Tekmandu

सावधान! एआईलाई ‘Everything you know about me’ भन्नुको अर्थ ह्याकरलाई आफ्नो साँचो सुम्पिनु हो

काठमाण्डौं — आजभोलि फेसबुक, इन्स्टाग्राम र लिंक्डइन जस्ता सामाजिक सञ्जालमा एउटा नयाँ ट्रेन्ड भाइरल भइरहेको छ। प्रयोगकर्ताहरूले आफ्नो फोटो राखेर एआई (AI) लाई ‘तिमीलाई मेरो बारेमा जे-जे थाहा छ त्यसकै आधारमा मेरो एउटा क्यारिकेचर वा एनिमेटेड फोटो बनाइदेऊ’ (Everything you know about me) भन्दै कमान्ड दिने गरेका छन्।

हेर्दा रमाइलो र रचनात्मक देखिए पनि साइबर सुरक्षा विज्ञहरूले यसलाई ‘डिजिटल ठगीको निम्तो’ भएको भन्दै चेतावनी दिएका छन्। तपाईंले एआईलाई दिएको यो एउटा सानो अनुमतिले तपाईंको बैंक ब्यालेन्सदेखि व्यक्तिगत गोपनीयतासम्म खतरामा पर्न सक्छ।

एआईले कसरी चोर्छ तपाईंको विवरण?

कास्परस्कीका एसिया प्यासिफिक निर्देशक एड्रियन हियाका अनुसार  यो कुनै सामान्य फोटो फिल्टर मात्र होइन। जब तपाईं ‘मेरो बारेमा जे थाहा छ त्यही प्रयोग गर’ भन्नुहुन्छ  एआईले तपाईंको प्रोफाइलसँग जोडिएका सबै डाटाहरूमा बिना रोकतोक पहुँच पाउँछ।

यस क्रममा एआईले तपाईंको फोटो मात्र होइन  बरु तपाईंको कम्पनीको नाम, पद, सहर, दैनिक तालिका, रुचि र परिवारका सदस्यहरूको विवरण समेत संकलन गर्छ। क्वविक हिलका डा. सञ्जय काटकर भन्छन्  “यसरी तयार भएको क्यारिकेचर केवल एउटा कार्टुन मात्र होइन  यो तपाईंको व्यक्तिगत विवरणको डिजिटल फाइल (Dossier) हो जुन तपाईंले आफैँ ह्याकरको हातमा सुम्पिनुभएको छ।”

ह्याकरले यसलाई कसरी दुरुपयोग गर्छन्?

साइबर विज्ञ अनुराग माथुरका अनुसार  एआईले तयार पारेको यस्तो विस्तृत विवरण अपराधीहरूका लागि निकै उपयोगी हुन्छ:

  • डिपफेक (Deepfake): तपाईंको फोटो र स्वर प्रयोग गरेर नक्कली भिडियो वा अडियो बनाउन सकिन्छ  जसले गर्दा ठगी झनै वास्तविक देखिन्छ।
  • भावनात्मक ब्ल्याकमेल: तपाईंको परिवार र कामका बारेमा थाहा पाएपछि ह्याकरले तपाईंको आफन्तलाई ‘तपाईं दुर्घटनामा पर्नुभएको’ भन्दै झुठो म्यासेज पठाएर पैसा माग्न सक्छन्।
  • फिसिङ अट्याक: तपाईंको पद र कार्यस्थल थाहा पाएपछि सहकर्मीलाई तपाईंको नामबाट नक्कली इमेल पठाएर गोप्य सूचना माग गर्न सजिलो हुन्छ।

अहिले एसिया प्यासिफिक क्षेत्रका ७८ प्रतिशत प्रोफेसनलहरूले साप्ताहिक रूपमा एआई प्रयोग गर्छन् (विश्वव्यापी औसत ७२% छ)। तर  प्रविधि चलाउन जान्दाजान्दै पनि यसको सुरक्षा पक्षबारे ज्ञान नहुँदा ठगीको जोखिम बढेको हो।

सुरक्षित रहन के गर्ने? (विज्ञका सुझाव)

१. व्यक्तिगत विवरण नदिनुहोस्: एआईलाई कमान्ड दिँदा आफ्नो पूरा नाम, ठेगाना, अफिसको नाम वा फोन नम्बर उल्लेख नगर्नुहोस्।

२. फोटोमा ध्यान दिनुहोस्: अफिसको परिचयपत्र (ID Card), घरको नम्बर प्लेट वा कार्यस्थलको लोगो देखिने फोटो अपलोड नगर्नुहोस्।

३. कमान्ड बदल्नुहोस्: ‘तिमीलाई मेरो बारेमा जे थाहा छ’ भन्नुको साटो ‘यो म्यासेजमा दिएको जानकारी मात्र प्रयोग गर’ भनेर स्पष्ट निर्देशन दिनुहोस्।

४. हिस्ट्री डिलिट गर्नुहोस्: काम सकिएपछि च्याट हिस्ट्री डिलिट गर्ने वा एआईलाई डेटा सेभ नगर्न निर्देशन दिने फिचर प्रयोग गर्नुहोस्।

५. केटाकेटीको फोटो नराख्नुहोस्: नाबालक र परिवारका अन्य सदस्यको जानकारी एआईसँग सेयर गर्दा उनीहरू पनि जोखिममा पर्छन्।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...