Tekmandu

एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलको नयाँ नियम, प्ले स्टोरबाहिरका एप इन्स्टल गर्न अब ‘फलामको च्युरा’

काठमाण्डौं — के तपाईं पनि गुगल प्ले स्टोरभन्दा बाहिरका अन्य वेबसाइट (थर्ड पार्टी) बाट एपहरू डाउनलोड गरेर चलाउने गर्नुहुन्छ? यदि हो भने  अब त्यस्ता एपहरू इन्स्टल गर्न पहिले जस्तो सहज हुने छैन। गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई अनलाइन ठगी र भाइरसयुक्त एपहरूबाट जोगाउन ‘एडभान्स्ड फ्लो’ (Advanced Flow) नामक नयाँ र कडा सुरक्षा प्रणाली लागू गरेको छ।

गुगलले ‘साइडलोडिङ’ अर्थात् प्ले स्टोरबाहिरबाट एप हाल्ने प्रक्रियालाई पूर्ण रूपमा बन्द नगरे पनि यसलाई निकै सुरक्षित र केही झन्झटिलो बनाएको हो।

के हो ‘एडभान्स्ड फ्लो’ र यसले कसरी काम गर्छ?

पहिले कुनै पनि बाहिरी एप इन्स्टल गर्दा एउटा चेतावनी (Warning) लाई बेवास्ता गरे पुग्थ्यो। तर अब प्रयोगकर्ताले एउटा लामो र विशेष प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। गुगलले डिजिटल ठगहरूले प्रयोगकर्तालाई डराएर वा प्रलोभनमा पारेर हतार हतारमा खतरनाक एप इन्स्टल गराउने ट्रेन्डलाई रोक्न यो ‘चेन’ तयार पारेको हो।

एप इन्स्टल गर्न अब यी चरणहरू पार गर्नुपर्नेछ:

१. डेभलपर मोड अन गर्नुपर्ने: सबैभन्दा पहिले फोनको सेटिङमा गएर ‘बिल्ड नम्बर’ मा ७ पटक ट्याप गरी ‘डेभलपर मोड’ अन गर्नुपर्छ।

२. सुरक्षा जाँच (Security Check): स्क्रिनमा एउटा सानो टेस्ट हुनेछ  जसले प्रयोगकर्तालाई कसैले फोनमा कुरा गर्दै जबर्जस्ती यो काम गर्न लगाएको हो कि होइन भन्ने कुराको सुनिश्चितता गर्नेछ।

३. फोन रिस्टार्ट गर्नुपर्ने: यी प्रक्रियापछि फोन रिस्टार्ट गर्न अनिवार्य छ। यसले यदि कुनै ह्याकरले ‘स्क्रिन सेयरिङ’ मार्फत तपाईंको फोन हेरिरहेको छ भने उसको कनेक्सन टुटाइदिन्छ।

४. २४ घण्टाको पर्खाइ: यी सबै काम गरिसकेपछि पनि तुरुन्तै एप इन्स्टल हुँदैन। प्रयोगकर्ताले २४ घण्टा कुर्नुपर्नेछ र त्यसपछि मात्र आफ्नो पासवर्ड वा बायोमेट्रिक प्रमाणीकरण गरेर एप इन्स्टल गर्न सकिनेछ।

किन ल्याइयो यस्तो कडा नियम?

गुगलका अनुसार  स्क्यामरहरूले प्राय  बैंक खाता बन्द हुने वा पुलिस केस लाग्ने डर देखाएर प्रयोगकर्तालाई नक्कली एप डाउनलोड गर्न लगाउँछन्। ‘एडभान्स्ड फ्लो’ ले प्रयोगकर्तालाई सोच्ने समय दिने र हतारमा हुने ठगीबाट जोगाउने विश्वास लिइएको छ। यो एक पटकका लागि मात्र गरिने प्रक्रिया (One-time process) हो।

विद्यार्थी र नयाँ डेभलपरलाई राहत

सुरक्षा कडा पारे पनि गुगलले नयाँ एप बनाउन सिक्ने विद्यार्थी र शौखिन डेभलपरहरूलाई भने खुसीको खबर दिएको छ। अब बिना कुनै शुल्क वा सरकारी परिचयपत्र, नयाँ डेभलपरहरूले ‘फ्री लिमिटेड डिस्ट्रिब्युसन अकाउन्ट’ प्रयोग गरेर आफ्ना एपहरू २० वटा डिभाइससम्म सजिलै सेयर र परीक्षण गर्न सक्नेछन्।

यसअघि यस्ता परीक्षणका लागि पनि निश्चित शुल्क र लामो प्रमाणीकरण प्रक्रिया आवश्यक पर्ने गर्थ्यो। गुगलको यो नयाँ नियमले सुरक्षा र प्रविधि विकासबीच सन्तुलन मिलाउन खोजेको देखिन्छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...