Tekmandu

एआई र डिजिटल पूर्वाधारले दूरसञ्चार उद्योगको स्वरूप बदल्दै

काठमाण्डौं — विश्व दूरसञ्चार (टेलिकम) क्षेत्रका लागि सन् २०२६ रूपान्तरणको महत्त्वपूर्ण वर्ष हुने प्रक्षेपण गरिएको छ। इन्टरप्राइज सफ्टवेयर कम्पनी ‘आईएफएस’ (IFS) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार  अबको दूरसञ्चार बजार केवल नेटवर्क विस्तारमा मात्र सीमित नभई आर्टिफिसियल इन्टेलिजेन्स (AI), दिगो विकास र अत्याधुनिक पूर्वाधारमा केन्द्रित हुनेछ।

इन्टरप्राइज सफ्टवेयर कम्पनी IFS का दूरसञ्चार क्षेत्र निर्देशक Markus Persson का अनुसार एआई प्रविधिको विस्तार, ऊर्जा दक्षता, एज कम्प्युटिङ र मानव मेसिन सहकार्य जस्ता चार मुख्य प्रवृत्तिले आगामी दिनमा दूरसञ्चार उद्योगको दिशा निर्धारण गर्नेछन्।

स्वचालित एआई प्रणालीको विस्तार

दूरसञ्चार क्षेत्रमा एआई प्रयोग पहिले ग्राहकका प्रश्नको जवाफ दिने सहायक प्रणालीसम्म सीमित थियो। तर अहिले एआई प्रणालीले स्वतः निर्णय लिन र जटिल काम सञ्चालन गर्न सक्ने क्षमता विकास गरिरहेको छ।

‘एजेन्टिक एआई’ भनिने यस्तो प्रणालीले समस्या पहिचान गर्ने, नेटवर्क त्रुटि समाधान गर्ने, कर्मचारी कार्यतालिका मिलाउने जस्ता काम गर्न सक्छ। यसमा मेमोरी र उद्योगसम्बन्धी विशेष जानकारी समावेश गरिएकाले एआईले लक्ष्यअनुसार काम गर्न सक्षम हुन्छ।

अनुसन्धान संस्था IDC का अनुसार एआईसँग सम्बन्धित प्रविधिमा विश्वव्यापी खर्च सन् २०२५ सम्म करिब ३३७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। यो रकम २०२८ सम्म बढेर ७४९ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ। त्यसको ठूलो हिस्सा कम्पनीका मुख्य व्यवसायिक प्रणालीमा एआई समावेश गर्न खर्च हुने बताइएको छ।

धेरै दूरसञ्चार कम्पनीहरूले अहिले स्वचालित एआई सहायक प्रयोग गर्न थालेका छन्। उदाहरणका लागि Telefónica को Aura प्रणालीले वर्षमा ४० करोडभन्दा बढी प्रयोगकर्तासँग विभिन्न डिजिटल माध्यमबाट अन्तरक्रिया गर्न सक्छ।

ऊर्जा खपत घटाउनेतर्फ उद्योगको ध्यान

दूरसञ्चार क्षेत्रमा अहिले ऊर्जा प्रयोग ठूलो खर्चको विषय बनेको छ। यसैले उद्योगले अब ऊर्जा दक्षता र कार्बन उत्सर्जन घटाउने विषयलाई प्राथमिकता दिन थालेको छ।

युरोपका धेरै कम्पनीहरूले प्रत्यक्ष सञ्चालनबाट हुने कार्बन उत्सर्जन घटाइसकेका छन्। अहिले उपकरण उत्पादन र प्रयोगसँग सम्बन्धित अप्रत्यक्ष उत्सर्जन घटाउनेतर्फ ध्यान केन्द्रित गरिएको छ।

उद्योगमा ऊर्जा बचतका लागि एआई प्रविधि प्रयोग गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ। उदाहरणका लागि Vodafone UK र Ericsson ले लन्डनका केही ५जी साइटमा एआई प्रयोग गरी दैनिक ऊर्जा प्रयोग ३३ प्रतिशतसम्म घटाउन सफल भएको जानकारी दिएका छन्।

कम ट्राफिक हुने समयमा रेडियो प्रणालीलाई कम ऊर्जा प्रयोग गर्ने ‘स्लीप मोड’ मा राख्दा ऊर्जा बचत हुने बताइएको छ।

मानव एआईबीच सहकार्य

एआई विस्तारसँगै रोजगारी घट्ने चिन्ता पनि उठ्ने गरेको छ। तर विभिन्न अध्ययनले एआईले अधिकांश काम प्रतिस्थापन गर्ने भन्दा पनि मानिसको कामलाई सहयोग गर्ने देखाएको छ।

विशेषज्ञहरूका अनुसार भविष्यमा कर्मचारी र एआई प्रणालीले मिलेर काम गर्ने मोडेल बढ्नेछ। धेरै दूरसञ्चार कम्पनीहरूले आफ्ना कर्मचारीलाई एआई प्रयोगसम्बन्धी तालिम दिन थालेका छन्।

यसका लागि संस्थागत नीति, तालिम कार्यक्रम र दैनिक काम गर्ने तरिकामा परिवर्तन आवश्यक पर्ने बताइएको छ। एआई प्रयोग गर्दा सुरक्षा, पारदर्शिता र गोपनीयता सुनिश्चित गर्न पनि विशेष ध्यान दिनुपर्नेछ।

ग्राहक नजिक पुग्ने डिजिटल पूर्वाधार

डिजिटल सेवा छिटो र भरपर्दो बनाउन दूरसञ्चार पूर्वाधार ग्राहक नजिक ल्याउने प्रवृत्ति पनि बढ्दै गएको छ। यसलाई ‘एज कम्प्युटिङ’ भनिन्छ।

GSMA Intelligence का अनुसार सन् २०३० सम्म विश्वभर ५.५ अर्ब ५जी जडान हुने अनुमान गरिएको छ। साथै उद्योग क्षेत्रमा प्रयोग हुने इन्टरनेट अफ थिङ्स (IoT) उपकरणको संख्या पनि तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।

यसका कारण ५जी नेटवर्क पूर्ण रूपमा स्वतन्त्र संरचनामा सञ्चालन हुने, Open RAN प्रविधि विस्तार हुने तथा क्लाउड र एज कम्प्युटिङबीच एकीकृत प्रणाली विकास हुने सम्भावना रहेको विश्लेषण गरिएको छ।

कतिपय दूरसञ्चार कम्पनीहरूले अहिले ठूला क्लाउड कम्पनीहरूसँग सहकार्य गरेर निजी ५जी नेटवर्क र एज कम्प्युटिङ सेवा सञ्चालन गर्न थालेका छन्। यसले उद्योगमा उपकरण मर्मत पूर्वानुमान, कार्यस्थल सुरक्षा तथा स्वचालित प्रणाली सञ्चालनमा मद्दत गर्ने बताइएको छ।

२०२६ का अवसर

विशेषज्ञहरूका अनुसार दूरसञ्चार उद्योगको भविष्य चार मुख्य क्षेत्रमा निर्भर रहनेछ एआई आधारित स्वचालन, ऊर्जा दक्षता, एज कम्प्युटिङ र दक्ष जनशक्ति विकास।

यी परिवर्तनले केवल प्रविधि सुधार मात्र होइन  सेवा गुणस्तर बढाउने र दीर्घकालीन आर्थिक वृद्धि सुनिश्चित गर्ने अवसर पनि सिर्जना गर्ने विश्लेषण गरिएको छ।

पछिल्ला अपडेट

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

सम्बन्धित समाचार

च्याटजीपीटीमा प्रयोगकर्ताले आत्महत्याको कुरा गरे परिवारलाई  अलर्ट  जाने

च्याटजीपीटीमा प्रयोगकर्ताले आत्महत्याको कुरा गरे परिवारलाई अलर्ट जाने

काठमाण्डौं — च्याटजीपीटी (ChatGPT) चलाउने क्रममा यदि कुनै प्रयोगकर्ताले आत्महत्या वा आफैंलाई हानि पुर्‍याउने कुरा गरेमा अब उनीहरूक...
अनलाइन सेफ्टी शुल्क र जरिवानालाई लिएर बेलायती नियामकविरुद्ध मेटाको चुनौती

अनलाइन सेफ्टी शुल्क र जरिवानालाई लिएर बेलायती नियामकविरुद्ध मेटाको चुनौती

काठमाण्डौं — मेटा प्लेटफर्म्सले बेलायतको अनलाइन सेफ्टी कानुनअन्तर्गत लगाइने शुल्क र जरिवानाको गणनाविधिविरुद्ध कानुनी चुनौती दिएको ...
अब  फिटबिट  होइन गुगल हेल्थ,  एउटै एपमा स्वास्थ्य र फिटनेसको सम्पूर्ण विवरण

अब फिटबिट होइन गुगल हेल्थ, एउटै एपमा स्वास्थ्य र फिटनेसको सम्पूर्ण विवरण

काठमाण्डौं — गुगलले फिटबिट एपलाई स्वास्थ्य र फिटनेससम्बन्धी सम्पूर्ण डेटा हेर्न मिल्ने एकीकृत प्लेटफर्ममा रूपान्तरण गर्ने भएको छ। ...
नेपालमा ५जी (5G): NSA बाट SA सम्मको यात्रा, नीति र मार्गचित्र

नेपालमा ५जी (5G): NSA बाट SA सम्मको यात्रा, नीति र मार्गचित्र

काठमाण्डौं — नेपालमा पाँचौं पुस्ताको मोबाइल प्रविधि (5G) सम्बन्धी बहस र चासो पछिल्लो समय उल्लेखनीय रूपमा बढिरहेको छ। यद्यपि 5G लाई...