Tekmandu

प्राधिकरण नेतृत्वविरुद्ध असन्तुष्टि, वार्षिक उत्सव कर्मचारीले बहिष्कार गरे

काठमाण्डौं — फाल्गुन २९ गतेका लागि तय गरिएको नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक उत्सव अन्तिम समयमा आएर स्थगित भएको छ। कर्मचारी युनियनहरूले कार्यक्रमा सहभागि नहुन कर्मचारीहरुलाई अनुरोध गरेपछि निर्धारित कार्यक्रम सञ्चालन हुन नसकेको हो।

प्राधिकरणले हरेक वर्ष फाल्गुन २० गते मनाउँदै आएको वार्षिक उत्सव यस वर्ष भने राष्ट्रिय चुनावका कारण मिति सारेर फाल्गुन २९ गते दिउँसो १ बजेदेखि २ बजेसम्मका लागि तय गरेको थियो। तर कार्यक्रम हुनुअघि नै प्राधिकरणभित्रका दुईवटै कर्मचारी युनियनहरूले कर्मचारीहरूलाई इमेलमार्फत कार्यक्रममा सहभागी नहुन आग्रह गरेपछि कार्यक्रम सञ्चालन हुन सकेन।

कर्मचारी युनियनहरूले प्राधिकरणको नेतृत्व र बोर्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यक्रम बहिष्कार गरिएको बताएका छन्। उनीहरूका अनुसार दूरसञ्चार सेवाको विस्तार र विकाससँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्राधिकरण बोर्डबाट आवश्यक निर्णय हुन सकेको छैन।

युनियनहरूले बोर्डले निर्णय गरे पनि ती निर्णयहरू स्पष्ट, परिपक्व र कार्यान्वयनमुखी नभएको आरोप लगाएका छन्। प्राधिकरणको नेतृत्वबाट समयमै नीतिगत निर्णय नहुने, आवश्यक कामहरूमा ढिलासुस्ती हुने तथा नेतृत्वमा निर्णय गर्न हिच्किचाउने प्रवृत्ति देखिएको उनीहरूको भनाइ छ।

यस्तै  कर्मचारीहरूको पेशागत हकहितको संरक्षणका लागि प्राधिकरण नेतृत्वले कुनै ठोस कदम नचालेको पनि युनियनहरूको आरोप छ। कामको जिम्मेवारी व्यवस्थापन पक्षले प्रभावकारी रूपमा निर्वाह नगर्ने तर समस्या र कमजोरीको दोष कर्मचारीहरूलाई थोपर्ने प्रवृत्ति बढ्दै गएको उनीहरूले बताएका छन्।

यसका अतिरिक्त दूरसञ्चार क्षेत्रको विकाससँग सम्बन्धित नीति निर्माणमा ढिलाइ, नयाँ प्रविधि तथा सेवाहरूको विस्तारका विषयमा स्पष्ट कार्ययोजना अभाव, नियामक निकायको भूमिकामा कमजोर उपस्थिति तथा सरोकारवाला निकायसँग समन्वय अभावजस्ता विषयहरूमा समेत असन्तुष्टि व्यक्त गरिएको छ।

कर्मचारी युनियनहरूले प्राधिकरण नेतृत्वले दूरसञ्चार क्षेत्रको समग्र विकास, प्रभावकारी नियमन र संस्थागत सुधारका लागि स्पष्ट योजना र दृढ निर्णय क्षमता देखाउनुपर्ने माग गरेका छन्। उनीहरूले यस्ता समस्याहरू समाधान नगरेसम्म संस्थाभित्र असन्तुष्टि कायमै रहने चेतावनी समेत दिएका छन्।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...