Tekmandu

सञ्चार प्रविधिमा नयाँ फड्को, अब समुद्रको बीचमा गुड्ने युद्धपोतमा पनि उच्च गतिको ५जी इन्टरनेट

काठमाण्डौ — विश्वप्रसिद्ध दूरसञ्चार उपकरण निर्माता कम्पनी एरिक्सन (Ericsson) ले समुद्रको बीचमा रहेका युद्धपोतहरूमा अत्याधुनिक ‘५जी स्ट्यान्डअलोन’ (5G SA) नेटवर्कको सफल परीक्षण गरेको छ। सन् २०२६ लाई रक्षा र सैन्य सञ्चारको विशेष वर्ष बनाउने रणनीतिक योजनाअन्तर्गत एरिक्सनले यो परीक्षणलाई तीव्रता दिएको हो।

एरिक्सनले रक्षा प्रविधि उत्पादक कम्पनी ‘लियोनार्दो’ र इटालियन नौसेनासँगको सहकार्यमा समुद्रको कठिन वातावरणमा दुई युद्धपोतबीच ५जी कनेक्टिभिटीको सफल प्रदर्शन गरेको छ।

खुला समुद्रमा यसरी भयो अत्याधुनिक ५जी परीक्षण

इटालियन नौसेनाको ‘अपरेसनल एक्सपेरिमेन्टेशन (OPEX) २-२५’ अभियानअन्तर्गत टारान्टोको खाडीमा यो विशेष परीक्षण गरिएको थियो। खुला समुद्रको चुनौतीपूर्ण वातावरणमा ५जी सेवाको प्रभावकारिता जाँच्न एरिक्सनले आफ्ना पछिल्ला प्रविधिहरूको प्रयोग गरेको थियो।

पूर्वाधार प्रविधि

परीक्षणका लागि एरिक्सनले एउटा मुख्य युद्धपोतमा आफ्नो ‘अल्ट्रा कम्प्याक्ट कोर’ र ‘म्यासिभ मिमो’ रेडियो एक्सेस नेटवर्क प्लेटफर्म जडान गरेको थियो। सञ्चारको सम्पर्क सूत्रका रूपमा दोस्रो जहाजमा भने ५जी कस्टमर प्रेमिसेस इक्विपमेन्ट (CPE) राखिएको थियो, जसले दुई जहाजबीच नेटवर्कको पुलको रूपमा काम गरेको थियो।

गोपनीयता सुरक्षा

सैन्य सञ्चारमा गोपनीयता मुख्य हुने भएकाले यस परीक्षणमा रक्षा कम्पनी ‘लियोनार्दो’ को ‘NINE’ इन्क्रिप्सन सोल्युसन प्रयोग गरिएको थियो। यसको मद्दतले दुई जहाजबीच अति गोप्य (Classified) र सामान्य दुवै प्रकारका तथ्याङ्कहरू पूर्ण सुरक्षित रूपमा आदानप्रदान गरिएको कम्पनीले जनाएको छ।

नतिजा उपलब्धी

परीक्षणका क्रममा युद्ध व्यवस्थापन प्रणाली (Combat Management System) बाट प्राप्त सूचना र १२ वटा मानवरहित प्रणाली (Unmanned Systems) बाट खिचिएका लाइभ भिडियो स्ट्रिमिङहरू कुनै अवरोध बिना ‘रियल-टाइम’ मा आदानप्रदान गर्न सफलता मिलेको छ। यो परीक्षणले धेरै वटा छुट्टाछुट्टै सञ्चार प्रणालीको साटो एउटै एकीकृत ५जी नेटवर्कबाट सुरक्षित र प्रभावकारी सञ्चार सम्भव छ भन्ने प्रमाणित गरिदिएको छ।

रक्षा क्षेत्रमा लगानी बढाउँदै एरिक्सन

साधारण मोबाइल बजार (RAN) सुस्ताइरहेका बेला एरिक्सनका प्रमुख कार्यकारी अधिकृत (CEO) बोर्जे एकहोमले कम्पनीको ध्यान अब सैन्य र ठूला कलकारखाना (Enterprise) तर्फ मोडिने संकेत गरेका छन्। एरिक्सनले सन् २०२६ मा रक्षा सञ्चारको क्षेत्रमा ठूलो लगानी गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार ५जी एै (5G SA) नेटवर्कले धेरै वटा छुट्टाछुट्टै सञ्चार प्रणालीको साटो एउटै एकीकृत नेटवर्कबाट काम गर्न सघाउँछ जसले गर्दा फ्रिक्वेन्सीको अनावश्यक दोहोरोपन र सिग्नल अवरोध (Interference) को जोखिम कम हुन्छ।

व्यावसायिक चुनौती नयाँ सम्भावना

सन् २०२५ मा विश्वभर ५जी एसए (Standalone) नेटवर्कको विस्तार त तीव्र भयो  तर दूरसञ्चार कम्पनीहरूले यसबाट अपेक्षित आम्दानी (Monetization) गर्न भने सकेका छैनन्। यस्तो अवस्थामा एरिक्सनले गरेको यो समुद्री परीक्षणले ५जी प्रविधि केवल सर्वसाधारणको मोबाइल फोनका लागि मात्र नभई राष्ट्रिय सुरक्षा, रक्षा र चुनौतीपूर्ण वातावरणका लागि ‘गेम चेन्जर’ हुन सक्छ भन्ने देखाएको छ।

यसअघि एरिक्सनले एउटै बेस स्टेशनबाट उपकरणको लोकेसन पत्ता लगाउन सक्ने ‘५जी एड्भान्स्ड’ लोकेसन सेवा पनि सार्वजनिक गरिसकेको छ।

समुद्रको बीचमा पनि उच्च गतिको सुरक्षित सञ्चार सम्भव भएसँगै अब नौसेनाको प्रतिकार क्षमता र सूचना संयन्त्रमा ठूलो परिवर्तन आउने देखिएको छ। एरिक्सनको यो कदमले भविष्यमा ५जी प्रविधिलाई व्यावसायिक बजारबाट सैन्य रणनीतिको केन्द्रसम्म पुर्‍याउने निश्चित छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...