के हो गिगा–माइमो र यसले कसरी बढाउँछ इन्टरनेटको गति ?

काठमाण्डौ — ५जी इन्टरनेटको विस्तारसँगै विश्व सञ्चार बजारमा अब ‘५जी–एड्भान्स्ड’ र ‘६जी’ को तयारी सुरु भएको छ । यसै सन्दर्भमा अहिले सबैभन्दा बढी चर्चामा रहेको प्रविधि हो गिगा–माइमो (Giga-MIMO) । हाल प्रयोगमा रहेको ‘म्यासिभ माइमो’ प्रविधिलाई अर्को उचाइमा पुर्‍याउन यो नयाँ अवधारणा ल्याइएको हो, जसले इन्टरनेटको गति र नेटवर्कको विश्वसनीयतामा नयाँ क्रान्ति ल्याउने दाबी गरिएको छ ।

चिनियाँ प्रविधि कम्पनी जेडटीई (ZTE) सहितका प्रमुख भेन्डरहरूले यसलाई ६जी पूर्वको युगका लागि सबैभन्दा उपयुक्त ‘अपग्रेड’ का रूपमा अघि सारेका छन् ।

के हो गिगा–माइमो ?

साधारण भाषामा भन्दा यो धेरै स साना एन्टेनाहरूको एउटा विशाल र शक्तिशाली सञ्जाल हो । अहिले नोकिया, एरिक्सन र एनईसी जस्ता कम्पनीहरूले १२८ देखि २५६ वटा एन्टेना तत्व (Antenna Elements) भएका ‘म्यासिभ माइमो’ प्रयोगमा ल्याइसकेका छन् । तर गिगा–माइमोले यो संख्यालाई निकै ठूलो स्तरमा विस्तार गर्छ ।

मोबाइल विज्ञका अनुसार गिगा–माइमो केवल धेरै एन्टेनाको झुप्पा मात्र होइन यो आर्टिफिसियल इन्टेलिजेन्स (AI) र मेसिन लर्निङ (ML) द्वारा नियन्त्रित एउटा ‘स्मार्ट’ एन्टेना प्रणाली हो ।

एआई र एन्टेनाको नयाँ ‘केमेस्ट्री’

गिगा–माइमोको मुख्य विशेषता भनेकै यसमा एआईको प्रयोग हुनु हो । यसले रेडियो स्पेक्ट्रमको क्षमतालाई अधिकतम उपयोग गर्न एआईको सहयोग लिन्छ जसले इन्टरनेटको सिग्नललाई अझै सटिक र शक्तिशाली बनाउँछ ।

विज्ञका अनुसार आगामी ५ वर्षभित्र एआईको मद्दतले विभिन्न टावरहरूबीच ‘बिम’ (सिग्नल) को समन्वय गरी इन्टरनेटको पहुँचमा सुधार ल्याइनेछ । जेडटीईका अनुसार यस प्रविधिले विभिन्न सेल साइटहरूबीच पिकोसेकेन्ड (सेकेन्डको अर्बौँ भाग) को स्तरमा समन्वय गर्न सक्छ जसले नेटवर्कमा हुने अवरोध हटाउन मद्दत गर्छ ।

६जी को नयाँ मापदण्ड बन्ने सम्भावना

विश्लेषकहरूका अनुसार गिगा–माइमो आगामी ६जी मापदण्डको महत्वपूर्ण हिस्सा बन्न सक्छ । यो प्रविधिले अल्ट्रा लार्ज स्केल एन्टेना र एआईलाई एउटै प्रणालीमा जोड्ने हुनाले यसलाई ६जी को मेरुदण्ड मानिएको छ । आगामी तीन वर्षभित्र हुने अन्तर्राष्ट्रिय सम्मेलनहरूले यसलाई आधिकारिक मापदण्डका रूपमा स्वीकार गर्ने सम्भावना प्रबल छ ।

टेलिकम कम्पनीहरूको चिन्ता, खर्च र जटिलता

प्रविधि जति नै आकर्षक भए पनि दूरसञ्चार सेवा प्रदायक (Telcos) हरू भने यसको खर्चलाई लिएर सशंकित छन् । ६जी को विस्तारलाई सकेसम्म सस्तो र सजिलो बनाउन चाहने कम्पनीहरूका लागि हार्डवेयरमा गर्नुपर्ने यस्तो ठूलो फेरबदल महँगो पर्न सक्छ ।

धेरैजसो टेलिकम कम्पनीहरू ५जी को विद्यमान संरचना (Standalone Core) मै ६जी चलाउन चाहन्छन् । त्यसैले गिगा–माइमो जस्ता जटिल हार्डवेयर परिवर्तनहरू सुरुवाती चरणमा नयाँ फ्रिक्वेन्सी ब्यान्डहरूमा मात्र लागू हुन सक्ने विज्ञहरूको अनुमान छ ।

गिगा–माइमोले मोबाइल नेटवर्कको क्षमतालाई अहिलेको तुलनामा कैयौँ गुणा बढाउने अपेक्षा गरिएको छ । ह्वावे, जेडटीई र एरिक्सन जस्ता कम्पनीहरूले यसको परीक्षणलाई तीव्रता दिएका छन् । नेपाल जस्तो भौगोलिक बनावट भएको देशमा जहाँ एउटै टावरबाट धेरै प्रयोगकर्तालाई गुणस्तरीय सेवा दिनुपर्ने चुनौती छ त्यहाँ भविष्यमा यो ‘बिमफर्मिङ’ र एआईयुक्त प्रविधि निकै फलदायी हुन सक्छ ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...