Tekmandu

ह्वाट्सएपमा कसले गर्‍यो ब्लक? अब ‘मेटा एआई’ बाटै खुल्नेछ रहस्य, यस्तो छ सजिलो ट्रिक

काठमाण्डौं — ह्वाट्सएपमा कसैले ब्लक गरेको छ कि छैन भन्ने थाहा पाउन अहिलेसम्म निकै मुस्किल थियो। विशेषगरी प्रोफाइल पिक्चर नदेखिँदा वा ‘लास्ट सीन’ लुकाउँदा प्रयोगकर्ताहरू अन्योलमा पर्ने गर्दथे। तर अब यो अन्योल मेटाउन मेटाको आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स ‘मेटा एआई’ (Meta AI) सहयोगी बन्ने देखिएको छ।

तपाईंले पठाएको म्यासेजमा हप्तौँसम्म ‘सिंगल टिक’ मात्र आइरहेको छ भने अब कुनै थर्ड पार्टी एपबिना नै आफू ब्लक भए/नभएको जानकारी लिन सकिन्छ।

मेटा एआई ट्रिक: कसरी गर्ने प्रयोग?

यदि तपाईंलाई कसैले ब्लक गरेको शंका लागेमा यी स्टेपहरू पछ्याउन सक्नुहुन्छ:

१. च्याट बक्स खोल्नुहोस्: जुन कन्ट्याक्टले ब्लक गरेको शंका छ  उसको च्याट विन्डोमा जानुहोस्।

२. मेटा एआईलाई मेन्सन गर्नुहोस्: म्यासेज टाइप गर्ने ठाउँमा @Meta AI लेख्नुहोस्।

३. म्यासेज पठाउनुहोस्: त्यसपछि एउटा सानो ‘Hi’ वा कुनै प्रश्न लेखेर पठाउनुहोस्।

नतिजा: यदि मेटा एआईले तत्कालै जवाफ दियो भने सम्झनुहोस् तपाईं ब्लक हुनुभएको छैन। तर  यदि तपाईंको म्यासेजमा लामो समयसम्म ‘सिंगल टिक’ मात्रै रह्यो र एआईको जवाफ आएन भने तपाईंलाई ब्लक गरिएको हुनसक्ने उच्च सम्भावना रहन्छ।

ध्यान दिनुपर्ने कुरा

यो ट्रिक शतप्रतिशत सही नहुन पनि सक्छ। मेटा एआई सबै देश वा सबै भर्सनका ह्वाट्सएपमा उपलब्ध नहुन सक्छ। साथै सर्भरको समस्या वा एप अपडेट नभएका कारण पनि जवाफ नआउन सक्छ। त्यसैले यसलाई अन्तिम प्रमाण भन्दा पनि एउटा बलियो संकेतको रूपमा मात्र लिन विज्ञहरू सुझाउँछन्।

ब्लक भएको थाहा पाउने अन्य ४ तरिका:

मेटा एआई बाहेक यी परम्परागत तरिकाहरूबाट पनि आफू ब्लक भए/नभएको पुष्टि गर्न सकिन्छ:

  • ग्रुप टेस्ट: सम्बन्धित व्यक्तिलाई कुनै नयाँ ग्रुपमा थप्ने प्रयास गर्नुहोस्। यदि ‘Can’t add participant’ भन्ने म्यासेज आयो भने तपाईं ब्लक हुनुभएको पक्का हो।
  • ह्वाट्सएप कल: ब्लक भएको अवस्थामा कल कहिल्यै कनेक्ट हुँदैन। फोन गर्दा ‘Ringing’ नभई केवल ‘Calling’ मात्र देखिन्छ।
  • प्रोफाइल र म्यासेज: प्रोफाइल पिक्चर नदेखिनु र म्यासेजमा कहिल्यै ‘डबल टिक’ नलाग्नु पनि ब्लक हुनुको संकेत हो।

थर्ड पार्टी एपबाट जोगिनुहोस्

गुगल प्ले स्टोरमा ‘कसले ब्लक गर्‍यो’ भन्ने जानकारी दिने दाबी गर्ने थुप्रै एपहरू भेटिन्छन्। यस्ता एपहरूले तपाईंको व्यक्तिगत डेटा चोरी गर्ने र ह्वाट्सएप अकाउन्ट नै ह्याक हुने जोखिम हुने भएकाले त्यस्ता एप प्रयोग नगर्न सतर्क गराइएको छ।

ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयताका लागि कसैले ब्लक गर्दा सिधै सूचना नदिने नीति लिएको छ। मेटा एआईको यो ट्रिक पनि कुनै आधिकारिक टूल नभएर एउटा प्राविधिक व्यवहारमा आधारित चलाखी मात्र हो।

सम्बन्धित समाचार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...
मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

मानवजनित जलवायु परिवर्तनले रोक्यो सम्भावित हिमयुगको सुरुवात

काठमाडौं — पृथ्वीमा अर्को हिमयुग सुरु हुने प्रक्रिया करिब दुई हजार वर्षअघि नै अघि बढ्न थालेको हुन सक्ने एक नयाँ वैज्ञानिक अध्ययनले...
सन् २०२८ सम्म चन्द्रमामा मानव उतार्ने नासाको लक्ष्य, आर्टेमिस योजनामा फेरबदल

सन् २०२८ सम्म चन्द्रमामा मानव उतार्ने नासाको लक्ष्य, आर्टेमिस योजनामा फेरबदल

काठमाडौं — अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ सम्म अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्यसहित आफ्नो आर्टेमिस कार्...
एउटा म्यासेज, अनेक काम: यी हुन् नयाँ पुस्ताका एआई एजेन्ट

एउटा म्यासेज, अनेक काम: यी हुन् नयाँ पुस्ताका एआई एजेन्ट

काठमाडौं —सामान्य म्यासेज पठाएकै भरमा इमेल पठाउने, बैठकको समय मिलाउने, यात्राको योजना बनाउनेदेखि अनलाइन किनमेल र रेस्टुरेन्ट बुकिङ...