Tekmandu

‘X’ मा पनि आउँदैछ डिसलाइक बटन, तर सबैले थिच्न नपाउने

काठमाण्डौं — विश्व प्रसिद्ध माइक्रो ब्लगिङ साइट ‘X’ (पूर्व ट्विटर) मा अब प्रयोगकर्ताले आफ्नो मन नपरेको पोस्टमा ‘डिसलाइक’ (Dislike) गर्ने सुविधा पाउने भएका छन्। भिडियो प्लेटफर्म युट्युबमा जस्तै अब एक्समा पनि कुनै सामग्री चित्त नबुझेमा आफ्नो असन्तुष्टि जनाउन सकिनेछ।

तर  एलन मस्कको यो नयाँ फिचर सबै साधारण प्रयोगकर्ताका लागि भने हुने छैन। मस्कले यसलाई केवल ‘भेरिफाइड’ (नीलो टिक भएका) र सशुल्क ग्राहक (Premium Subscribers) का लागि मात्र उपलब्ध गराउने तयारी गरेका छन्।

किन सशुल्क प्रयोगकर्ताका लागि मात्र?

एलन मस्कले आफ्नै एक पोस्टमार्फत यसको कारण प्रष्ट पारेका छन्। मस्कका अनुसार ‘स्पाम बट्स’ (नक्कली मेसिनरी अकाउन्ट) को आक्रमण रोक्नका लागि यस्तो निर्णय लिइएको हो। मस्कको बुझाइमा नक्कली अकाउन्टहरूले कुनै खास विचारलाई दबाउन वा कसैलाई योजनाबद्ध रूपमा लक्षित गर्न ‘डिसलाइक’ बटनको दुरुपयोग गर्न सक्छन्।

पैसा तिरेर खाता प्रमाणित गरेका ‘वास्तविक’ मानिसले मात्र यो बटन प्रयोग गर्न पाउने भएपछि यस्तो दुरुपयोग कम हुने कम्पनीको विश्वास छ।

बट्स नक्कली अकाउन्टविरुद्ध मस्कको अभियान

सन् २०२२ मा ट्विटर (अहिलेको एक्स) खरिद गर्नुअघि देखि नै मस्कले नक्कली अकाउन्टको विषयलाई निकै जोडतोडका साथ उठाउँदै आएका छन्। उनले पुराना व्यवस्थापनले बट्सको खतरालाई कम आँकेको आरोप लगाउँदै आएका थिए। मस्क अब ‘X’ लाई यस्तो प्लेटफर्म बनाउन चाहन्छन् जहाँ केवल वास्तविक मानिसले मात्रै स्वस्थ चर्चा र बहस गरुन्।

एक्सको कडा कारबाही:

  • ८० करोड अकाउन्ट सस्पेन्ड: पछिल्लो १२ महिनामा मात्रै एक्सले करिब ८० करोड नक्कली र शंकास्पद अकाउन्टहरू बन्द (Suspend) गरेको छ।
  • बट्सको बिगबिगी: एक्समा हाल करिब ३० करोड सक्रिय मासिक प्रयोगकर्ता छन्। तर सस्पेन्ड गरिएका अकाउन्टको संख्या हेर्दा वास्तविक प्रयोगकर्ताभन्दा नक्कली अकाउन्टको संख्या निकै धेरै रहेको देखिएको छ।
  • भ्रामक खबरमा रोक: विज्ञापन फैलाउने, आक्रामक गतिविधि गर्ने र भ्रामक समाचार सम्प्रेषण गर्ने मेसिनरी अकाउन्टहरूलाई मस्कले कडा निगरानीमा राखेका छन्।

के हुन् बट्स स्पाम अकाउन्ट?

बट्स भनेका त्यस्ता अकाउन्ट हुन् जसलाई सफ्टवेयरमार्फत स्वचालित रूपमा चलाइन्छ। यिनले ठूलो संख्यामा भ्रामक जानकारी फैलाउने र अरू प्रयोगकर्ताको अनुभव बिगार्ने काम गर्छन्। त्यस्तै  स्पाम अकाउन्टले बारम्बार अनावश्यक सामग्री पोस्ट गरेर प्लेटफर्मको गुणस्तर घटाउने गर्छन्।

एलन मस्कको यो नयाँ कदमले एक्समा गुणस्तरीय सामग्री र वास्तविक प्रयोगकर्ताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ। यद्यपि  साधारण प्रयोगकर्तालाई यो सुविधाबाट वञ्चित गर्दा मस्कको आलोचना पनि सुरु भएको छ।

पछिल्ला अपडेट

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

स्याटेलाइट ठोक्किने खतरा न्यूनिकरणगर्न स्टारलिंकका स्याटेलाइटको कक्ष तल झारिँदै

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

सिम कार्डको युग अन्त्यतिर, इ–सिम ले बढायो प्रयोगकर्ताको झन्झट

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध रेडिट पुग्यो अदालत

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

OpenAI ले सार्वजनिक गर्‍यो GPT-5.2, कार्यालयस्तरीय काममा एआईको क्षमता बढ्न सक्ने

एआई अब पृथ्वीमै सीमित रहेन

एआई अब पृथ्वीमै सीमित रहेन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अन्तरिक्ष मौसम र सौर्य तूफान पूर्वानुमान सुदृढ बनाउन नासाको तीन नयाँ मिसन

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

स्मार्टफोन समात्ने बानीले औँलाको बनावट बिग्रँदै, चिकित्सकले दिए चेतावनी

सम्बन्धित समाचार

एनसेल र हिमालयन जाभाबिच साझेदारी: ग्राहकलाई कफीमा ‘बाइ वान गेट वान फ्रि’ देखि विशेष छुटसम्म

एनसेल र हिमालयन जाभाबिच साझेदारी: ग्राहकलाई कफीमा ‘बाइ वान गेट वान फ्रि’ देखि विशेष छुटसम्म

काठमाण्डौं — एनसेलका ग्राहकहरूले अब देशभरका हिमालयन जाभाका आउटलेटहरूमा कफी र खानेकुराको मज्जा लिँदा विशेष सहुलियत पाउने भएका छन्। ...
अब तपाईँको मनसाय बुझेर एआईले तस्बिर बनाउने

अब तपाईँको मनसाय बुझेर एआईले तस्बिर बनाउने

काठमाण्डौं — प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्लेटफर्म 'जेमिनाई' मा नयाँ अपडेट ल्याएको ...
गुगलद्वारा सन् २०२५ मा साढे ८ अर्ब भन्दा बढी भ्रमपूर्ण विज्ञापनमाथि प्रतिबन्ध

गुगलद्वारा सन् २०२५ मा साढे ८ अर्ब भन्दा बढी भ्रमपूर्ण विज्ञापनमाथि प्रतिबन्ध

काठमाण्डौं — प्रविधि क्षेत्रको अग्रणी कम्पनी गुगलले सन् २०२५ मा विश्वभरबाट ८ अर्ब ३० करोडभन्दा बढी हानिकारक र नीतिविपरीतका विज्ञाप...
बालबालिकाका लागि सामाजिक सञ्जालमा कडाइ गर्दै युरोपेली संघ, उमेर प्रमाणीकरण गर्ने एप तयार

बालबालिकाका लागि सामाजिक सञ्जालमा कडाइ गर्दै युरोपेली संघ, उमेर प्रमाणीकरण गर्ने एप तयार

ब्रुसेल्स (रोयटर्स) — युरोपेली देशहरूले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरिरहँदा युरोपेली संघ (ईयू) ले अ...