Tekmandu

१३ वर्षमुनिका बालबालिकाका लागि ह्वाट्सएपको नयाँ फिचर, अब अभिभावकको नियन्त्रणमा रहनेछ अकाउन्ट

काठमाण्डौं — लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले बालबालिकाको अनलाइन सुरक्षालाई ध्यानमा राख्दै ‘प्यारेन्ट–म्यानेज्ड अकाउन्ट’ (अभिभावकद्वारा नियन्त्रित अकाउन्ट) सार्वजनिक गरेको छ। १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरी ल्याइएको यो फिचरले बालबालिकाले को कोसँग कुराकानी गर्छन् र कुन समूहमा बस्छन् भन्ने कुराको पूर्ण नियन्त्रण अभिभावकलाई दिनेछ।

प्रविधि कम्पनीहरूमाथि बालबालिकाको अनलाइन सुरक्षालाई लिएर विश्वव्यापी रूपमा दबाब बढिरहेका बेला ह्वाट्सएपले यो नयाँ सुरक्षा कवच ल्याएको हो।

कसरी काम गर्छ यो फिचरले?

यो फिचर सुचारु गर्न अभिभावक र बालबालिका दुवैको फोन एकै ठाउँमा हुनुपर्नेछ। अभिभावकले आफ्नो फोनबाट बालबालिकाको अकाउन्टलाई ‘लिङ्क’ गरेपछि नियन्त्रण आफ्नो हातमा लिन सक्नेछन्।

नयाँ फिचरका मुख्य विशेषता:

  • सम्पर्क नियन्त्रण: बालबालिकालाई कसले म्यासेज पठाउन पाउने र कसले नपाउने भन्ने निर्णय अभिभावकले गर्नेछन्।
  • समूह (Group) व्यवस्थापन: बालबालिका कुन ग्रुपमा जोडिने भन्ने कुरा अभिभावकले नै तय गर्नेछन्।
  • सुरक्षित पिन (PIN): बालबालिकाको फोनमा रहेका सेटिङहरू अभिभावकको गोप्य पिनबिना परिवर्तन गर्न मिल्ने छैन। यसले गर्दा बालबालिकाले सुटुक्क प्रतिबन्धहरू हटाउन पाउने छैनन्।

गोपनीयता र निगरानीको सन्तुलन

ह्वाट्सएपले यस फिचरमा गोपनीयता र सुरक्षाको रोचक सन्तुलन मिलाएको छ। ह्वाट्सएपका अनुसार बालबालिकाका कुराकानीहरू ‘इन्ड–टु–इन्ड इन्क्रिप्टेड’ नै रहनेछन्। यसको अर्थ अभिभावकले आफ्ना बालबालिकाले के कुरा गरिरहेका छन् भन्ने म्यासेज पढ्न पाउने छैनन्।

तर  बालबालिकाले कोसँग कुरा गरिरहेका छन्, कुन ग्रुपमा जोडिए वा हटे र अपरिचित व्यक्तिबाट म्यासेज आयो कि आएन भन्ने कुराको जानकारी भने अभिभावकले तुरुन्तै पाउनेछन्। अभिभावकले बालबालिकाको कुराकानीको ‘ट्रान्सक्रिप्ट’ नभई उनीहरूको ‘एक्टिभिटी’ (गतिविधि) मात्र हेर्न पाउने ह्वाट्सएपले प्रष्ट पारेको छ।

कहिलेबाट चलाउन पाइन्छ?

ह्वाट्सएपले यो फिचर आगामी केही महिनाभित्र विश्वभरका प्रयोगकर्ताका लागि क्रमिक रूपमा उपलब्ध गराउने जनाएको छ। यसका लागि कुनै छुट्टै शुल्क लाग्ने छैन।

यदि तपाईंको घरमा पनि १३ वर्षमुनिका बालबालिका छन् र उनीहरू ह्वाट्सएप चलाउँछन् भने आफ्नो एप अपडेट गरी यो नयाँ फिचरको प्रतिक्षा गर्न सक्नुहुन्छ। प्रयोगकर्ताको प्रतिक्रियाका आधारमा यसलाई अझै परिष्कृत गर्दै लैजाने कम्पनीले बताएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...