Tekmandu

अन्तरिक्षको ‘सुनखानी’ मानिने एस्टेरोइड अब मानिसको नियन्त्रणमा, यस्तो छ ट्रान्सआस्ट्राको योजना

काठमाण्डौं — सुन्दा कुनै चलचित्रको कथा जस्तो लागे पनि एउटा निजी अन्तरिक्ष कम्पनीले ब्रह्माण्डमा घुमिरहेका एस्टेरोइड (क्षुद्रग्रह) लाई ‘झोला’ मा थुनेर पृथ्वी नजिक ल्याउने अनौठो र साहसिक योजना अघि सारेको छ। अमेरिकाको लस एन्जलसस्थित ‘ट्रान्सआस्ट्रा’ (TransAstra) नामक कम्पनीले यस्तो महत्वाकांक्षी ‘न्यू मुन’ (New Moon) मिसनको तयारी थालेको हो।

यस योजना अन्तर्गत अन्तरिक्षमा रहेका स साना एस्टेरोइडलाई एउटा ठूलो विशेष झोलामा कैद गरी पृथ्वी नजिकैको सुरक्षित स्थानमा ल्याइनेछ  जहाँ तिनलाई अनुसन्धान र स्रोत उत्खननका लागि प्रयोग गरिनेछ।

के हो ‘न्यू मुन’ मिसन र कसरी गरिन्छ काम?

ट्रान्सआस्ट्राका अनुसार एउटा घर जत्रो आकारको र करिब १०० मेट्रिक टन तौल भएको एस्टेरोइडलाई यो मिसनको पहिलो निशाना बनाइनेछ। कम्पनीका सिइओ जोएल सर्सलका अनुसार यसलाई अन्तरिक्षमै ‘रोबोटिक रिसर्च र म्यानुफ्याक्चरिङ’ को आधार बनाइने योजना छ।

यसका मुख्य उद्देश्यहरू:

  • अन्तरिक्षमै इन्धन उत्पादन: एस्टेरोइडबाट पानी निकालेर त्यसलाई रकेटको इन्धन (Propellant) का रूपमा प्रयोग गरिनेछ।
  • खानी उत्खनन: एस्टेरोइडमा पाइने बहुमूल्य खनिजहरूबाट सोलार प्यानलदेखि रेडिएसनबाट बच्ने कवचसम्म बनाउन सकिनेछ।
  • लागत कम हुने: पृथ्वीबाट सामान र इन्धन अन्तरिक्षमा लैजानु निकै महँगो हुन्छ। तर अन्तरिक्षमै कच्चा पदार्थ फेला परेमा भविष्यका अन्तरिक्ष यात्रा निकै सस्तो हुनेछ।

अन्तरिक्षमा पुगिसक्यो ‘झोला’ प्रविधि

एस्टेरोइडलाई समात्न कम्पनीले ‘क्याप्चर ब्याग’ (Capture Bag) प्रविधिको विकास गरेको छ। यो विशेष किसिमको लेमिनेटबाट बनेको ठूलो झोला हो  जसलाई अन्तरिक्षमा फैलाएर एस्टेरोइडलाई भित्र पारिन्छ र त्यसपछि बाँधेर चाहेको ठाउँमा तानेर ल्याइन्छ।

यो प्रविधिको सफल परीक्षण गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा भइसकेको छ। नासा (NASA) ले पनि यो झोलाको आकार बढाउन ट्रान्सआस्ट्रालाई २५ लाख डलरको सम्झौता दिएको छ। अब १० मिटर व्यास भएको ठूलो झोला बनाउने काम भइरहेको छ  जसले साना एस्टेरोइडलाई सजिलै ‘घेर्न’ सकोस्।

खर्च कम, नतिजा धेरै

अन्तरिक्षबाट एस्टेरोइडको नमुना ल्याउनु निकै महँगो मानिन्छ। नासाको ‘ओसिरिस-रेक्स’ मिसनले केही ग्राम धुलो ल्याउन १ अर्ब डलरभन्दा बढी खर्च गरेको थियो। तर ट्रान्सआस्ट्राले केही सय मिलियन डलरमै १०० टन तौलको सिङ्गै एस्टेरोइड ल्याउने दाबी गरेको छ।

यदि सबै कुरा योजना अनुसार अघि बढेमा सन् २०२८ वा २०२९ सम्ममा यो मिसन अन्तरिक्षमा प्रस्थान गर्नेछ। यसका लागि युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडा र नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (JPL) जस्ता प्रतिष्ठित संस्थाहरूले पनि प्राविधिक सहयोग गरिरहेका छन्।

भविष्यमा मानव जातिले सौर्यमण्डलमा आफ्नो बस्ती बसाल्न र विकास गर्न पृथ्वी बाहिरकै स्रोतहरू प्रयोग गर्ने दिशामा यो मिसन एउटा ठूलो फड्को हुन सक्छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...