Tekmandu

विश्वभर सामाजिक सञ्जाल ‘X’ ठप्प: न नयाँ पोस्ट देखिन्छन्, न त फिड लोड हुन्छ

काठमाण्डौं — सामाजिक सञ्जाल प्लेटफर्म ‘X’ (ट्विटर) को सेवा विश्वभर अचानक ठप्प भएको छ। बुधबार राति करिब ८: ०० बजेदेखि एक्सको मोबाइल एप र डेस्कटप वेबसाइट दुवैमा समस्या देखिएको हो।

करोडौँ प्रयोगकर्ताहरूले आफ्नो टाइमलाइनमा नयाँ पोस्टहरू हेर्न पाएका छैनन् भने फिड लोड नहुने समस्याले प्रयोगकर्ताहरू मर्कामा परेका छन्।

के हो समस्या?

प्रयोगकर्ताहरूले आफ्नो टाइमलाइन रिफ्रेस गर्दा नयाँ पोस्टहरूको सट्टा “Something went wrong. Try Reloading” जस्ता सन्देशहरू देखाइरहेको छ। यो समस्या केवल होम फिडमा मात्र सीमित छैन प्रोफाइल सर्च, नोटिफिकेसन सेक्सन र अन्य फिचरहरूले पनि काम गर्न छाडेका छन्।

धेरै प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट लग इन गर्न र सन्देशहरू आदानप्रदान गर्न समेत नसकिएको गुनासो गरेका छन्।

नेपालसहित विश्वभर असर

वेबसाइटको अवस्था ट्र्याक गर्ने संस्था ‘डाउनडिटेक्टर’ (DownDetector) का अनुसार केही समयभित्रै हजारौँ प्रयोगकर्ताले सेवा अवरुद्ध भएको उजुरी दर्ता गराएका छन्। यो समस्या नेपाल र भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया र युरोपेली देशहरूमा पनि देखिएको छ।

खबर तयार पार्दासम्म ४,५०० भन्दा बढी प्रयोगकर्ताले आधिकारिक रूपमा आउटेजको रिपोर्ट गरिसकेका छन्।

प्रयोगकर्तामा अन्योल

प्लेटफर्ममा प्राविधिक समस्या देखिएपछि प्रयोगकर्ताहरू अन्य सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्। इलन मस्कको स्वामित्वमा रहेको यो प्लेटफर्ममा आएको यति ठूलो अवरोधको कारणबारे कम्पनीले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।

यसअघि पनि पटक पटक प्राविधिक समस्याका कारण एक्सको सेवा केही समयका लागि अवरुद्ध हुने गरेको थियो। तर  यसपटकको अवरोध विश्वव्यापी र लामो समयसम्म देखिएकाले प्रयोगकर्ताहरूमा अन्योल बढेको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...