Tekmandu

अब एआईले नियन्त्रण गर्नेछ मोबाइल टावर, के हो गिगा–माइमो र यसले कसरी बढाउँछ इन्टरनेटको गति ?

काठमाण्डौ — ५जी इन्टरनेटको विस्तारसँगै विश्व सञ्चार बजारमा अब ‘५जी–एड्भान्स्ड’ र ‘६जी’ को तयारी सुरु भएको छ । यसै सन्दर्भमा अहिले सबैभन्दा बढी चर्चामा रहेको प्रविधि हो गिगा–माइमो (Giga-MIMO) । हाल प्रयोगमा रहेको ‘म्यासिभ माइमो’ प्रविधिलाई अर्को उचाइमा पुर्‍याउन यो नयाँ अवधारणा ल्याइएको हो, जसले इन्टरनेटको गति र नेटवर्कको विश्वसनीयतामा नयाँ क्रान्ति ल्याउने दाबी गरिएको छ ।

चिनियाँ प्रविधि कम्पनी जेडटीई (ZTE) सहितका प्रमुख भेन्डरहरूले यसलाई ६जी पूर्वको युगका लागि सबैभन्दा उपयुक्त ‘अपग्रेड’ का रूपमा अघि सारेका छन् ।

के हो गिगा–माइमो ?

साधारण भाषामा भन्दा यो धेरै स साना एन्टेनाहरूको एउटा विशाल र शक्तिशाली सञ्जाल हो । अहिले नोकिया, एरिक्सन र एनईसी जस्ता कम्पनीहरूले १२८ देखि २५६ वटा एन्टेना तत्व (Antenna Elements) भएका ‘म्यासिभ माइमो’ प्रयोगमा ल्याइसकेका छन् । तर गिगा–माइमोले यो संख्यालाई निकै ठूलो स्तरमा विस्तार गर्छ ।

मोबाइल विज्ञका अनुसार गिगा–माइमो केवल धेरै एन्टेनाको झुप्पा मात्र होइन यो आर्टिफिसियल इन्टेलिजेन्स (AI) र मेसिन लर्निङ (ML) द्वारा नियन्त्रित एउटा ‘स्मार्ट’ एन्टेना प्रणाली हो ।

एआई एन्टेनाको नयाँ ‘केमेस्ट्री’

गिगा–माइमोको मुख्य विशेषता भनेकै यसमा एआईको प्रयोग हुनु हो । यसले रेडियो स्पेक्ट्रमको क्षमतालाई अधिकतम उपयोग गर्न एआईको सहयोग लिन्छ जसले इन्टरनेटको सिग्नललाई अझै सटिक र शक्तिशाली बनाउँछ ।

विज्ञका अनुसार आगामी ५ वर्षभित्र एआईको मद्दतले विभिन्न टावरहरूबीच ‘बिम’ (सिग्नल) को समन्वय गरी इन्टरनेटको पहुँचमा सुधार ल्याइनेछ । जेडटीईका अनुसार यस प्रविधिले विभिन्न सेल साइटहरूबीच पिकोसेकेन्ड (सेकेन्डको अर्बौँ भाग) को स्तरमा समन्वय गर्न सक्छ जसले नेटवर्कमा हुने अवरोध हटाउन मद्दत गर्छ ।

६जी को नयाँ मापदण्ड बन्ने सम्भावना

विश्लेषकहरूका अनुसार गिगा–माइमो आगामी ६जी मापदण्डको महत्वपूर्ण हिस्सा बन्न सक्छ । यो प्रविधिले अल्ट्रा लार्ज स्केल एन्टेना र एआईलाई एउटै प्रणालीमा जोड्ने हुनाले यसलाई ६जी को मेरुदण्ड मानिएको छ । आगामी तीन वर्षभित्र हुने अन्तर्राष्ट्रिय सम्मेलनहरूले यसलाई आधिकारिक मापदण्डका रूपमा स्वीकार गर्ने सम्भावना प्रबल छ ।

टेलिकम कम्पनीहरूको चिन्ता, खर्च जटिलता

प्रविधि जति नै आकर्षक भए पनि दूरसञ्चार सेवा प्रदायक (Telcos) हरू भने यसको खर्चलाई लिएर सशंकित छन् । ६जी को विस्तारलाई सकेसम्म सस्तो र सजिलो बनाउन चाहने कम्पनीहरूका लागि हार्डवेयरमा गर्नुपर्ने यस्तो ठूलो फेरबदल महँगो पर्न सक्छ ।

धेरैजसो टेलिकम कम्पनीहरू ५जी को विद्यमान संरचना (Standalone Core) मै ६जी चलाउन चाहन्छन् । त्यसैले गिगा–माइमो जस्ता जटिल हार्डवेयर परिवर्तनहरू सुरुवाती चरणमा नयाँ फ्रिक्वेन्सी ब्यान्डहरूमा मात्र लागू हुन सक्ने विज्ञहरूको अनुमान छ ।

गिगा–माइमोले मोबाइल नेटवर्कको क्षमतालाई अहिलेको तुलनामा कैयौँ गुणा बढाउने अपेक्षा गरिएको छ । ह्वावे, जेडटीई र एरिक्सन जस्ता कम्पनीहरूले यसको परीक्षणलाई तीव्रता दिएका छन् । नेपाल जस्तो भौगोलिक बनावट भएको देशमा जहाँ एउटै टावरबाट धेरै प्रयोगकर्तालाई गुणस्तरीय सेवा दिनुपर्ने चुनौती छ त्यहाँ भविष्यमा यो ‘बिमफर्मिङ’ र एआईयुक्त प्रविधि निकै फलदायी हुन सक्छ ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...