Tekmandu

एनसेलको प्रष्टीकरण: “सिएसआरमा कुनै विचलन छैन, १० हजार विद्यार्थी लाभान्वित”

काठमाण्डौं — टेकमाण्डु डटकममा प्रकाशित ‘एनसेलको सिएसआरमा विचलन’ सम्बन्धी समाचारप्रति एनसेलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले यस संस्थामा इमेल गर्दै उक्त समाचार एकपक्षीय भएको दाबी गरेको छ।

एनसेलका अनुसार कम्पनीले औद्योगिक व्यवसाय ऐन २०७६ र नियमावली २०७८ ले तोकेको मापदण्डभित्र रहेर नै कुल खूद नाफाको १ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिरहेको छ।

एनसेलका मुख्य दाबीहरू:

  • शैक्षिक सामग्री वितरण: समाचारमा ‘झोला वितरण’ भनिएको कार्यक्रमबाट देशभरका १० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेको र यसको माग अझै बढिरहेको कम्पनीको भनाइ छ।
  • विविध कार्यक्रम: शैक्षिक सामग्री बाहेक स्टेम एजुकेशन (STEM), डिजिटल लिटरेसी, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापन जस्ता आधा दर्जनभन्दा बढी क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन भइरहेको एनसेलले स्पष्ट पारेको छ।
  • प्रक्रियागत पारदर्शिता: साझेदार संस्था वा एजेन्सी छनोट गर्दा स्थापित मापदण्ड र मूल्याङ्कन प्रणालीका आधारमा गरिने भन्दै कम्पनीले ‘आफ्नै गोजीका एजेन्सी’ भन्ने आरोपको खण्डन गरेको छ।
  • कानुनी पालना: सिएसआर सम्बन्धी वार्षिक प्रगति विवरण उद्योग विभागमा नियमित रूपमा पेस गरिरहेको र यसमा कुनै पनि विचलन नरहेको कम्पनीको दाबी छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काद्वारा प्रेषित पत्रमा सामाजिक जिम्मेवारीलाई ‘प्रचारमुखी गति विधि ‘ का रूपमा चित्रण गरिनु कम्पनीको योगदानको अवमूल्यन भएको उल्लेख छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...