Tekmandu

एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलको नयाँ नियम, प्ले स्टोरबाहिरका एप इन्स्टल गर्न अब ‘फलामको च्युरा’

काठमाण्डौं — के तपाईं पनि गुगल प्ले स्टोरभन्दा बाहिरका अन्य वेबसाइट (थर्ड पार्टी) बाट एपहरू डाउनलोड गरेर चलाउने गर्नुहुन्छ? यदि हो भने  अब त्यस्ता एपहरू इन्स्टल गर्न पहिले जस्तो सहज हुने छैन। गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई अनलाइन ठगी र भाइरसयुक्त एपहरूबाट जोगाउन ‘एडभान्स्ड फ्लो’ (Advanced Flow) नामक नयाँ र कडा सुरक्षा प्रणाली लागू गरेको छ।

गुगलले ‘साइडलोडिङ’ अर्थात् प्ले स्टोरबाहिरबाट एप हाल्ने प्रक्रियालाई पूर्ण रूपमा बन्द नगरे पनि यसलाई निकै सुरक्षित र केही झन्झटिलो बनाएको हो।

के हो ‘एडभान्स्ड फ्लो’ यसले कसरी काम गर्छ?

पहिले कुनै पनि बाहिरी एप इन्स्टल गर्दा एउटा चेतावनी (Warning) लाई बेवास्ता गरे पुग्थ्यो। तर अब प्रयोगकर्ताले एउटा लामो र विशेष प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। गुगलले डिजिटल ठगहरूले प्रयोगकर्तालाई डराएर वा प्रलोभनमा पारेर हतार हतारमा खतरनाक एप इन्स्टल गराउने ट्रेन्डलाई रोक्न यो ‘चेन’ तयार पारेको हो।

एप इन्स्टल गर्न अब यी चरणहरू पार गर्नुपर्नेछ:

१. डेभलपर मोड अन गर्नुपर्ने: सबैभन्दा पहिले फोनको सेटिङमा गएर ‘बिल्ड नम्बर’ मा ७ पटक ट्याप गरी ‘डेभलपर मोड’ अन गर्नुपर्छ।

२. सुरक्षा जाँच (Security Check): स्क्रिनमा एउटा सानो टेस्ट हुनेछ  जसले प्रयोगकर्तालाई कसैले फोनमा कुरा गर्दै जबर्जस्ती यो काम गर्न लगाएको हो कि होइन भन्ने कुराको सुनिश्चितता गर्नेछ।

३. फोन रिस्टार्ट गर्नुपर्ने: यी प्रक्रियापछि फोन रिस्टार्ट गर्न अनिवार्य छ। यसले यदि कुनै ह्याकरले ‘स्क्रिन सेयरिङ’ मार्फत तपाईंको फोन हेरिरहेको छ भने उसको कनेक्सन टुटाइदिन्छ।

४. २४ घण्टाको पर्खाइ: यी सबै काम गरिसकेपछि पनि तुरुन्तै एप इन्स्टल हुँदैन। प्रयोगकर्ताले २४ घण्टा कुर्नुपर्नेछ र त्यसपछि मात्र आफ्नो पासवर्ड वा बायोमेट्रिक प्रमाणीकरण गरेर एप इन्स्टल गर्न सकिनेछ।

किन ल्याइयो यस्तो कडा नियम?

गुगलका अनुसार  स्क्यामरहरूले प्राय  बैंक खाता बन्द हुने वा पुलिस केस लाग्ने डर देखाएर प्रयोगकर्तालाई नक्कली एप डाउनलोड गर्न लगाउँछन्। ‘एडभान्स्ड फ्लो’ ले प्रयोगकर्तालाई सोच्ने समय दिने र हतारमा हुने ठगीबाट जोगाउने विश्वास लिइएको छ। यो एक पटकका लागि मात्र गरिने प्रक्रिया (One-time process) हो।

विद्यार्थी नयाँ डेभलपरलाई राहत

सुरक्षा कडा पारे पनि गुगलले नयाँ एप बनाउन सिक्ने विद्यार्थी र शौखिन डेभलपरहरूलाई भने खुसीको खबर दिएको छ। अब बिना कुनै शुल्क वा सरकारी परिचयपत्र, नयाँ डेभलपरहरूले ‘फ्री लिमिटेड डिस्ट्रिब्युसन अकाउन्ट’ प्रयोग गरेर आफ्ना एपहरू २० वटा डिभाइससम्म सजिलै सेयर र परीक्षण गर्न सक्नेछन्।

यसअघि यस्ता परीक्षणका लागि पनि निश्चित शुल्क र लामो प्रमाणीकरण प्रक्रिया आवश्यक पर्ने गर्थ्यो। गुगलको यो नयाँ नियमले सुरक्षा र प्रविधि विकासबीच सन्तुलन मिलाउन खोजेको देखिन्छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...