Tekmandu

अब ‘फिजिकल एआई’ को युग, सफ्टवेयरबाट बाहिर निस्केर भौतिक संसारमा आउँदै आर्टिफिसियल इन्टेलिजेन्स

काठमाण्डौ — अहिलेसम्म हामीले च्याटबोट वा मोबाइलका एपहरूमा मात्र सीमित देखेको आर्टिफिसियल इन्टेलिजेन्स (AI) अब भौतिक स्वरूपमा हाम्रो वरपरका वस्तुहरूसँग अन्तरक्रिया गर्न तयार भएको छ । प्रविधि जगतमा अहिले ‘फिजिकल एआई’ (Physical AI) को नयाँ लहर सुरु भएको छ जसले रोबोट, गाडी र मेसिनहरूलाई केवल ‘कमान्ड’ मान्ने यन्त्रबाट ‘वातावरण बुझेर निर्णय लिन सक्ने’ चलाख एजेन्टमा बदल्दैछ ।

यसै सन्दर्भमा विश्वप्रसिद्ध प्रविधि कम्पनी सिनोप्सिस (Synopsys) ले फिजिकल एआई र ‘एजेन्ट इन्जिनियर्स’ को अवधारणालाई व्यापक बनाउने घोषणा गरेको छ । नयाँ दिल्लीमा हुन लागेको ‘एआई इन्डिया समिट’ अगाडि कम्पनीले आफ्नो रणनीति सार्वजनिक गर्दै यो प्रविधिले औद्योगिक क्षेत्रमा ठूलो क्रान्ति ल्याउने दाबी गरेको हो ।

के हो ‘फिजिकल एआई’ ?

यो प्रविधि च्याटजीपीटी जस्ता भाषामा आधारित एआईभन्दा धेरै फरक र उन्नत छ । यसले भौतिक संसारको नियम र भौतिकशास्त्र (Physics) बुझ्ने क्षमता राख्छ । सिनोप्सिसका वरिष्ठ उपाध्यक्ष पृथ बनर्जीका अनुसार फिजिकल एआईको मुख्य उद्देश्य मेसिनहरूलाई मानिसको न्यूनतम सहयोगमा आफैँ चल्न र वस्तुहरूसँग प्रतिक्रिया जनाउन सक्ने बनाउनु हो ।

अहिलेका आधुनिक कारहरू ‘सफ्टवेयर डिफाइन्ड भेहिकल’ मा रूपान्तरण भइरहेका छन् । अब कार केवल एउटा मेसिन मात्र रहेन यो एउटा बुद्धिमान उपकरण बनेको छ जसलाई भित्र जडान गरिएको इलेक्ट्रोनिक चिप र सफ्टवेयरले चलाउँछ । फिजिकल एआईले यस्ता प्रणालीलाई अझ सटिक र भरपर्दो बनाउनेछ ।

अमेजन र फक्सकनमा देखियो चमत्कारिक नतिजा

विश्व आर्थिक मञ्चको एक प्रतिवेदन अनुसार फिजिकल एआई र रोबोटिक्सको प्रयोगले ठूला कम्पनीहरूमा निकै उत्साहजनक नतिजा देखिएको छ:

  • अमेजन: रोबोटिक प्रणालीको प्रयोगले सामान डेलिभरी समय र कार्यदक्षतामा २५ प्रतिशतले सुधार आएको छ ।
  • फक्सकन: यो कम्पनीले सञ्चालन खर्चमा १५ प्रतिशत कटौती गर्न सफल भएको छ भने नयाँ प्रविधि जडान गर्ने समयमा ४० प्रतिशतले कमी आएको छ ।

‘एजेन्ट इन्जिनियर्स’  इन्जिनियरको विकल्प कि सहयोगी ?

सिनोप्सिसले अब ‘एजेन्ट इन्जिनियर्स’ (Agent Engineers) को विकासमा ठूलो लगानी गरिरहेको छ । अहिले विश्वभर अत्याधुनिक चिप र जटिल प्रणाली बनाउने दक्ष इन्जिनियरहरूको चरम अभाव छ । अर्बौँको संख्यामा चाहिने यस्ता चिपहरू मानिसले मात्र बनाएर सम्भव नभएपछि सिनोप्सिसले एआई एजेन्टहरूलाई नै ‘बिल्डर’ का रूपमा प्रयोग गर्न लागेको हो ।

यसले मानिसको रोजगारी खोस्ने चिन्ताका बीच बनर्जीले प्रस्ट पारेका छन्  “यी एआई एजेन्टहरूले मानिसको ठाउँ लिने होइन बरु इन्जिनियरहरूसँग हातेमालो गर्दै कामको गति बढाउन सहयोग गर्नेछन् ।”

फिजिकल एआई अब केवल प्रयोगशालाको विषय मात्र रहेन । हाम्रा सडकमा गुड्ने गाडी, अस्पतालमा शल्यक्रिया गर्ने रोबोट र कारखानाका मेसिनहरू अब एआईको मद्दतले थप ‘सचेत’ र ‘बुद्धिमान’ बन्दैछन् । यो प्रविधिले उद्योग ४.० (Industry 4.0- उत्पादन र औद्योगिक प्रणालीमा डिजिटल प्रविधिको गहिरो एकीकरण) लाई नयाँ उचाइमा पुर्‍याउने निश्चित छ ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...