Tekmandu

एप्पलका सीईओ टिम कुकको सुझाव: ‘स्क्रिन छोड्नुस्, प्रकृतिसँग जोडिनुस्’

काठमाण्डौं — साधारणतया कुनै पनि कम्पनीका प्रमुखको चाहना आफ्ना उत्पादनहरू ग्राहकले धेरैभन्दा धेरै प्रयोग गरुन् भन्ने हुन्छ। तर  विश्वकै अग्रणी प्रविधि कम्पनी एप्पलका सीईओ टिम कुकको सोच भने केही फरक देखिएको छ। हालै एक अन्तर्वार्ताका क्रममा ६५ वर्षीय कुकले स्मार्टफोनको बढ्दो लतप्रति चिन्ता व्यक्त गर्दै प्रयोगकर्ताहरूलाई मोबाइलको दुनियाँबाट बाहिर निस्कन सुझाव दिएका हुन्।

‘गुड मर्निङ अमेरिका’ (GMA) लाई दिएको विशेष अन्तर्वार्तामा कुकले प्रविधिको सन्तुलित प्रयोग नै राम्रो जीवनको कडी भएको बताएका छन्।

‘मान्छेको आँखामा हेर्नुस्, फोनमा होइन’

स्मार्टफोनमा धेरै समय बिताउने बानीप्रति कटाक्ष गर्दै कुकले भनेका छन्, “म चाहन्न कि मानिसहरू आफ्ना प्रियजनको आँखामा हेर्नुको सट्टा दिनभर फोनको स्क्रिन स्क्रोल गरिरहून्। यो दिन बिताउने सही तरिका होइन। बाहिर निस्कनुहोस् र आफ्नो समय प्रकृतिसँग बिताउनुहोस्।” एप्पलका उत्पादनहरू मानिसलाई सशक्त बनाउनका लागि भएको तर स्क्रिनको दास बनाउनका लागि नभएको उनको तर्क छ।

कुकको यो भनाइलाई विभिन्न अनुसन्धानहरूले पनि पुष्टि गरेका छन्। ‘फ्रन्टियर्स इन साइकियाट्री’ मा प्रकाशित हालैको एक प्रतिवेदन अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगले शारीरिक समस्याका साथै एक्लोपन, बेचैनी र डिप्रेसन जस्ता मानसिक समस्या निम्त्याउन सक्छ।

एप्पलको ५० वर्ष,  एआई र भविष्यको बाटो

कम्पनीको ५०औँ वार्षिकोत्सवका अवसरमा कुकले एप्पलका ऐतिहासिक क्षणहरूको स्मरण गरे। उनले एप्पलले कसरी संगीतको दुनियाँ बदल्यो, स्मार्टफोनलाई लोकप्रिय बनायो र अहिले एप्पल वाचमार्फत मानिसको ज्यान जोगाउन मद्दत गरिरहेको छ भन्ने चर्चा गरे।

आर्टिफिसियल इन्टेलिजेन्स (AI) का बारेमा कुरा गर्दै उनले यो प्रविधिको प्रभाव निकै गहिरो र सकारात्मक हुन सक्ने बताए। तर  उनले सचेत गराउँदै भने, “प्रविधि आफैँमा राम्रो वा नराम्रो हुँदैन  यो सबै यसलाई बनाउने र प्रयोग गर्ने मानिसमा निर्भर गर्दछ।”

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...