Tekmandu

एनसेलको प्रष्टीकरण: “सिएसआरमा कुनै विचलन छैन, १० हजार विद्यार्थी लाभान्वित”

काठमाण्डौं — टेकमाण्डु डटकममा प्रकाशित ‘एनसेलको सिएसआरमा विचलन’ सम्बन्धी समाचारप्रति एनसेलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले यस संस्थामा इमेल गर्दै उक्त समाचार एकपक्षीय भएको दाबी गरेको छ।

एनसेलका अनुसार कम्पनीले औद्योगिक व्यवसाय ऐन २०७६ र नियमावली २०७८ ले तोकेको मापदण्डभित्र रहेर नै कुल खूद नाफाको १ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिरहेको छ।

एनसेलका मुख्य दाबीहरू:

  • शैक्षिक सामग्री वितरण: समाचारमा ‘झोला वितरण’ भनिएको कार्यक्रमबाट देशभरका १० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेको र यसको माग अझै बढिरहेको कम्पनीको भनाइ छ।
  • विविध कार्यक्रम: शैक्षिक सामग्री बाहेक स्टेम एजुकेशन (STEM), डिजिटल लिटरेसी, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापन जस्ता आधा दर्जनभन्दा बढी क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन भइरहेको एनसेलले स्पष्ट पारेको छ।
  • प्रक्रियागत पारदर्शिता: साझेदार संस्था वा एजेन्सी छनोट गर्दा स्थापित मापदण्ड र मूल्याङ्कन प्रणालीका आधारमा गरिने भन्दै कम्पनीले ‘आफ्नै गोजीका एजेन्सी’ भन्ने आरोपको खण्डन गरेको छ।
  • कानुनी पालना: सिएसआर सम्बन्धी वार्षिक प्रगति विवरण उद्योग विभागमा नियमित रूपमा पेस गरिरहेको र यसमा कुनै पनि विचलन नरहेको कम्पनीको दाबी छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काद्वारा प्रेषित पत्रमा सामाजिक जिम्मेवारीलाई ‘प्रचारमुखी गति विधि ‘ का रूपमा चित्रण गरिनु कम्पनीको योगदानको अवमूल्यन भएको उल्लेख छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...