Tekmandu

सञ्चार प्रविधिमा नयाँ फड्को, अब समुद्रको बीचमा गुड्ने युद्धपोतमा पनि उच्च गतिको ५जी इन्टरनेट

काठमाण्डौ — विश्वप्रसिद्ध दूरसञ्चार उपकरण निर्माता कम्पनी एरिक्सन (Ericsson) ले समुद्रको बीचमा रहेका युद्धपोतहरूमा अत्याधुनिक ‘५जी स्ट्यान्डअलोन’ (5G SA) नेटवर्कको सफल परीक्षण गरेको छ। सन् २०२६ लाई रक्षा र सैन्य सञ्चारको विशेष वर्ष बनाउने रणनीतिक योजनाअन्तर्गत एरिक्सनले यो परीक्षणलाई तीव्रता दिएको हो।

एरिक्सनले रक्षा प्रविधि उत्पादक कम्पनी ‘लियोनार्दो’ र इटालियन नौसेनासँगको सहकार्यमा समुद्रको कठिन वातावरणमा दुई युद्धपोतबीच ५जी कनेक्टिभिटीको सफल प्रदर्शन गरेको छ।

खुला समुद्रमा यसरी भयो अत्याधुनिक ५जी परीक्षण

इटालियन नौसेनाको ‘अपरेसनल एक्सपेरिमेन्टेशन (OPEX) २-२५’ अभियानअन्तर्गत टारान्टोको खाडीमा यो विशेष परीक्षण गरिएको थियो। खुला समुद्रको चुनौतीपूर्ण वातावरणमा ५जी सेवाको प्रभावकारिता जाँच्न एरिक्सनले आफ्ना पछिल्ला प्रविधिहरूको प्रयोग गरेको थियो।

पूर्वाधार र प्रविधि

परीक्षणका लागि एरिक्सनले एउटा मुख्य युद्धपोतमा आफ्नो ‘अल्ट्रा कम्प्याक्ट कोर’ र ‘म्यासिभ मिमो’ रेडियो एक्सेस नेटवर्क प्लेटफर्म जडान गरेको थियो। सञ्चारको सम्पर्क सूत्रका रूपमा दोस्रो जहाजमा भने ५जी कस्टमर प्रेमिसेस इक्विपमेन्ट (CPE) राखिएको थियो, जसले दुई जहाजबीच नेटवर्कको पुलको रूपमा काम गरेको थियो।

गोपनीयता र सुरक्षा

सैन्य सञ्चारमा गोपनीयता मुख्य हुने भएकाले यस परीक्षणमा रक्षा कम्पनी ‘लियोनार्दो’ को ‘NINE’ इन्क्रिप्सन सोल्युसन प्रयोग गरिएको थियो। यसको मद्दतले दुई जहाजबीच अति गोप्य (Classified) र सामान्य दुवै प्रकारका तथ्याङ्कहरू पूर्ण सुरक्षित रूपमा आदानप्रदान गरिएको कम्पनीले जनाएको छ।

नतिजा र उपलब्धी

परीक्षणका क्रममा युद्ध व्यवस्थापन प्रणाली (Combat Management System) बाट प्राप्त सूचना र १२ वटा मानवरहित प्रणाली (Unmanned Systems) बाट खिचिएका लाइभ भिडियो स्ट्रिमिङहरू कुनै अवरोध बिना ‘रियल-टाइम’ मा आदानप्रदान गर्न सफलता मिलेको छ। यो परीक्षणले धेरै वटा छुट्टाछुट्टै सञ्चार प्रणालीको साटो एउटै एकीकृत ५जी नेटवर्कबाट सुरक्षित र प्रभावकारी सञ्चार सम्भव छ भन्ने प्रमाणित गरिदिएको छ।

रक्षा क्षेत्रमा लगानी बढाउँदै एरिक्सन

साधारण मोबाइल बजार (RAN) सुस्ताइरहेका बेला एरिक्सनका प्रमुख कार्यकारी अधिकृत (CEO) बोर्जे एकहोमले कम्पनीको ध्यान अब सैन्य र ठूला कलकारखाना (Enterprise) तर्फ मोडिने संकेत गरेका छन्। एरिक्सनले सन् २०२६ मा रक्षा सञ्चारको क्षेत्रमा ठूलो लगानी गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार ५जी एै (5G SA) नेटवर्कले धेरै वटा छुट्टाछुट्टै सञ्चार प्रणालीको साटो एउटै एकीकृत नेटवर्कबाट काम गर्न सघाउँछ जसले गर्दा फ्रिक्वेन्सीको अनावश्यक दोहोरोपन र सिग्नल अवरोध (Interference) को जोखिम कम हुन्छ।

व्यावसायिक चुनौती र नयाँ सम्भावना

सन् २०२५ मा विश्वभर ५जी एसए (Standalone) नेटवर्कको विस्तार त तीव्र भयो  तर दूरसञ्चार कम्पनीहरूले यसबाट अपेक्षित आम्दानी (Monetization) गर्न भने सकेका छैनन्। यस्तो अवस्थामा एरिक्सनले गरेको यो समुद्री परीक्षणले ५जी प्रविधि केवल सर्वसाधारणको मोबाइल फोनका लागि मात्र नभई राष्ट्रिय सुरक्षा, रक्षा र चुनौतीपूर्ण वातावरणका लागि ‘गेम चेन्जर’ हुन सक्छ भन्ने देखाएको छ।

यसअघि एरिक्सनले एउटै बेस स्टेशनबाट उपकरणको लोकेसन पत्ता लगाउन सक्ने ‘५जी एड्भान्स्ड’ लोकेसन सेवा पनि सार्वजनिक गरिसकेको छ।

समुद्रको बीचमा पनि उच्च गतिको सुरक्षित सञ्चार सम्भव भएसँगै अब नौसेनाको प्रतिकार क्षमता र सूचना संयन्त्रमा ठूलो परिवर्तन आउने देखिएको छ। एरिक्सनको यो कदमले भविष्यमा ५जी प्रविधिलाई व्यावसायिक बजारबाट सैन्य रणनीतिको केन्द्रसम्म पुर्‍याउने निश्चित छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...