Tekmandu

च्याटजीपीटीको लोकप्रियतामा नयाँ छलाङ: साप्ताहिक ९० करोड प्रयोगकर्ता, १ अर्बको आँकडा नजिक

काठमाण्डौं — आर्टिफिसियल इन्टेलिजेन्स (AI) को क्षेत्रमा विश्वभर तहल्का मच्चाइरहेको च्याटजीपीटी (ChatGPT) ले प्रयोगकर्ताको संख्यामा नयाँ कीर्तिमान कायम गरेको छ। ओपनएआईले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार च्याटजीपीटीको साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या ९० करोड पुगेको छ।

यो वृद्धिसँगै च्याटजीपीटी अब १ अर्ब साप्ताहिक प्रयोगकर्ताको ऐतिहासिक माइलस्टोन नजिक पुगेको छ। सन् २०२५ को अक्टोबरमा ८० करोड रहेको प्रयोगकर्ताको संख्यामा केही महिनाभित्रै १० करोडको बढोत्तरी भएको हो।

पैसा तिर्ने ग्राहक करोड नाघे

ओपनएआईले निःशुल्क प्रयोगकर्ताका साथै पैसा तिरेर सेवा लिने ग्राहक (Paid Subscribers) को संख्यामा पनि उल्लेख्य प्रगति गरेको छ। हाल च्याटजीपीटीका सशुल्क ग्राहकहरूको संख्या करोड पुगेको छ।

कम्पनीका अनुसार सन् २०२६ को सुरुवात (जनवरी र फेब्रुअरी) सशुल्क ग्राहक थपिने सन्दर्भमा इतिहासकै सबैभन्दा ठूलो महिना साबित भएको छ। कम्पनीले एक ब्लग पोस्टमा लेखेको छ  “मानिसहरूले सिक्न, लेख्न, योजना बनाउन र नयाँ कुरा निर्माण गर्न च्याटजीपीटीको प्रयोग गरिरहेका छन्। प्रयोगकर्ताको संख्या बढेसँगै प्रोडक्टको गति, विश्वसनीयता र सुरक्षामा पनि सुधार आएको छ।”

अमेजन एनभिडियाको खर्बौँ लगानी

प्रयोगकर्ताको संख्यासँगै ओपनएआईले लगानीको क्षेत्रमा पनि विश्वलाई नै चकित पारेको छ। कम्पनीले निजी लगानीकर्ताहरूबाट ११० अर्ब डलर (करिब १४५ खर्ब नेपाली रुपैयाँ) संकलन गरेको छ  जुन इतिहासकै सबैभन्दा ठूलो निजी लगानी मध्ये एक हो।

यस लगानीमा विश्वका दिग्गज कम्पनीहरूले ठूलो हिस्सा ओगटेका छन्:

  • अमेजन: ५० अर्ब डलर
  • एनभिडिया: ३० अर्ब डलर
  • सफ्टबैंक: ३० अर्ब डलर

यो लगानीसँगै ओपनएआईको बजार मूल्याङ्कन (Valuation) बढेर ७३० अर्ब डलर पुगेको छ। यो लगानीको चरण अझै जारी रहेको र थप लगानीकर्ताहरू जोडिने अपेक्षा कम्पनीले गरेको छ।

किन बढ्दैछ आकर्षण?

सूचना प्रविधिको दुनियाँमा ‘गुगल’ पछिको ठूलो क्रान्तिको रूपमा हेरिएको च्याटजीपीटीले मानिसको दैनिक काम गर्ने शैली नै बदलिदिएको छ। छिटो प्रतिक्रिया दिने, उच्च विश्वसनीयता र सुरक्षित कार्यसम्पादनका कारण विद्यार्थीदेखि ठूला कम्पनीका सिइओसम्मले यसलाई आफ्नो सहयोगीका रूपमा प्रयोग गर्न थालेका छन्।

यही गतिमा प्रयोगकर्ताको संख्या बढ्दै जाने हो भने अबको केही महिनाभित्रै च्याटजीपीटी १ अर्ब साप्ताहिक प्रयोगकर्ता भएको संसारकै औंलामा गन्न सकिने प्रविधि मध्ये एक बन्ने निश्चित देखिएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...