Tekmandu

हुवावेले ल्यायो ‘क्लाउड वाइफाइ’ प्रविधि, लुकेको क्यामेरादेखि सुरक्षा चुनौतीसम्मको समाधान एउटै प्याकेजमा

काठमाण्डौं — विश्वप्रविधि बजारमा सुरक्षा चुनौतीहरू जटिल बन्दै गएका बेला चिनियाँ प्रविधि जायन्ट हुवावेले नयाँ ‘क्लाउड वाइफाइ सोलुसन’ (Cloud Wi-Fi Solution) सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा जारी ‘मोबाइल वर्ल्ड कंग्रेस (MWC) २०२६’ मा हुवावेले उद्योग र व्यवसायहरूको सुरक्षालाई ध्यानमा राख्दै यो ‘फ्युचर-रेडी’ प्रविधि ल्याएको हो।

परम्परागत नेटवर्क प्रणालीले आधुनिक सुरक्षा खतराहरूलाई थेग्न नसक्ने भएपछि हुवावेले नेटवर्क तहदेखि आइओटी (IoT) उपकरण र एप्लिकेशनसम्मै सुरक्षा कवच प्रदान गर्ने गरी यो प्रणाली विकास गरेको छ।

हुवावेको नयाँ प्रविधिका तीन मुख्य विशेषता:

१. लुकेका क्यामेरा सजिलै पत्ता लाग्ने (Privacy Security): विशेषगरी होटल र बिजनेस कन्फरेन्सहरूमा लुकेका क्यामेरा (Hidden Camera) ठूलो समस्याका रूपमा देखिँदै आएका छन्। हुवावेले यसका लागि ‘आई-गार्ड’ (iGuard) नामक हाते उपकरण सार्वजनिक गरेको छ। यसले ४जी, ५जी, वाइफाइ वा एसडी कार्ड प्रयोग गरेर सूचना सङ्कलन गर्ने जुनसुकै लुकेका क्यामेरालाई पनि तत्काल पहिचान गर्न सक्छ। यसबाट व्यक्तिगत गोपनीयता र व्यापारिक गोपनीयता चोरी हुने जोखिम अन्त्य हुने दाबी गरिएको छ।

२. मानवीय उपस्थिति अनुसार ऊर्जा बचत (Spatial Security): विद्यालय वा ठूला कार्यालयका छत, गल्ली र सिँढीहरू जहाँ सीसीटीभी क्यामेरा पुग्न सक्दैनन्  त्यहाँ यो प्रविधिले ‘इन्टेलिजेन्ट वाइफाइ’ मार्फत घुसपैठ पत्ता लगाउँछ। साथै  यो प्रणालीले लाइट र एयर कन्डिसन (AC) सँग समन्वय गरी कोठामा मान्छे आउँदा बल्ने र जाँदा निभ्ने बनाउँछ  जसले गर्दा कार्यालयहरूको ऊर्जा खपत २० प्रतिशतभन्दा बढीले घट्नेछ।

३. क्लाउडमा आधारित एकीकृत सुरक्षा (Private-line Security): धेरै ब्रान्डका सुरक्षा उपकरण राख्नुपर्ने र दक्ष प्राविधिक टोली पाल्नुपर्ने झन्झटलाई यसले अन्त्य गरिदिएको छ। हुवावेको ‘सिंहे एआई क्वानकुन’ (Xinghe AI Qiankun) सोलुसनले क्लाउडबाटै सबै सुरक्षा प्रणाली नियन्त्रण गर्छ। कम्पनीहरूले अब ‘प्लग-एन्ड-प्ले’ मार्फत केही मिनेटमै आफ्नो सुरक्षित नेटवर्क स्थापना गर्न सक्नेछन्।

दूरसञ्चार प्रदायकलाई नयाँ अवसर

यस प्रविधिमार्फत टेलिकम सेवा प्रदायकहरूले ‘सेफ स्टे’ (SafeStay) र ‘सेफ स्टडी’ (SafeStudy) जस्ता थप सुविधासहितका प्याकेजहरू बेच्न सक्नेछन्। यसले सेवा प्रदायकहरूलाई केवल इन्टरनेट दिने कम्पनीबाट माथि उठाएर ‘हाइ-भ्यालु सर्भिस पार्टनर’ बनाउन मद्दत पुग्ने हुवावेको विश्वास छ।

हुवावेले भविष्यमा विश्वभरका दूरसञ्चार कम्पनीहरूसँग मिलेर यो ‘क्लाउड वाइफाइ’ प्रणालीलाई थप परिष्कृत गर्दै लैजाने र उद्योगहरूलाई थप सुरक्षित र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...