Tekmandu

सोशल मिडिया पनि सिगरेट जस्तै खतरनाक! १६ वर्ष मुनिका बालबालिकालाई प्रतिबन्ध लगाउन बेलायतमा बढ्यो दबाब

काठमाण्डौं — के सोशल मिडिया बालबालिकाका लागि सिगरेट जत्तिकै घातक बन्दै गएको हो? अहिले बेलायतमा यही प्रश्नलाई लिएर एउटा राष्ट्रिय बहस र आन्दोलन सुरु भएको छ। बेलायतको चर्चित प्यारेन्टिङ प्लेटफर्म ‘मम्सनेट’ (Mumsnet) ले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सोशल मिडियामा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै आक्रामक अभियान सुरु गरेको हो।

यस अभियानको रोचक पक्ष के छ भने  सिगरेटको प्याकेटमा छापिने ‘स्वास्थ्यका लागि हानिकारक’ भन्ने चेतावनी जस्तै सोशल मिडियाका विरुद्ध पनि तीखा र कडा सन्देशहरू प्रयोग गरिएको छ।

के भन्छन् विज्ञापनका सन्देशहरू?

डिजिटल प्लेटफर्म र बिलबोर्डहरूमा राखिएका विज्ञापनहरूले सोशल मिडियाको लतले निम्त्याउने गम्भीर जोखिमबारे यस्तो दाबी गरेका छन्:

  • मानसिक समस्या: दैनिक ३ घण्टा वा सोभन्दा बढी समय सोशल मिडियामा बिताउने किशोरकिशोरीमा आत्म-हानि (Self-harm) को सम्भावना उच्च रहन्छ।
  • एङ्जाइटी तनाव: फोनको लतले किशोरकिशोरीमा चिन्ता (Anxiety) को जोखिम दोब्बर बनाउँछ।
  • गम्भीर असर: अत्यधिक प्रयोगले खानपानमा समस्या (Eating Disorder), कम निद्रा र डिप्रेसन मात्र होइन आत्महत्या जस्ता गम्भीर कदमसम्म पुर्‍याउन सक्छ।

मम्सनेटकी संस्थापक जस्टिन रोबर्ट्सका अनुसार  यो केवल अनुशासनको कमी नभई कम्पनीहरूले जानीजानी ‘लत’ लाग्ने गरी बनाएका डिजिटल उत्पादनहरूको परिणाम हो। उनले भनिन्  “अभिभावकहरूले आफ्ना सन्तानको आत्मविश्वास घटेको प्रत्यक्ष देखिरहेका छन्, जबकि कम्पनीहरू यसैबाट पैसा कमाइरहेका छन्।”

बेलायती सरकारको संकेत: केही हप्तामै नियम आउन सक्ने

बेलायती प्रधानमन्त्रीले हालै १६ वर्ष मुनिका बालबालिकाका लागि सोशल मिडिया प्रयोगमा कडाइ गर्ने संकेत दिएका छन्। सरकारले पूर्ण प्रतिबन्ध लगाउने वा कडा नियन्त्रण गर्ने भन्ने स्पष्ट नभए पनि आगामी केही हप्ताभित्रै नयाँ नियम आउन सक्ने सम्भावना छ। मम्सनेटले आम जनतालाई आफ्ना सांसदहरूलाई इमेल पठाएर प्रतिबन्धको माग गर्न अपिल गरेको छ।

विश्वभर बढ्दैछ सोशल मिडियामा कडाइ

सोशल मिडियाको लत र यसको नकारात्मक प्रभावलाई लिएर विश्वका धेरै देशहरू अहिले कठोर बन्दै गएका छन्:

  • अस्ट्रेलिया: सन् २०२५ डिसेम्बरमा १६ वर्ष मुनिकालाई सोशल मिडियामा पूर्ण प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ।
  • फ्रान्स स्पेन: १५ र १६ वर्ष मुनिका नाबालिगका लागि सोशल मिडिया पहुँच बन्द गर्ने योजनामा छन्।
  • डेनमार्क मलेसिया: उनीहरूले पनि उमेरको हदबन्दी तोक्ने तयारी गरिरहेका छन्।
  • भारत: आर्थिक सर्वेक्षण २०२६-२७ ले पनि बालबालिकामा बढ्दो सोशल मिडियाको लतप्रति चिन्ता व्यक्त गर्दै कडा नियमको सिफारिस गरेको छ।

नेपालमा पनि बालबालिकामा स्क्रिन टाइम र सोशल मिडियाको लत बढिरहेको सन्दर्भमा बेलायतको यो अभियान र विश्वव्यापी रूपमा भइरहेको कानुनी कडाइ निकै सान्दर्भिक देखिन्छ। बालबालिकाको मानसिक स्वास्थ्य जोगाउन अब प्रविधिमाथि नियमन जरुरी रहेको विज्ञहरूको भनाई छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...