Tekmandu

ह्वाट्सएपमा कसले गर्‍यो ब्लक? अब ‘मेटा एआई’ बाटै खुल्नेछ रहस्य, यस्तो छ सजिलो ट्रिक

काठमाण्डौं — ह्वाट्सएपमा कसैले ब्लक गरेको छ कि छैन भन्ने थाहा पाउन अहिलेसम्म निकै मुस्किल थियो। विशेषगरी प्रोफाइल पिक्चर नदेखिँदा वा ‘लास्ट सीन’ लुकाउँदा प्रयोगकर्ताहरू अन्योलमा पर्ने गर्दथे। तर अब यो अन्योल मेटाउन मेटाको आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स ‘मेटा एआई’ (Meta AI) सहयोगी बन्ने देखिएको छ।

तपाईंले पठाएको म्यासेजमा हप्तौँसम्म ‘सिंगल टिक’ मात्र आइरहेको छ भने अब कुनै थर्ड पार्टी एपबिना नै आफू ब्लक भए/नभएको जानकारी लिन सकिन्छ।

मेटा एआई ट्रिक: कसरी गर्ने प्रयोग?

यदि तपाईंलाई कसैले ब्लक गरेको शंका लागेमा यी स्टेपहरू पछ्याउन सक्नुहुन्छ:

१. च्याट बक्स खोल्नुहोस्: जुन कन्ट्याक्टले ब्लक गरेको शंका छ  उसको च्याट विन्डोमा जानुहोस्।

२. मेटा एआईलाई मेन्सन गर्नुहोस्: म्यासेज टाइप गर्ने ठाउँमा @Meta AI लेख्नुहोस्।

३. म्यासेज पठाउनुहोस्: त्यसपछि एउटा सानो ‘Hi’ वा कुनै प्रश्न लेखेर पठाउनुहोस्।

नतिजा: यदि मेटा एआईले तत्कालै जवाफ दियो भने सम्झनुहोस् तपाईं ब्लक हुनुभएको छैन। तर  यदि तपाईंको म्यासेजमा लामो समयसम्म ‘सिंगल टिक’ मात्रै रह्यो र एआईको जवाफ आएन भने तपाईंलाई ब्लक गरिएको हुनसक्ने उच्च सम्भावना रहन्छ।

ध्यान दिनुपर्ने कुरा

यो ट्रिक शतप्रतिशत सही नहुन पनि सक्छ। मेटा एआई सबै देश वा सबै भर्सनका ह्वाट्सएपमा उपलब्ध नहुन सक्छ। साथै सर्भरको समस्या वा एप अपडेट नभएका कारण पनि जवाफ नआउन सक्छ। त्यसैले यसलाई अन्तिम प्रमाण भन्दा पनि एउटा बलियो संकेतको रूपमा मात्र लिन विज्ञहरू सुझाउँछन्।

ब्लक भएको थाहा पाउने अन्य तरिका:

मेटा एआई बाहेक यी परम्परागत तरिकाहरूबाट पनि आफू ब्लक भए/नभएको पुष्टि गर्न सकिन्छ:

  • ग्रुप टेस्ट: सम्बन्धित व्यक्तिलाई कुनै नयाँ ग्रुपमा थप्ने प्रयास गर्नुहोस्। यदि ‘Can’t add participant’ भन्ने म्यासेज आयो भने तपाईं ब्लक हुनुभएको पक्का हो।
  • ह्वाट्सएप कल: ब्लक भएको अवस्थामा कल कहिल्यै कनेक्ट हुँदैन। फोन गर्दा ‘Ringing’ नभई केवल ‘Calling’ मात्र देखिन्छ।
  • प्रोफाइल म्यासेज: प्रोफाइल पिक्चर नदेखिनु र म्यासेजमा कहिल्यै ‘डबल टिक’ नलाग्नु पनि ब्लक हुनुको संकेत हो।

थर्ड पार्टी एपबाट जोगिनुहोस्

गुगल प्ले स्टोरमा ‘कसले ब्लक गर्‍यो’ भन्ने जानकारी दिने दाबी गर्ने थुप्रै एपहरू भेटिन्छन्। यस्ता एपहरूले तपाईंको व्यक्तिगत डेटा चोरी गर्ने र ह्वाट्सएप अकाउन्ट नै ह्याक हुने जोखिम हुने भएकाले त्यस्ता एप प्रयोग नगर्न सतर्क गराइएको छ।

ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयताका लागि कसैले ब्लक गर्दा सिधै सूचना नदिने नीति लिएको छ। मेटा एआईको यो ट्रिक पनि कुनै आधिकारिक टूल नभएर एउटा प्राविधिक व्यवहारमा आधारित चलाखी मात्र हो।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...